निर्णय नं. ७०४० - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०४० - उत्प्रेषण, परमादेश भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०५/१९ ३६३० निर्णय नं. ७०४० ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी संवत् २०५५ सालको रिट नं...... ३४१३ आदेश मितिः २०५८।५।१९।३ विषयः उत्प्रेषण, परमादेश । निवेदक : धवलागिरी अंचल वाग्लुङ न. पा. वडा नं. १ बस्ने बद्रिप्रसाद शर्मा समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद सचिवालय समेत § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ को उपधारा (२) ले सार्वजनिक हितको लागि वाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहरण वा प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारको कुनै अधिकारको र्सिजना गर्ने छैन भन्ने र धारा १७ को उपधारा (३) मा सार्वजनिक हितको लागि सम्पत्ति अधिग्रहण वा प्राप्त गर्दा क्षतिपूर्ति दिनु पर्ने व्यवस्था रहेको बाट व्यक्तिको सम्पत्तिमा क्षेतिपूर्ति नदिइ राज्यले प्रयोग गर्न सक्ने स्थिति देखिन आएन । कुनै योजना वा कार्यको निमित्त व्यक्तिले आफ्नो जग्गा स्वइच्छाले प्रदान गर्नु स्वच्छिक कार्य हो । यस्तो अवस्थामा क्षेतिपूर्ति वा मुआव्जाको प्रश्न आउदैन । तर कसैको जग्गा निजको इच्छा विरुद्ध प्रयोग गर्न सकिने व्यवस्था संविधानले परिकल्पना गरेको देखिन आउदैन । निवेदकहरु आफ्नो जग्गाबाट बाटो बनाउन दिन मंजुर नरहेको भन्ने निजहरुकै निवेदनबाट देखिएको हुँदा निजहरुको जग्गाबाट निजहरुको मंजुरी वेगर कानून बमोजिम क्षेतिपूर्ति नदिइ सडक लाग्न सकिने अवस्था नआएबाट आयोजना बमोजिम सडकमा परेको जग्गाको मुआव्जा दिने भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने । (प्र. नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री खिमलाल देवकोटा विपक्षी तर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री भरतमणि खनाल अवलम्वित नजिरः आदेश न्या. मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ (२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. हामी निवेदकहरु मध्येको म निवेदक वद्रिप्रसाद शर्माको हकभोगको वा. जि. वा. न. पा. वडा नं. ११ मा पर्ने साविक कालिका गा. वि. स. वडा नं. ७ मा दर्ता भएको कि. नं. २५७६ क्षे. फ. २—३—३—० आवादी पाखो सिम कित्ता १, म निवेदक ओम नारायणको हक भोगको ऐ. ऐ. कि. नं. २५८५ क्षे. फ. ०—१३—०—० आवादी खेत सिम कित्ता १ र म निवेदक वाशुदेवको हकभोगको ऐ. ऐ. कि. नं. २५८४ क्षे. फ. ०—८—२—२ आवादी खेत सिम कित्ता १ समेतका ३ कित्ता जग्गाहरु यस अघि कसैलाई कुनै व्यहोराले हक छाडी नदिएको हामी निवेदकहरुकै नाममा दर्ता श्रेस्ता कायम भै साल वसाली तिरो तिरान गर्दै आएका हाम्रा हक भोगका जग्गाहरु हुन । उल्लेखित जग्गाहरु हामी निवेदकहरुले पूर्वस्वीकृति वाहेक कसैले कुनै रुपमा पनि प्रयोग भोग चलन गर्न पाउने होइन भने श्री ५ को सरकार स्वयंलाई पनि प्रचलीत कानूनले तोकेको अवस्थामा वाहेक अन्य अवस्थामा भोग वा चलन गर्न पाउने होइन । कसैलाई अतिक्रमण वा हस्तक्षेप गर्न पाउने आधार नहुँदा नहुँदै पनि विपक्षीहरुले एका एक हामी निवेदकहरुको माथि उल्लेखित जग्गामा गैरकानूनी रुपमा प्रवेश गरी जग्गा अतिक्रमण गरेको, के आधारमा र किन यसरी अतिक्रमण गरेको हो भन्ने वारेमा सम्पुर्ण सूचना पाउँ भनी माग दर्ता कुनै सूचना नदिएको र हाल उक्त जग्गामा लगाएको वाली समेत नष्ट गरी वर्यावरणीय मोटर बाटो निर्माणको नाममा हाम्रा जमिन समेत भत्काएको छ र खे