निर्णय नं. ७०३६ - जग्गा खिचोला चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०३६ - जग्गा खिचोला चलन भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०३/२५ ४९०२ निर्णय नं. ७०३६ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५४ सालको दे. पु. नं. ४१२९ फैसला मितिः २०५८।३।२५।२ मुद्दाः जग्गा खिचोला चलन । पुनरावेदक/वादी : का.जि. का.म.न.पा. वडा नं. ५ माली गाउँ घर भै जिल्ला पर्सा, आमोदेवी गा. वि. स. वडा नं. १ हाल विरुवा गुठी गा. वि. स. वडा नं. १ बस्ने टोपबहादुर पचमैया मगर । विरुद्ध विपक्षी /प्रतिवादी : ऐ. ऐ. आमोदेवी गा. वि. स. वडा नं. १ को हाल विरुवा गुठी गा. वि. स. वडा नं. १ बस्ने फुलबहादुर तामाङ समेत । § विवादित कि. नं. १०१ र १०२ को जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा यि वादी टोपकहादुर पचमैयाले जिल्ला भूमि प्रशासन कार्यालय, पर्साको मिति २०२४।१२।२२ को निर्णय बमोजिम प्राप्त गरेको देखिएको र भूभि प्रशासन कार्यालयको उक्त निर्णयलाई अन्यथा भन्न सकेको अवस्था नरहेकोमा दावीको उक्त कि. नं. १०१ र १०२ मा २०३८।१२।१७ भन्दा अगाडि यि प्रतिवादीहरु मध्ये केही प्रतिवादीले खिचोला गर्यो भनि दिएको मुद्दामा डिसमिस फैशला हुँदैमा सोहि जग्गामा पुनः त्यस मुद्दाका केहि प्रतिवादीहरु र अन्य प्रतिवादीहरु समेतले २०४७।८।१५ मा खिचोला गरेको भनी दिएको मुद्दा उपर अ. वं. ८५ नं. बमोजिम अघिल्लो मुद्दाको फैशलालाई आधार लिई गरेको खारेजी फैशला कानून संगत देखिएन । किनकी २०३८।१२।१७ भन्दा पहिला खिचोला गरेको भन्ने वादी दावी र २०४७।८।१५ मा खिचोला गरेको भन्ने वादी दावीमा वादी र विवादित जग्गा साथै केहि प्रतिवादीहरु एकै हुँदैमा अ. वं. ८५ मा प्रयुक्त सोही मुद्दा हो भन्न मिल्ने देखिदैन । तसर्थ फरक फरक अवस्थामा सिर्जना गएको मुद्दामा वादी र केही प्रतिवादी एकै हुँदैमा मात्र प्राङ्गन्यायको सिद्धान्त (Res Judicata) आकर्षित हुन नसक्ने । (प्र. नं. २४) पुनरावेदक पादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्त श्री हेमराज सुवेदी अवलम्वित नजिरः फैसला प्र. न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यसै अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परि पुनरावेदन अदालत, हेटौडाको फैसला उपर मुद्दा दाहोर्याउने निस्सा प्रदान भै दाय हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र यस अदालतको ठहर यस प्रकार छ । २. करपुल गुठी स्थापना भई सो को सम्हार आदिको लागि २०१ विगाहा जग्गा रु. १५०। तिर्ने गरी विरेन्द्र सिंहलाई धुर गुठी दिएको कुरा २००५ सालमा श्री ५ को सरकारका तर्फबाट गुठी लगत जाच अड्डाबाट निर्णय भएको र २००९।९।२१ गते मालपोत तथा वन विभागको सनद अनुसार १०५ विगाहा चलन पूर्जि निजलाई दिई बाँकी आवादी नभएको ९५ विगाहा चलन पूर्जी आवादीको वर्ष देखि मालपोत लिने गरी दिने भन्ने निर्णय भएको सोही अनुरुप ०१७।७।१२।६ मा श्री ५ को गुठी वन्दोवस्त अड्डाले आवादी नभएको जग्गा मध्ये ज. वि. १० मालपोत लिने भनी निर्णय गरी सो १० विगाहा बन्दोवस्त गरी मलाई दिएको छ । आवादी नभएको बाँकी जग्गा मध्ये १०, १३, १५ गरी चित्रबहादुर, कुमार बन्जु शर्मा, सुरेन्द्र सिंह, एकेन्द्र सिंह, दुर्गा श्रेष्ठ, बद्री बहादुर, राम बहादुर, गोपाल प्रसाद समेतलाई जग्गा दर्ता गर्ने निर्णय सोही समयमा भएको छ । सो अनुसार २०१७ साल चैत्र ३० गतेको रसिदबाट सो जग्गा मेरा नाउँमा दर्ता भई २०१६ देखि मालपोत बु