निर्णय नं. ७०३८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०३८ - उत्प्रेषणयुक्त परमादेश भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०५/२२ ३३५१ निर्णय नं. ७०३८ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंघ रायमाझी माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५४ सालको रिट नं...... ३०१३ आदेश मितिः २०५८।५।२२।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदिका : का. जि. किर्तिपुर न. पा. वडा नं. २ देवढोका टोल वस्ने वर्ष ५६ की वेखामाया महर्जन विरुद्ध विपक्षी : प्रमुख, किर्तिपुर नगरपालिका समेत § विवादीत जग्गा निजी वा सार्वजनिक भन्ने विवादको प्रश्न उपस्थित भएको देखियो । यस्तो अवस्थामा विवाद जग्गा सार्वजनिक हो भन्ने एकिन प्रमाण वेगर सो सम्बन्धमा हक वेहक हुने गरी निर्णय गर्ने अधिकार न. पा. लाई भएको देखिदैन । न. पा. को लिखित जवाफमा न. पा. ऐन, २०४८ को दफा ६१ ले सार्वजनिक जग्गा मिचि कसैले घर निर्माण गरेमा सो कार्यमा रोक लगाउने अधिकार छ भनी जिकिर लिएको देखिन्छ । तर प्रस्तुत मुद्दामा जग्गा निजी वा सार्वजनिक हो भन्ने कुरामा विवाद भएको अवस्थामा विपक्षी नागरपालिकाको जिकिर कानूनसंगत भन्न मिल्ने देखिएन । हक वेहकमा निर्णय गर्न सक्ने अधिकार न. पा. लाई नभएको र हक वेहक छुट्याउनु पर्ने भएमा हक वेहकतर्फ अदालतमा गई हक कायम गराई ल्याउनु पर्ने हुन्छ । सो कुरा नगरपालिका ऐन, २०४८ को दफा ५७ (३) ले समेत निर्देशित गरेको देखिन्छ । प्रस्तुत मुद्दामा विवद जग्गा सार्वजनिक देखन स्पष्ट र एकिन प्रमाण वेगर निवेदिकको घर अगाडीको जग्गा सार्वजनिक देखिदा निजी उपभोग गर्न नपाउने भनि गरेको किर्तिपुर नगरपालिकाको ०५४।११।११ को निर्णय अस्पष्ट र कानून प्रतिकूल देखिंदा सो निर्णय र त्यसका आधारमा लेखिएको २०५४।११।१२ को पत्र उत्प्रेषणको आदेश द्वारा वदर हुने । (प्र. नं. ७) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री एकराज भण्डारी अवलम्वित नजिरः आदेश न्या. कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा र निर्णय यसप्रकार छ । २. का. जि. लायकु गा. वि. स. वडा नं. ६ (ख) कि. नं. ६१ ज. रो. २–१२–२ जग्गा २०२३ सालको नापीमा नाती महर्जन समेतको नाममा नाप नक्सा भई नाती महर्जन र अष्ट महर्जनको नाममा दर्ता भएको जग्गा हो । अष्ट महर्जनले उक्त कि. नं. ६१ को जग्गा मध्ये ०—६—० जग्गा शुरेश महर्जनलार्इ र ०–६–० श्री भक्त महर्जनलाई २०४५।११।२२ गतेका दिन राजिनामा गरी दिएका थिए । सुरेश महर्जनको कि. नं. २०४ र श्री भक्त महर्जनको कि.नं. २०५ कायम थियो । उक्त दुवै कित्ता जग्गाहरु मिति २०५२।११।४ गतेका दिन मैले हालै देखिको वकसपत्रमा पाएकि थिए । उक्त जग्गामा साविक गाउँ पञ्चायत हुँदा नक्सा पास गर्न पर्ने थिएन । त्यतिकै २ तले घर २०५३।११।२४ देखि निर्माण कार्य शुरु गरी २०५४।६।१५ भन्दा अगाडी नै निर्माण कार्य पुरा भएको थियो र निर्विवाद रुपमा वसोवास गरी आएको थिए । श्री ५ को सरकारको निर्णय बमोजिम किर्तिपुर नगरपालिका कयम भै मेरो घर जग्गा वडा नं. २ कायम भएको थियो । २०५४।५।१५ मा किर्तिपुर नगरपालीका वडा नं. २ को कार्यालयमा सार्वजनिक जग्गा अतिक्रमण गरेको भनी उजुरी परेको रहेछ । उक्त उजुरीको सूचना सहित ३ दिन भित्र उपस्थित हुन मेरो नाममा २०५४।६।१४ गतेका दिन सूचना पाई आफ्नो भएको व्यहोरा र प्रमाण सहित २०५४।६।१५ गतेका दिन पेश गरेको थिए । अनुसन्धानको क्रममा काठमाण्डौ उपत्