निर्णय नं. ४७३४ - प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७३४ - प्रतिषेध भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/३१ २६९० निर्णय नं. ४७३४ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४८ सालको रिट नं. १९९४ आदेश मिति: २०५०।४।३१।१ निवेदक : का.जि.का.न.पा.वडा नं. १० पुरानो बानेश्वर बस्ने किरण विक्रम राणा । विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत समेत । विषय : प्रतिषेध । (१) निवेदकको हकको सम्पत्ति गैर कानूनी रुपले भरि भराउ हुन लागेको भए तहसिलको सो कारवाही उपर उपचारको व्यवस्था हुनुको अतिरिक्त त्यस्तो भरि भराउको कार्य जुन फैसलाको आधारमा हुन लागेको हो आफ्नो हक देखाई सो फैसला बदर गर्न पाउने कानुनी उपचार समेत निवेदकलाई उपलब्ध रहे भएकै देखिन आउँछ । यस स्थितिमा तह तह अदालतबाट भएको फैसलाको कार्यान्वयनलाई अनावश्यक रुपमा अवरुद्ध गर्ने गरी प्रतिषेधको आदश जारी गर्नुपर्ने कुनै औचित्य नदेखिएकोले माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पुण्य प्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ :विद्वान अधिवक्ता श्री चन्द्र प्रसाद रेग्मी आदेश न्या. केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४८।९।२५ का दिन विपक्षी रोहित विक्रम राणाको नाउँमा का.जि.अ. बाट कोर्टफि रु. ३९३।६० समेत जम्मा रु. २,०५,९९६।– विपक्षी दिलमान शाक्यको दावी तथा अदालतको फैसला अनुसार ३५ दिन भित्रै रकम जम्मा गर्न ल्याउनु अन्यथा दावी बमोजिमको जाय जेथा तायदात हुने छ भन्ने सूचना मेरो घर कम्पाउण्डमा टाँस भएको रहेछ । त्यसबाट मलाई कुनै असर पर्न होइन । तर छाडिएका फैसला र विगोको निवेदनमा धनजमानी रकम नबुझाएमा काठमाडौं जिल्ला का.न.पा. वडानं. १० भिमसेन गोलास्थिति १०२–११०७२१ को नक्सा र फिल्डबुकबाट देखिने धनजमानी रोहितविक्रम राणा र (निजको एकाघरको छोरा) किरण विक्रम राणाको सगोलको पूर्व कि.नं. ३० को पूर्ण बहादुर शेरचनको घर जग्गा पश्चिम कि.नं. ७८ को माधवलाल श्रेष्ठको घर उत्तर कि.नं. ८३ को गोविन्द लामिछानेको घर जग्गा र दक्षिण कि.नं. २ को बाटो यति ४ किल्ला भित्रको हालको नापीमा कि.नं. ७६ क्षेत्रफल १–३–३–० भएको जग्गा ¬र सो जग्गामा बनेको दुईतले अन्दाजी मोल रुव्. १०,००००० मात्र पर्ने पक्की घर समेत कित्ता १ भनी उल्लेख भएको रहेछ । सो अ.वं. ८२ अंश वण्डाको १८, ३० नं. लेनदेनको ९, १९ रजिष्ट्रेशनको १, २५, ३०, ३३ तथा प्राकृतिक न्याय सिद्धान्त विपरित भै सविधानको धारा ११(२), १७(१) द्वारा प्रदत्त हकाधिकारमा आघात पर्ने लागेकोले संविधानको धारा २३।८८ अनुसार यो निवेदन गर्न आएको छु । अतः २०४८।९।२५ को म्याद उत्प्रेषणको आदेशद्वारा बदर गरि उक्त सम्पत्ति तायदात नगर्नु, सो बाट भरि भराउ नगर्नु भनी विपक्षीका नाउँमा प्रतिषेधको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षीबाट लिखित जवाफ मगाउने भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. वादी का.न.पा. वडा नं. २८ नघल बस्ने दिलमान शाक्यको र प्रतिवादी का.न.पा. वडानं. १० अन्तर्गत पुरानो बानेश्वर बस्ने किरण विक्रम राणा समेत सँगको लेनदेनको विगो भराई पाउँ भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतको ०४६।१।७ को र वागमती अञ्चल अदालतको ०४६।५।६ को फैसला अनुसार विगो भराई पाउँ