निर्णय नं. ४०८ - मोहियानी हक

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०८ - मोहियानी हक भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१२/०६ २४६२ निर्णय नं. ४०८ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वासुदेव शर्मा ०२४ सालको दे.फु.नं. ६९ पुनरावेदक : धतेदेव साहु तेली विरुद्ध रेस्पोण्डेण्ट : मकसुदन मित्र भूमिहार मुद्दा : मोहियानी हक (१) भू.सं. ऐन, २०११ को दफा २५ (क) अन्तर्गत मोहियानी हक पाएको नदेखिएमा–मोहीको हकबाट हटक खिचोला गरे भन्ने मुद्दा उक्त ऐनको दफा ३२ अन्तर्गत भित्र परेको भन्न नमिल्ने । वादी उक्त दफा २५ (१) अन्तर्गत मोहीको हक प्राप्त भएको व्यक्ति नै नदेखिएकाले ०१६ सालमा मोहियानी हकबाट हटक खिचोला गरे भन्ने यो मुद्दा दफा ३२ अन्तर्गत भित्र पर्ने भन्न नमिल्ने । ( प्रकरण नं. १०) (२) पहिले परी छिन्न बाँकी मुद्दा दफा ५४ अन्तर्गत अर्को अड्डाबाट सरी आएको नभएमा–अञ्चलाधीशको विशेष अदालतको अधिकार क्षेत्र भित्र परेको नदेखिने । पहिले परी राखेको छिन्न बाँकी मुद्दा दफा ५४ अन्तर्गत अरु अड्डाबाट सरी आएको पनि नभएको समेत हुनाले उक्त विशेष अदालतको अधिकार क्षेत्र भित्र परेको देखिन आएन । (प्रकरण.न. १०) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री इच्छा हर्ष फैसला (१) जि.प्र.म. मौज धवौलीको नं. १९३ को बिगाहा १ऽ४।।। मध्ये उत्तर तर्फबाट ।।२। नं.२३४ को ।१। नं.२२८ के ऽ४।। समेत जम्मा बिगाहा १ऽ३ मैले बटैयामा कमाई आएको विपक्षीले १६ सालमा हटक गरेकोमा मेरो मोहियानी हक थामी पाउँ भन्ने मेरो उजुर परी मोहीयानी हक थामी पाउने गरी यस गोश्वाराबाट ०१७।८।१४।२ मा फैसला भएको र उत्प्रेषणको रीट जारी गरी पाउँ भनी विपक्षीले सर्वोच्च अदालतमा निवेदन परेकोमा यो मुद्दा बडाहाकिमको अधिकार क्षेत्र भित्र नपर्ने अनाधिकार निर्णय गरेको भनी सर्वोच्च अदालतबाट निर्णय भएको ०२२।१।२।४ मा नक्कल सराई लिई थाहा पाएकोले ३५ दिन भित्र निवेदन गरेको छु । बडाहाकिमको अधिकार क्षेत्रभित्रको थिएन भनी मौकैमा सुनाई दिएको भए अधिकार प्राप्त अड्डामा गई आफ्नो हक बेहक गराई माग्ने थिएँ । अड्र्डाको गल्तीले मेरो हक मेटिन जान नपाउने भएकोले मेरो मोहीयानी हक कायम गरी प्रतिवादीहरूलाई सजाय गरी पाउँ भन्ने समेत मकसुदनको निवेदनमा बुझी ऐन सवालबमोजिम गर्न भन्ने जनकपुर अञ्चलाधीशको विशेष अदालत म.स.गो. को ०२२।२।१८।२ को आदेश । (२) मेरो मोहीयानी हक कायम गरी पाउँ भन्ने समेत वादी मुकसुदनको बयान । (३) जग्गा वादीलाई आवाद गर्न दिएको र वादीले आवाद गर्ने गरेका छैन । मैले आफै जोती कमाएको छु । यसै जग्गा विषयमा मोहीयानी हक कायम गरी पाउँ भनी यसै गोश्वरामा उजुर दिई कारवाई भएकोमा मोहीयानी हक कायम गर्ने गरी गोश्वराबाट फैसला भएको मेरो सर्वोच्च अदालतमा रीटको निवेदन पर्दा गोश्वराको निर्णय बदर भएको छ । वादीले झुठ्ठा उजुर गरेको भन्ने समेत प्रतिवादी सतदेव साहुको बयान । (४) वादी मोही देखिन आएको कुरामा तत्कालीन भूमिसम्बन्धी ऐन, ०१४ ले पनि अदालतको आदेश बेगर प्रतिवादीले वादीलाई ०१६ सालमा मोही हकबाट बन्चित गरेको देखिनाले वादीले मोही हक पाउने ठहर्छ भन्ने समेत जनकपुर अञ्चलका अञ्चलाधीशका विशेष अदालत म.स.गो. को फैसला । (५) भूमिसम्बन्धी ऐनको मोहीको परिभाषाको र दफा ३५ को विरुद्ध हुने गरी अनियमित फैसला भएकोले चित्त बुझेन समेत सत्यदेवको पुनरावेदन । (६) सत्यदेव साहुतेलीले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा प्रमाण भनी लेखिएको ईश्वरी तेलिनीको र सत्यदेव समेतको पेवा जग्गा मुद्दा ०८।११।