निर्णय नं. ७०४१ - वहुविवाह
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०४१ - वहुविवाह भाग: ७०४१ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०५/०१ ३७३३ निर्णय नं. ७०४१ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी संवत् २०५४ सालको फौ. पु. नं...... १५२२ फैसला मितिः २०५८।५।१।६ मुद्दाः वहुविवाह । पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला धुसेनी शिवालय गा. वि. स. वडा नं. २ वस्ने एकनाथ गौतम विरुद्ध प्रत्यर्थी/वादी : मीनादेवी गौतमको जाहेरीले श्री ५ को सरकार § प्रतिवादीले २०४६ सालमा छोरी जन्मेको भन्ने कुरामा स्वीकार गरी २०३२ सालमा विवाह भएको २०४६ सालमा जेठी श्रीमती बाटै छोरीको जन्म भैसकेपछि २०५० सालमा आएर कान्छी पार्वतीलाई विवाह गरेको अवस्थामा बिवाह गरेको दश वर्ष सम्म सन्तान नभएको अर्थ गरी जेठी श्रीमति तर्फबाट छोरी जन्मी सकेपछि विवाह गरेको देखिंदा कसूर नगरेको भन्न मिलेन । प्रतिवादीले अभियोग दावी अनुसार कसूर गरेको देखिंदा प्र. एकनाथ गौतमको हक सम्म शरु इन्साफ उल्टी गरी प्र. एकनाथ गौतमलाई कैद महिना एक र रु. १०००/— एक हजार जरिवाना गरी पार्वती गौतमको हकमा निजले जानाजान दाश्रो बिवाह गरेको नदेखिएको भनी सफाई दिएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव ठहर्छ । (प्र. नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामबहादुर के. सी. प्रत्यर्थी वादी तर्फबाट : विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. म घरमा जेठी श्रीमती छँदा छँदै ०५१/८/२५ गते पार्वतीलाई घरमा ल्याई कान्छी श्रीमती बनाएको पर्वती समेतलाई वहुविवाहमा कारवाही गरी पाउँ भन्ने जाहरी दरखास्त । ३. २०३२ सालमा जोहरवालीलाई विवाह गरी घरमा राखेकोमा घरमा नबसी आफु खुशी गरी हिडेको मैले पार्वती गौतमलाई दाश्रो विवाह गरी वहुविवाह गरेको हुँ भन्ने प्र. एकनाथ गौतमले प्रहरीमा गरेको वयान । ४. जाहेरवाली धेरैजसो माइतीमा वस्ने गरेकोले एकनाथले पार्वतीलाई दोश्रो विवाह गरेका हुन् भन्ने सर्जमिन मुचुल्का । ५. निज पार्वती र एकनाथ गौतमले मुलुकी ऐन विहावारीको महलको ९ नं. अनुसार कसूर अपराध गरेको हुँदा निजहरुलाई सोही ऐनको १० नं. अनुसार सजाय हुने माग दावी रहेछ । ६. जेठी श्रीमतीलाई २०३२ सालमा विवाह गरेको र पार्वतीलाई २०५० साल बैशाखमा विवाह गरी घरमा ल्याएको हो । कान्छी श्रीमतीलाई जेठी छ भन्ने थाहा थिएन । छोरा नभएको कारणले जेठी श्रीमती सँगै सल्लाह गरी विवाह गरेको हुँ भन्ने एकनाथको अदालतमा गरेको वयान । ७. मेरो र एकनाथको २०५० सालमा विवाह भएको हो, मलाई सौता छ भन्ने कुरा थाहा थिएन । सौता र म १५ महिना सम्म घर मै मिली बसेका थियौं । किन जाहेर गरेकी हुन् मलाई थाहा छैन भन्ने पार्वती पाण्डेको अदालतमा भएको वयान । ८. जठी श्रीमती घरमा नबसेको कारणले घर व्यवहार जलाउन पार्वतीलाई दोश्रो विवाह गरेको हो भन्ने प्रतिवादीको साक्षी कोमप्रसाद र तुलाहकादुर समेतको वकपत्र । ९. एउटा जोहरीको आधारमा प्रतिवादीलाई सजाय गर्न मिल्ने अवस्था नभएको कारणबाट प्रतिवादीहरुले अभियोग दावीबाट सफाइ पाउने ठहर भनि शुरु का. प. जि. अ. बाट मिति ०५२/४/१७ मा भएको फैसला । १०. जाहेरवाली अदालतमा उपस्थित नभएर पनि जाहेरी आरोप झुठा हो भनि प्रतिवादीले जि