निर्णय नं. ४०३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०३ - लेनदेन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०९/२८ २१४३ निर्णय नं. ४०३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्ब राज ०२४ सालको दे.फु.न. ८३ निवेदक : मे. ज. कल्याण शम्शेर ज.ब.रा. विरुद्ध विपक्षी : हस्साराम तेजुमल मुद्दा : लेनदेन (१) बिन्तिपत्रको व्यहोरा नै झुठा ठहरेमा बकस भएको हुकुम प्रमांगीको सुविधा पाउन नसक्ने। कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी श्री ज.कल्याण शम्शेरले लिएको रुपैया नतिरेकाले कोर्टफी समेत नराखी सर्वोच्च अदालतमै नालेस दिन पाउने गरी पाउँ भनी हस्साराम तेजुमलले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र मौसुफका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए कोर्टफी पछि लिने गरी हाल वाँडफाँडबाट नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने लेखिएको समेत रहेछ । वादी दावीको लिखतमा काठमाडौं थापाथली स्थित प्रतिवादीको घर जग्गा लिने दिने गरी कारोवार भएको कुरा उल्लेख भएको । सो रुपैया नेपालको सरहदमा तिरौंला भन्ने शर्त लेखिएको नै देखिएको । नेपालमा तिर्ने गरी लिएको भनी बिन्ति चढाएको व्यहोरा नै साँचो देखिन नआएको हुँदा बक्स भएको उक्त हुकुम प्रमांगीको सुविधा पाउन सक्ने भन्न नमिल्ने । (प्रकरण नं. १४) वादी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा फैसला १. कल्याण शम्शेर ज.ब.रा.कलकत्ता आउनु हुँदा आफ्नो काठमाडौं थापाथलीको घर जग्गा धितो राखी सन १९५६ अक्टोवर ३० तारेख तदनुसार विक्रम सम्वत् २०१३ साल कार्तिक १४ गतेका दिन सो घर जग्गाको कागजपत्र ३ महिना भित्र सुम्पि दिई त्यस वापत थप रु.५०० लिने र लिखत भएका मितिले ६ महिनासम्म व्याज नलाग्ने ६ महिनापछि सयकडा ८ का दरले व्याज समेत राखी साँवा व्याज नबुझाए लेखिएको घर जग्गा चलन गर्नु भन्ने समेत व्यहोरा पारी भारत वर्षको ऐन कानूनको रीत पुर्याई भारत वर्षको स्टाम्प कागजमा तमसुक लेखी मबाट भारतीय नोट रु.१७०००। सत्र हजार कर्जा लिएको । त्यसमा आलटाल गरी लिखतबमोजिम रुपैया नदिनु भएमा यहाँ नेपाल सरहदमा त्यस उपर ऐनले नालेस नलाग्ने हुँदा नालेस दिन पाउँ भन्ने समेत व्यहोरा पारी श्री ५ महाराजाधिराजका हजुरमा निवेदनपत्र दिँदा कोर्टफी पछि लिने गरी नालेस लिई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएअनुसार नालेस गर्न आएको छु । उक्त रु.१७०००। सत्र हजार र त्यसको लिखत मिति ०१४।१।१४ देखि आजसम्मको सयकडा ८ का दरले व्याज समेत जम्मा रु.१८५८०। र मुद्दा किनारा नहुँदा तकको लेखिएका दरले व्याज समेत दिलाई भराई पाउँ भन्ने फिराद । २. विदेशको कागजपत्र लेनदेन गरेको भए पनि त्यस विषयको नालेस नेपाल राज्यमा सुनिने छैन भन्ने अमिनी जाफताको १३ किसिमको मुद्दाको विवरणमा लेखिएको । सो देखी बाहेकको मुद्दा नहेरिने र यही रुपैयाको लेनामा भारतवर्षको अदालतमै मुद्दा दायर भई चलेकोले अ.बं.११४ नं.का ऐनबमोजिम एकै कुरामा दोहरो उजुर लाग्न नसक्ने । ढाँटी दिएको निवेदनमा भएको प्रमांगीमा दोहर्याई जाहेर गर्नुपर्ने समेत भन्ने प्रतिवादी । ३. विदेशको मानिसले वारेस दिँदा लाग्ने सजायको अ.बं. ८९ नं. बमोजिम धरौट वा जमानी दिनुपर्ने सो नदिएकाले र सो धरौट वा जमानी नलिई नालेस दायर भएकोले यो उजुर खारेज हुने ठहर्छ भन्ने सदर अमिनी गोश्वाराको ०१५।२५।४ को फैसला । ४. कोर्टफी पछि लिने गरी नालेस लिई दिनु भन्ने हुकुमको प्रमांगी भए पनि लाग्ने सजायको कोर्टफी राखी स