निर्णय नं. ७०३७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०३७ - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०४/२९ ३२८८ निर्णय नं. ७०३७ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु संवत् २०५८ सालको रिट नं...... ३८३६ संवत् २०५८ सालको नि. नं...... २७२७ आदेश मितिः २०५८।४।२९।२ विषयः उत्प्रेषण समेत । निवेदक : जि. धनुषा, जनकपुर न. पा. वा. नं. ४ बस्ने राजीव झा समेत विरुद्ध विपक्षी : नेपाल मेडिकल काउन्सिल, बाँसवारी काठमाण्डौ । निवेदक : नेपाल मेडिकल काउन्सिल, बाँसवारी काठमाण्डौका तर्फबाट अधिकारप्राप्त अनिलकुमार मिश्र विरुद्ध विपक्षी : धनुषा जिल्ला, जनकपुर न. पा. वडा नं. ४ बस्ने राजीव झा समेत विषयः अन्तरिम आदेश रद्द गरी पाउँ । § निवेदकहरुको सम्बन्धित व्यक्तिगत फाइल अध्ययन गर्दा संशोधित नियमको आगमनपूर्व विभिन्न अस्पतालमा निवेदकहरु केहीले इन्टर्नसिपको कार्यसम्पन्न गरी सकेको र अन्यले सो कार्य गरी रहेका भन्ने देखिन आउँदछ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दोश्रो संशोधनले अनुसूची १ (क) मा इन्टर्नसिप नगरी डिग्री लिएकाको हकमा ६ महिना हाउसजव गरेको हुनुपर्छ भन्ने व्यवस्था अनुसार ६ महिना हाउसजव गरेपछि दर्ता गर्न पाउने साविक कानूनी व्यवस्था भएकोबाट हायसजव गरी सकेकोलाई अझ दर्ता गर्ने सुविधा प्रदान गर्ने कानूनको मनसाय देखिन आउँछ । तसर्थः विद्यमान कानूनी व्यवस्था अनुसार प्रारम्भ भएको प्रक्रिया प्रष्ट कानूनी व्यवस्थाको अभावमा रोकीन गई अर्कै मोड लिने भन्न न्यायोचित हुँदैन । § नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को २०५७।११।१८ मा तेश्रो संशोधन लागू हुन आउनुपूर्व इन्टर्नशिप शुरु गरी सकेका निवेदकहरुलाई नियमको अवधि पुरा गरी दर्ता प्रमाण पत्र परिक्षा दिनु नपरी आफ्नो निर्धारित इन्टर्नशिप कार्य पुरा गर्न दिनु पर्नेमा दर्ता प्रमाणपत्र परिक्ष दिनु पर्छ भनी गरेको प्रत्यर्थी नेपाल मेडिकल काउन्सिलको निर्णय र प्रकाशित सुचना समेत कानून अनुरुपको भन्न नमिल्ने हुँदा नियमावलीमा भएको मिति ०५७।११।१८ को संशोधन पूर्व इन्टर्नशिपका लागि निवेदन दिई इन्टर्नशिप गरिरहेका निवेदकहरुलाई दर्ता प्रमाणपत्र परिक्षा दिनुपर्छ भन्ने हदसम्मको निर्णय तथा कार्य समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकहरुलाई तोकिएको इन्टर्नशिप कार्य पूर्ववत् पुरा गर्न दिनु भनी प्रत्यर्थी मेडिकल काउन्सिलका जाउँमा परमादेश समेत जारी हुने । (प्र. नं. ११ र १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री कुसुम श्रेष्ठ र श्री सिन्धुनाथ प्याकुरेल, विद्वान अधिबक्ता द्वय श्री सतिशकृष्ण खरेल र श्री वालकृष्ण न्यौपाने विपक्षी मेडिकल काउन्सिलका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री मोतिकाजी स्थापित, विद्वान अधिवक्ताहरु श्री श्रीहरि अर्याल, श्री राधेश्याम अधिकारी, श्री सुशिल पन्त, श्री शंभु थापा र श्री विष्णुप्रसाद भट्टराई अवलम्वित नजिरः आदेश न्या. लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ : २. निवेदकहरु मध्येको डा. अनिल पोखरेल, डा. दर्शन गोपाल धोजू, डा. अभिवय वैद्य, डा. वनिता श्रेष्ठ समेतले एक वर्ष भन्दा अगाडी नै विपक्षी मेडिकल काउन्सिलमा १ वर्ष अवधिको परिक्षा दर्ता प्रमाणपत्र प्राप्त गरी हाल परीषण दर्ताको अवधि समाप्त भै अस्थायी दर्ताको लागि दर्खास्त दिई स