निर्णय नं. ७०३९ - उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०३९ - उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५७/११/०५ ३१५८ निर्णय नं. ७०३९ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादु श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा संवत् २०५५ सालको रिट नं...... ३५२५ आदेश मितिः २०५७।११।५।६ विषयः उत्प्रेषणयुक्त परमादेश जारी गरीपाउँ । निवेदक : जिल्ला तनहुँ वन्दीपुर गा. वि. स. वडा नं. ८ बस्ने ध्रुवप्रसाद लामिछाने समेत विरुद्ध प्रत्यर्थी : शाखा तथ्यांङ्क, कार्यालय गोरखा समेत § लोकसेवा आयोगबाट निरीक्षण तथा छानविनद्वारा गणक पदको पदपूर्ति नै लोकसेवा आयोगबाट निर्धारित शर्त र प्रक्रिया बमोजिम नभएको भन्ने देखिंदा त्यस्तो पदपूर्ति सम्बन्धी कारवाहीलाई नियमित रुपमा नै भएको भन्न मिल्ने नदेखिंदा र निजामती सेवा नियमावली, २०५० को परिच्छेद ३ नियम २५ (२) मा लोकसेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनि लोकसेवा आयोगबाट त्यसरी नियुक्ति भएको कर्मचारीको परीक्षणकाल भित्र लेखि आएमा निजलाई सो अवधि भित्र हटाउनु पर्ने छ भन्ने व्यवस्था भै रहेको देखिंदा लोकसेवा आयोगबाट निरिक्षण गर्दा निवेदकहरको नियुक्ति प्रक्रिया अनियमित भएको ठहर गरी निवेदकहरुको परीक्षणकाल भित्रै नियुक्ति वदर गरी अवकास गरेको देखिंदा माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने । (प्र. नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामहरि ढकाल प्रत्यर्थी तर्फबाट : विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः आदेश न्या. गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ । २. प्रत्यर्थी शाखा तथ्याङ्क कार्यालय, गोरखाको मिति २०५४।१०।१५ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन नं. १।०५४।५५ आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा. प. अ. द्वितीय (प्रा) सहायक गणक पद खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने दरखास्त आव्हान गरिएकोमा हामी निवेदकहरुले दरखास्त फारम बुझाई लिखित परीक्षा र अन्तर्वार्तामा समेत उत्र्तिण भै प्रत्यर्थी कार्यालयको मिति २०५५।२।८ को निर्णयानुसार भनी मिति २०५५।२।१० गते हामीहरुलाई नियुक्ति गरिएको थियो । पदस्थापना भएको पदमा काम काज गर्दै आइरहेकोमा मिति २०५५।७।८ मा शाखा तथ्याङ्क कार्यालयबाट अवकास सम्बन्धी पत्र हामीहरुलाई बुझाईयो । जसमा पदपूर्ति सम्बन्धी निरीक्षकका लागि यस कार्यालयबाट विज्ञापन देखि सिफारिश सम्मका सम्पुर्ण कागजातहरु बुझी लागी प्रत्यर्थी निर्देशनालयको मिति २०५५।३।२२ च. नं. २३६३ को पत्रानुसार पदपूर्ति सम्बन्धी कारवाही मिति २०५५।३।२३ गतेको निर्णयानुसार अनियामित ठहर गरेको र मिति २०५५।५।२९ च. नं. ३९१ को पत्रानुसार त्यसरी नियुक्ति कर्मचारीहरुलाई हटाई सो को जानकारी निर्देशनालयलाई दिने निर्देशन प्राप्त भएको एवं केन्द्रिय तथ्याङ्क विभागको मिति २०५५।६।२० च. नं. ३५६ को पत्रानुसार तत्सम्बन्धी आवश्यक कारवाही गर्ने निर्देशन प्राप्त भएकोले भन्ने उल्लेख गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी हामीलाई ०५५।७।८ देखि अवकाश दिने कार्य भएको हुँदा उक्त गैरकानूनी कार्य बदर गराउने अन्य वैकल्पिक उपचारको बाटो केहि नहुँदा सम्मानित अदाल