निर्णय नं. ४०७ - जग्गा दर्ता लेखत बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७ - जग्गा दर्ता लेखत बदर समेत भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/११/२४ २३४१ निर्णय नं. ४०७ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश लोकराज जोशी न्यायाधीश श्री रंगनाथ उप्रती सम्वत २०२३ सालको दे.पु.नं. १४२८।१३३५ पुनरावेदक : भोलासा रौनीयार समेत विरुद्ध विपक्षी : लक्ष्मी पटेहरा मुद्दा : जग्गा दर्ता लेखत बदर समेत १. बिक्री व्यवहार गर्दा यसले गरेको वा गर्नुपर्ने भन्ने प्रमाणित सबुद नभएमा र एकजना भन्दा बढीको नाउँमा दर्ता भएको भए तीमध्ये एक जनामात्र थपको मुख्य प्रमाणित हुन नसक्ने । कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणित सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लछुमन दुवै जनाको नाउँमा दर्ता भएको देएिकोले यस जग्गाको लागी वादी मात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नु हक जति बिक्री गर्न पाउँदैन भन्न न्याय र कानून अनुकूल नभएको । त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नु हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्री दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । (प्रकरण नं. १२) २. जति जनाको सगोल दर्ता छ, सो दर्तामा ती सबैको हक हुने । ती दर्तावालाहरू मध्येले आफ्नो हक जतिमात्र दर्ता फुटाई बिक्री दर्ता गरेको सदर हुने । कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणिक सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लक्ष्मण दुवै जनाको नाउँमा दर्ता भएको देखिएकोले यस जग्गाको लागी वादीमात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नो हक जति बिक्रि गर्न पाउँदैन भन्ने न्याय र कानून अनुकूल नभएको त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नो हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्रि दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला १. मिश्रीदासको छोरा जेठा सिदेनि, माहिला रामगुलाम कान्छा रामप्रसाद भई सिदेनीको छोरा नभई स्वास्नी सोनिया भएकी । रामगुलामको छोरा म लक्ष्मी । मेरो भिन्न भएको भाइ बैजनाथ भएको । रामप्रसादको छोरा रामचन्द्र, रामचन्द्रको छोरा प्रतिवादी लछुमण भएको । जेठी आमा सोनिया ०५ सालमा मर्दा काजक्रिया गरेको । सोनियाका नाउँको विरगञ्ज बजारको घरबास भएको जग्गा धुर द्र०२ प्रतिवादी लक्ष्मण मनलक्ष्मी समेत दुवैका नाउँमा एकै रसिदमा लेखाई दर्ता राखी भोगी आएकोमा म काठमाडौं गएको मौका सो जग्गा धुर ऽ०२ मा आधाको हकदार लक्ष्मी र आधाको म हुनाले मेरो हकको ऽ०१ जग्गा छुट्याई छुट्टै द