निर्णय नं. ४०९ - जग्गा जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०९ - जग्गा जालसाजी भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०१/२८ २३२० निर्णय नं. ४०९ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह ०२५ सालको दे.फु.नं. ५९ निवेदक : पं. मुकुन्द उपाध्याय विरुद्ध रेस्पोण्डेण्ट : चक्रबहादुर लिम्बु मुद्दा : जग्गा जालसाजी १. ५८ सालको सनद र ६० सालको तोक सदरहरू क्रियाशील नै–किपट जग्गा छिन्ति सदर हक छुट्याई लिनु दिनु गर्न नपाईने । सो दुवै तिथीमा भएको सनद तोक सदरबमोजिम कुरा समेत एउटै गरी अड्डाखाना र लिम्बु समेतले थाहा पाउने गरी ऐनमा पारी दिने भन्ने मुलुकी अड्डा ऐन सवाल फाँटले जाहेर गरेको रिपोर्टको दफा ३ मा उल्लेख भई ०३।११।१६।५ मा तोकसदरसम्म भएको सोबमोजिम ऐनमा पारी ऐन बनेको नदेखिएको भए पनि त्यसमा उल्लेखित ५८ सालको सनद र ६० सालको तोक सदरहरू क्रियाशील नै रहेको । त्यसबाट किपटको बाँझो पाखासम्म पानी खेत गरी तिरो गरी खानु भनी ४ किल्ला हाली राजीनामा फार्छेको तोरसँग लेखी दिन पाउने र आवादी जग्गाको हकमा छिन्ति गरी हक छाडी लिनु दिनु गर्न नपाउने प्रष्टै भएको छ । (प्रकरण नं. १८) निवेदक तर्फबाट : अधिवक्ता नन्दिकेशर विपक्षी तर्फबाट : अभिवक्ता ठाकुरप्रसाद खरेल फैसला १. मेरो किपट बाहेक मुल बाटोले छिनेको दक्षिण पट्टिको जग्गा पटबाँझो हुनाले मेरो दाजु सु. कालीबहादुरले प्र. मुकुन्दलाई कोदाले तिरो रु. १। मा ०६ सालका बाली देखि खान पाउने गरी धुरी पुर्जि गरी दिएकोमा लम्बरीमा दर्ता गर्दा घरबारी काटी विराएको छ गरा खेत दर्ता गर्दा सो ६ गरा देखि उत्तर म समेतको हकका २१ गरा किपट समेत घुसाई दर्ता गर्ने गराउने गरेको रहेछ । यही चैत्र ५ गते बाली लगाउँदा हटक गरेबाट थाहा पाएको हुँदा नालेस गर्न आएको छु । दर्ता बदर गरी मेरो ज्यामरीे किपट खेत सदर गरी पाउँ भन्ने समेत चक्रबहादुरको वादी । २. ज्यामरी बोट भन्ने किपट खेत पटबाँझो भएकोले वादीका दाजु कालीबहादुरले ०५ सालमा वादी समेत रोहवरमा राखी धुरी पूर्जि गरी दिएकोले ०६ सालको लम्बरीमा रु.१ मा मेरो नाउँमा दर्ता गरी दिएपछि आवाद गरेको झगडा पर्दा हाल वादीले दावी लिएको लिखत र मेरा अरु विरौटा समेत दर्ता गरी दिने भई ०२१ गरा कालीबहादुरलाई छाडी ०८ सालमा मिलापत्र भएपछि मालबाट डोर आउँदा जग्गाको मोल रु.१४८७। र ठेकी चारदाम समेत खाई वादीलाई साक्षी राखी चलत पूर्जि गरी दिएकोले ०२१ गरा खेत दर्ता भएको भन्ने समेत मुकुन्द उपाध्यायको प्रतिवादी । ३. वादी दावीको किपट खेत किपट कायम गरी वादीले नै खान पाउने ठहर्छ भन्ने समेत फुलं अमाली सुंवा विरेन्द्रप्रसाद लिम्बुको फैसला । ४. म्याद भित्र प्रतिवादी परी रहेको छंदै अमालबाट एका तर्फी फैसला गरेको । अमालीको फैसला बदर हुने र वादी दावीको वादीको हकको जग्गा प्रतिवादीले दर्ता गर्न पाउने भई खिचोला गरेको र दर्ता बदर गर्ने ठहराई भन्ने समेत ताप्लेजुङ ईलाका अदालतको ०१७।१।८।४ को फैसला । ५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा सनदले अमालीले आफ्नो जिम्मा तालुकको मुद्दा मात्र हेर्न पाउनेमा अमालबाट फिरादपत्र लिई कारवाई गरेको सदर नभई वादी खारेज हुने र ऐनबमोजिम नालेस परेको बखत ठहरेबमोजिम गर्ने ठहर्छ भन्ने म्याग्लुङ्ग जि.अ. बाट फैसला भएकोमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा अमालले फिराद लिएको कारणले मात्र खारेज गरी तह बढाई दिन मात्र मुनासिव देखिएन । खारेज गरेको बदर गरी पहिले परेको मुकुन्द