निर्णय नं. ४०४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४ - लेनदेन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०९/२८ २६०९ निर्णय नं. ४०४ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा ०२४ सालको दे.फु.नं. ५४ निवेदक : पुरुषोत्तम माडवारी विरुद्ध विपक्षी : नेपाल बैंक लिमिटेड प्रधान कार्यालयतर्फको जनरल मेनेजर आनन्दभक्त मुद्दा : लेनदेन (१) कसैको गफलतले कसैलाई नोक्सान हुन गएमा गफलत गर्ने व्यक्तिबाट नोक्सानीको साँवा व्याज समेत भरी पाउने । बैंकको गफलतले रीतपूर्वक सर्टिफिकेट बेगर ल्केम हुन समेत नपाई यसरी नोक्सान हुन गएकोमा वादीले आफ्नो रुपैया भर्ना नपाउने भन्नु न्यायसंगत नहुने समेत हुँदा उपरोक्त कारणहरू समेतबाट वादीले साँवा व्याज समेत गरी जम्मा रु. २२६२।८४ प्रतिवादी नेपाल बैंक लिमिटेडबाट भरी पाउने ठहराई ०२२।७।५ मा वाग्मती अञ्चल अदालतले छिनेको इन्साफ मुनासिव ठहर्छ । वादी दावी नपुग्ने ठहराई ०२३।४।१६।१ को डिभिजन बेञ्चले छिनेको इन्साफसँग यो बेञ्च सहमत भएन । (प्रकरण नं. १५) निवेदक, वादी तर्फबाट : अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी, प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री बल्लभ शम्शेर ज.ब.रा. फैसला १. बैंक मार्फत सम्पर्क राखी मार्जन समेत बुझाईसकेको मैले झिकाएको मलाई दिनु पर्ने कपडा गाठ ५१ मध्ये नपाएको २ गाठमा १ गाठको बिलै दिएकोले त्यसको भूक्तिानी बिमा कम्पनी भारतबाट पाई बाँकी गाठ १ मलाई नबुझाएकोबारे उक्त कपडा गाठ १ को हुने मोल कं.रु.११२५। र व्याजको ३।२।३ एक साइज कं.रु.२४ किटी भाडा कं.रु.३१ समेत जम्मा कं.रु.१५०। भराई पाउँ भनी नालेस दायर गरेकोमा नेपाल बैंक लिमिटेडबाट माल बुझाई सकेको नठहरिई रा.का.दे.बाट फैसला भएकोमा आखिर नेपाल बैंक कानून दफा ३ को उपदफा (ग) बमोजिम बैंकका नाउँमा चलाएको मेनेजरबाट भरी भराई गर्न शुरु फैसला खारेज गर्नेको इन्साफ ०१६।१२।१७ गते म.उ.ज.बाट मुनासिव ठहराई फैसला भएकोले फैसलाबमोजिम नालेस गर्न बाध्य भएको छु । रा.का.दे.श्रे.को फैसला भएको मिति ०१३।२।१० गते बैंकको साँवा व्याज हुने कं.रु.१६०१।३ र १३।२।१० देखि ०१६।१२।२९ तकको साँवा कं.रु.१११५ को सयकडा ७ ले हुने व्याज कं.रु.३०८। समेत जम्मा कं.१९१० र ०१६।१२।३० गते देखि फैसला भएको दिन त्यसको व्याज समेत नेपाल बैंक लिमिटेडबाट ऐनबमोजिम दिलाई भराई पाउँ भन्ने समेत पुरुषोत्तम माडवारीको ०१६।१२।२९।२ को फिरादपत्र । २. अपीलले खारेज गरेको मुनासिव ठहर गरी मध्यमान्चल उच्च अदालतबाट फैसला भएबाट उक्त फैसलामा वादीलाई पुनः नालेस गर्ने व्यवस्था नगरिएकोले कानूनले अर्को नालेस गर्ने व्यवस्था नहुँदा खारेज हुनुपर्ने क्षतिपूर्ति गर्ने बैंकको कुनै जवाफदेहि छैन । रेल्वेबाट नआएको मालमा बैंक कुनै हालतमा पनि जवाफदेही नहुने २००९।८।१५ गतेमा वादीका जिकीरबमोजिम गरी दिएका चौन्द्र दर्खास्तबमोजिम यो सालमध्ये आर.आर.नं.१७।५० को विल्टिको गाठ २ मध्ये गाठ १ पार्टिलाई डेलिभरी भै गाठ १ नआएकोले ल्केम भै रहेको छ भनी ०२७।७।१० को चिठ्ठी र सो गाठ ल्केम भैरहेको पार्टिका आग्रहबमोजिम सबै कागज फिर्ता आएकाले उक्त १७।५० को सक्कल बिजक १ र तत्सम्बन्धी कागजहरू समेत यसैसाथ पठाएका छौं भन्ने ०१०।१०।७ गतेको चिठ्ठीसाथ नेपालमा चलानी बिमा कम्पनीले पठाएबमोजिम सबै कागज वादीले बुझी लिए पछि क्लेमअनुसार रेल्वेसँग सम्पर्क राख्ने काम वादीको हुन आउँछ । बैंकसँग सम्पर्क कुनै कम्पनीको हुँदैन । रेल्वेमा भईरहेको क्लेममा आफू गई टायममै कोशिस गरेको भए अस