निर्णय नं. ७०३५ - उत्प्रेषण मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०३५ - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०४/३२ ३६९७ निर्णय नं. ७०३५ ने.का.प. २०५८, अङ्क ९,१० पुर्ण इजलास माननीय न्यायाधीश श्री टोप बहादुर सिंह माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री सुसीला सिंह सिलु संवत् २०५६ सालको रि. पु. इ. नं. .........१२० फैसला मितिः २०५८।४।३२।५ मुद्दाः उत्प्रेषण मिश्रित परमादेश । निवेदक : तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं. ६ वस्ने हाल जिल्ला कृषि विकास कार्यालय पर्वतमा कार्यरत जगनाथ ओझा विरुद्ध विपक्षी : लोकसेवा आयोग, कमल पोखरी, काठमाण्डौ समेत § नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा नियम २०५१ को अनुसूची ३ मा तथ्यांक समूहको रा. प. तृतीय श्रेणीको लागि “मान्यता प्राप्त शिक्षण संस्था वा तथ्यांक शास्त्र वा गणित वा जनसंख्या शास्त्र वा एप्लाइड स्टाटिस्टिक्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तिर्ण” भनी शैक्षिक योग्यता तोकिएको पाईन्छ । यसरी तथ्यांक विषयमा सहित कुनै विषयमा स्नातकोत्तर गरेको व्यक्ति लोकसेवा आयोगको विज्ञापन बमोजिम सो पदमा उम्मेरदवार हुन योग्यता नपुगेको भनी मान्न मिलेन । यिनै निवेदक र प्रत्यर्थी दुबै जनाले सोही विज्ञापनको आधारमा आवेदन दिई लिखित परिक्षामा समावेश भई उत्तिर्ण भएपछि अन्तवार्तामा समेत समावेश भएको देखिन्छ । विपक्षी उत्तम नारायण मल्लले अर्थशास्त्रमा तथ्यांक विषय समेत लिई स्नाकोत्तर गरेकोमा कुनै विवाद नदेखिएको अवस्थामा लोकसेवा आयोगको सो विज्ञापनबाट समेत निजको योग्यता नपुगेको भन्नु युक्तिसंगत देखिदैन । अतः विपक्षी उत्तम नारायाण मल्लको उम्मेरदवार हुन योग्यता नै नपुगेको र तथ्यांक शास्त्रमा स्नाकोत्तर भएको कारणले म नै उक्त पदमा उत्तिर्ण हुनु पर्छ भन्ने निवेदक जगनाथ ओझाको दावी कानून संगत नदेखिंदा रिट निवेदन खारेज हुने। (प्र. नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने विपक्षी तर्फबाट : सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, अधिवक्ताद्वय श्री हरिहर दाहाल र रामप्रसाद भट्टराई अवलम्वित नजिरः आदेश न्या. टोपबहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ (२) एवं सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (ख) बमोजिम परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवै ठहर यसप्रकार छ । २. विपक्षी लोकसेवा आयोगले विज्ञापन नं. १०५५।०५२।०५३ बमोजिम तथ्यांक समूह रा. प. द्वितीय श्रेणीको पद संख्या १ मा विज्ञापन गरेको र उक्त पदको लागि न्यूनतम शैक्षिक योग्यतामा विज्ञापन गरिएको पदसँग सम्बन्धीत सेवा समूहको रा. प. तृतीय श्रेणीको पदमा सेवा प्रवेशको लागि तोकिएको विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनु पर्ने र अधिकृत स्तरको पदमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनु पर्ने भनी तोकिएको थियो । उक्त विज्ञापन बमोजिम तथ्यांक तर्फको राजपत्रांकित द्वितीय श्रेणीको पदमा चाहीने न्युनतम योग्यता नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियूक्ति) नियमहरु २०५१ को नियम ७ मा तोकिएको योग्यता पुग्नु पर्ने कुरा प्रष्ट छ । म निवेदकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रिय क्याम्पस किर्तिपुरबाट तथ्यांकशास्त्रको स्नाकोत्तर उपाधी प्राप्त गरेको छु । म ०५०।४।१ देखि रा. प. तृतीय श्रेणीको सहायक योजना अधिकृत पदमा स्थायी नियुक्ति भै कार्यरत रहेको छु । मलाई उक्त पदमा रही काम गर्न उत्कृष्ठ इच्छा जागेको र मेरो योग्यता पनि पुगेको हुँदा फारम भरी लिखित