निर्णय नं. ७०३४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०३४ - लेनदेन भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०४/२२ ६५६८ निर्णय नं. ७०३४ ने.का.प. २०५८, अङ्क ९,१० पूर्ण इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५७ सालको दे. पु. इ. नं. .........५८ फैसला मितिः २०५८।३।२२।६ मुद्दाः लेनदेन पुनरावेदक/वादी : जिल्ला भोजपुर साङपाङ्ग, गा. वि. स. वडा नं. ४ घर भै हाल काठमाण्डौ जिल्ला महांकाल गा. वि. स. वडा नं. ४ वस्ने बाबुराम राई विरुद्ध विपक्षी/प्रतिवादी : भक्तपुर जिल्ला दिव्यश्वरी गा. वि. स. वस्ने सरीता देवकोटा दाहाल § वादी दावीको वादी र प्रतिवादीका बीच मिति २०५१।५।२७ मा भएको लिखतबाट प्रतिवादी सरीता देवकोटाले आफ्नो नाम दर्ताको कि. नं. ५८८ को ०–१०–३ जग्गाको प्रति रोपनी रु. १३,५०,०००।ले वादी बाबुराम राईलाई विक्री गर्न मंजुर भई रु. ५०,०००।बैना लिएको र उक्त जग्गाको हुन आउने वांकी थैलि लिखत भएको मितिले तीन महिना भित्र लिखत जजिष्ट्रेशन पारीत गरि दिंदा लिने गरी जग्गाको हकभोग छाडी दिन मंजुर भै वैनावट्टाको कागज गरी दिएको भन्ने व्यहोरा उल्लेख हुनुका अतिरिक्त उक्त भाकाभित्र पारीत गरी नदिए लिएको वैनावट्टाको दोव्वर दिने र जग्गा लिने बाबुराम राई पनि उक्त भाका भित्र पारित गरी नलिएमा दिएको वैना पच हुने समेतमा मंजुरी भई साक्षीका रोहवरमा प्रतिवादीले वादीलाई गरी दिएको वैनावट्टाको लिखत व्यहोराबाट वादी प्रतिवादी बीच जग्गा सुक्री विक्री गर्ने कुरामा मंजुर भई जग्गामको मुल्य समेत निश्चित गरी बैना रकम लिने दिने कार्य भई दुवै पक्षले पालन गर्नु पर्ने सर्तहरु र दायित्वहरु समेत निश्चित गरीएकोले सो लिखतमा करारमा हुनु पर्ने मुलभुत तत्वहरु समावेस भएको देखिंदा यस्तो लिखत करार प्रकृतिको लिखत भई कारार ऐन अन्तर्गत पर्न आउने देखिंदा लेनदेन व्यवहारको महल अन्तर्गत प्रस्तुत लिखत पर्छ भन्न सकिने अवस्था देखिएन । यस्तो करार प्रकृतिको वादी दावीको लिखतमा उल्लेखित एक अर्काले वहन गर्नु पर्ने दायित्व कुनै पक्षबाट वहन नभएको अवस्थामा करार ऐनको दफा १० (१) अनुसार लिखत पारित गरी पाउनको लागि करारको दायित्व प्रतिवादीबाट पुरा गराई पाउँ भनी वादी लिई अउन सक्ने व्यवस्थाको साथै सो अनुसार नभए बैनावट्टाको दोव्वर रकम दिलाई पाउँ भनी सोही करार ऐनको दफा १५ (१) अनुसार क्षतिपूर्तिको दावी लि आउन सक्ने पनि प्रष्ट व्यवस्था भए पछि सो दुवै कुरामा करार ऐनको दफा १८ (२) (ग) अनुसारको म्याद भित्र उजुर गर्नु पर्ने भएबाट एउटै लिखतको शर्तहरु मध्ये कुनै शर्तमा करार ऐन, २०२३ को दफा १८ (२) (ग) को हदम्याद भित्र उजुर लाग्ने र अर्को शर्तमा भने सो हदम्याद नलागि लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भनि अर्थ गर्न कानूनसंगत हुने देखिएन । § वादी दावीको लिखत बमोजिमको जग्गा पारीत गरिदिने शर्तमा वादीले प्रतिवादीलाई दिएको वैनावट्टाको रकम दिई पाउँ भनी करार ऐन, २०२३ को दफा १८ (२) (ग) को हदम्याद भित्र वादी नआई आकर्षितनै हुन नसक्ने लेनदेन व्यावहारको ४० नं. को हदम्याद अंगाली दायर गरेको फिराद हदम्याद भित्रको नदेखिंदा हदम्याद भित्र नभएको भनी काठमाण्डौ जिल्ला अदालतले खारेज गर्ने गरेको निर्णयलाई सदर गरेको पुनरावेद अदालत पाटनको निर्णय मनासिव देखिदा सदर हुने । (प्र. नं. १८ र १९) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल अवलम्वित नजिरः फैसला