निर्णय नं. ४०५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०५ - लेनदेन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१२/०९ ३३६३ निर्णय नं. ४०५ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिंह ०२४ सालको दे.फु.नं. ७९ निवेदक : कृष्णबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : क.ज.प्रचण्ड शम्सेर ज.ब.रा. मुद्दा : लेनदेन १. कसैले लेखेको आधारमा अरुको दावीबमोजिम रुपैया भराउन सक्ने र अंक किटान नभएको मात्र ऐनले प्रमाण लिन हुने । त्यसको आधारमा वादी दावीबमोजिम रुपैया भरी पाउँन सक्ने भएमात्र ऐनले प्रमाणमा लिन मिल्ने हुनाले त्यसतर्फ हेरेमा उपरोक्त उल्लेख भएअनुसार हिसाब गरी रुपैया दिने समेत बोली परेकोबाट तत्काल प्रचलित नासो धरौटको १ नं. बमोजिम नासो धरौटको लिखत सरह मान्न नहुने र यो यति रुपैया दिउँला भन्ने अंक किटान नभएकोले ऐनबमोजिम रीत पुगेको लेनदेन व्यवहारको लिखत सरह कायम हुन पनि नसक्ने । हरहिसाब देखाई यति बाँकी हो भनी वादीले नखुलाएको र सो चिठ्ठीमा यति लिन बाँकी भन्ने नलेखिएकोले रुपैया भरी पाउन सक्ने नहुँदा सो चिठ्ठी ऐनले प्रमाण लिन मिल्ने देखिन आएन । (प्रकारण नं. १४) २. ऐनले प्रमाणमा लिन नमिलेमा सद्दे किर्ते छुट्याउन नपर्ने । ऐनले प्रमाण लिन नमिल्ने भएपछि सो चिठ्ठी सद्दे किर्ते छुट्याई रहनु समेत नपर्ने हुँदा सद्दे किर्तेतर्फ विचार गरी रहनु परेन । सो चिठ्ठी सद्दे किर्तेमा सुनाउनै नपर्ने सुनाई तहकिकात गरेको समेत शुरु रा.का.दे.दो.र अपील पहिलाको सदर गरी ०२०।५।२०।१ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहराई डिभिजन बेञ्चले सदर गरेको हकमा वादीले भराई पाउँ भनी प्रमाण दिएको लिखतबाट भरी पाउन नसक्ने हुँदा इन्साफ मनासिव देखियो । झुट्टा दावी गरेमा डिभिजन बेञ्च समेतको फैसलाले लिने गरी राखेको कोर्टफीका हकमा कायमै हुन्छ । (प्रकरण नं. १५) निवेदक, वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे प्रतिवादी तर्फबाट : अधिवक्ता श्री दिनेशमान प्रधान फैसला १. बज्यै मोहनमाया प्रतिवादी कहाँ धाई बस्नु भएकोमा नाबालक कोही नहुँदा मलाई टोल छिमेकीले हेरचाह गर्ने गरी घरमा भएको सुनचाँदी समेत जोख तौल गरी सुन तोला २८८।८ र चाँदी तोला ९० समेत बज्यैले दरवार लगेको । सो माल जनरल साहेबलाई चाहिएछ र लिई हस्ताक्षरले टिपोट गरी दिएको रहेछ । सो टिपोट बज्यैले २००० सालमा अन्त्य समयमा दिनु भएको । हिफाजत पुर्‍याउन नसक्दा हराए तापनि जनरल साहेबलाई भनेको थिइन । ०३ सालमा घर बिक्री गरी मोरु.६०१।– पनि जनरल साहेब कहाँ रहेको र मलाई सुन्दरीजलमा जागिर गराई दिनु भएको । खान नपुग्ने भएकोले १७ गते भित्र पाउँ भनी निवेदन पठाएकोमा तिम्रो माल मासिएको छ । १/१।। वर्षभित्रमा दिउँला भनी चिठ्ठी लेखी पहुँच दिनु भएकोमा बेइमानी गर्ने नियत गर्नु भएकोले नालेस गर्न आएको छु । मालै वा माल दिन सक्नु हुन्न भने सुन चाँदी हिरा समेतको जम्मा बिगो ४७३८८।९० मलाई दिलाई भराई सजाय गरी पाउँ भन्ने समेत वादी । २. वादीको बज्यै बुबु धाई बस्नु भएको वादी नाबालकमै आमा बाबु मरी टुहुरो भई खाने बस्ने छैन भनी रुँदा महिनाको चामल पाथी ।६ नगदी रु. ३। समेत दिई आएको ०९ सालमा म रीटायर भएकोले सिधा दिन सक्दिन भनी रोकी दिएको । जनसेवामा सिनेमा हेरी मोटरमा बस्न लाग्दा कुटी बेइजती गरेकाले उजुर परी सजाय पाईसकेको । मेरो हस्ताबाट लेखेको टिप्पण हराएको भन्ने कुरै पत्यारै नपर्ने । सिदा भत्ता बन्द गरी दिएको कारणबाट डरत्रास देखाई लिने खाने उद्देश्य