निर्णय नं. ४०६ - कोठा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६ - कोठा खिचोला भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०५/२० २२२३ निर्णय नं. ४०६ ने.का.प. २०२५ फुल बेञ्च का.मु. न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह ०२४ सालको दे.फु.नं. ३८१ निवेदक : कटकबहादुर प्रधान विरुद्ध विपक्षी : गोपालबहादुर प्रधान मुद्दा : कोठा खिचोला १. अंशबण्डाको ३७ नं.मुताविक मानु नछुट्टि सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋणमा सबै अंशियारहरूको भाग लाग्ने । तत्काल प्रचलित अंशबण्डाको ३७ नं. मा मान्नु नछुट्टि सँगैबसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने व्यवस्था भैराखेको समेत देखिएकाले मानु छुट्टिएको कायम मिति ०५ साल आषाढ १७ गते भन्दा अगावै ०५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सो कोठा समेतमा उक्त ऐनबमोजिम सगोलका अंशियार वादी प्रतिवादी दुवै भाइको बराबर भाग लाग्ने देखिन आएको छ। (प्रकरण नं. ११) वादी तर्फबाट : प्लीडर श्री इच्छाहर्ष बज्राचार्य प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला १. आमा रत्नकुमारीले आफ्नो शेष पछि खान पाउने गरी ०५।१।१७ मा मलाई बक्सपत्र पास गरी दिनु भए पछि ऐ २२ गते परलोक हुनु भएकोले सो बक्सपत्रबाट मेरो हक भएको घरको मोल रु. ५२। मोलिने कोठामा प्रतिवादीले ताल्चा लगाई छाडी नदिई खिचोला गरेकाले सो खिचोला मेटाई पाउँ भन्ने समेत वादी । २. वादी दावीको घर मेरो आर्जनबाट आमा रत्नकुमारीको नाउँमा खरिद भएको हुनाले कोठामा ताल्चा लगाएको हुँ । आमा वृद्ध रोगले असाध्य बेहोस हुनु भई ०५।१।२१ गते घाट लगी ऐ २२ गते परलोक हुनु भएको । रजिष्ट्रेशनको कारिन्दा सनाखत गर्ने साक्षीलाई दिनु खुवाउनु गरी ऐनले गर्नु नहुने अवस्थाको बकसपत्र गराएको हुँदा बदर गरी पाउँ भन्ने समेत प्रतिवादी । ३. वादीको बकसपत्रबाट हक भएको कोठामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने रा.का.दे.दो.को ०६।८।१४।२ को फैसला । ४. ऐनले गराउन हुँदै नहुने अवस्थाको बकसपत्र बदर गरी मलाई हराएकाले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ५. प्रतिवादी रत्नकुमारीसँग मानो छुट्टि बसेको हुँदा रत्नकुमारीले आफूसंग बसेको छोरा वादीलाई ०५।१।१७।५ मा पास गरी दिएको बकसपत्र सदर कायम रहने नै देखिएको समेत हुँदा इन्साफ शुरु रा.का.दे.दो.को मुनासिव ठहर्छ भन्ने अपील दोस्राको ०८।५।१२।३ को फैसला । ६. अपीलले हदमुनी गरी छिनेकोमा चित्त बुझेन । इन्साफ जाँची पाउँ भन्ने प्रतिवादी पक्षको निवेदन परेकोमा व्यहोरा साँचो रहेछ भने मिसिल झिकी इन्साफ जाँच्न पेश गर्नु भन्ने श्री माननीय भु.पू. प्रधान न्यायाधीशज्यूबाट ०।१९।२ मा आदेश भएको । ७. निजहरूको अंश मुद्दामा ०४।७।१४ गते भान्छा छुट्टि बेगल बसेको भन्ने देखिनाले र आमा रत्नकुमारीले ०५।१।१७ गते गोपालबहादुरलाई बकसपत्र गरी दिएको सदर कायम हुने देखिनाले इन्साफ अपील दोस्राको मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०१३।७।१६।५ को फैसला । ८. यो समेत मुद्दाको इन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने प्रतिवादी सु. कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा यसमा अधि छिन्ने न्यायाधीश बाहेक श्री प्रधान न्यायाधीश समेत ३ वा ५ जना न्यायाधीश भएको फुल बेञ्चबाट एकपटक दोहर्‍याई हेरी ऐनबमोजिम निर्णय गरी दि