निर्णय नं. ४१० - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१० - जग्गा दर्ता भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०१/२८ २३३७ निर्णय नं. ४१० ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ४४ निवेदक : प्रेमबहादुर मल्ल दासु मल्ल विरुद्ध विपक्षी : दासु पाध्या मुद्दा : जग्गा दर्ता १. पानी नपुगेको कारणले खेत आवाद नभएमा नक्साबाट पाखा देखिएमा पहिले नालेस दिँदा लेख्न नसक्ने वादीले सरेकको खेत र झगडा परेको पाखो जग्गाको बीचमा अर्को छुट्टै किल्ला देखिन आएमा र वादीको जग्गा अरु ठाउँमा छ भन्ने देखाउन नसकेकोमा वादीकै खेत दर्ता मध्येको भन्न नमिल्ने । न. नं.८ को जग्गा खेत दर्ता मध्येको भनी वादीले दावी लिएकोमा नक्शाबाट पाखा देखिन आएको पानी नपुगी खेत आवाद नभएको भन्ने पछि नक्शामा वादीले जिकीर लिएको भए पनि पहिले नालेस दिँदा लेख्न नसकेको । सो कुरा कायम मान्न नमिल्ने र आफ्नो दावीको खेत मुरी ।१० दर्ता मध्येकै हो भनी वादीले पनि स्विकार लिई राखेको । न नं. २।३ को खेत ४ र झगडा परेको न.नं. ८ को पाखो जग्गाको बीचमा न.नं. ३० पाखो बारीको गरा कान्लो भन्ने नक्शामा जनिएकोबाट छुट्टै कित्ता देखिन आएको । वादीले प्रतिवादीको ठकुरी माफिकिको पाखो भनी देखाएको न.नं.७ लाई प्रतिवादी प्रेमबहादुरको रासवारको जग्गा हो भनेको । प्रेमबहादुरको हलदारको जग्गा अन्यत्र छ भन्ने देखाउन वादीले नसकेका समेत हुँदा सो झगडा परेको न.नं.८ को पाखो वादी दावीबमोजिम खेत मुरी ।१० दर्ता मध्येको रहेछ भन्ने मिल्ने देखिदैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे फैसला १. बाजे मनरथ बाबु नन्दलालका नाउँमा ११।२५ सालमा र ९९ सालको ३ महले मोठमा मेरो नाउँमा खेत दर्ता भई भोग गरी आएको जग्गा १७ सालको धान बाली मैले नै लगाई पाकी तयार भएकोमा अन्यायवालाहरूले यो जग्गा तिमीले चलनगर्न पाउँदैनौ । बिर्ता उन्मुलन ऐन, ०१६ बमोजिम स्याङ्गजा मालमा गइ हामी ठकुरी जातको तिरो माफिक जग्गा हो भनी दर्खास्त दिई हाम्रो गरी आएका छौं भनी हटक जवाफ भने गरेको मालमा गई नक्कल सारी हेर्दा, पूर्व भिमबहादुर खडाल क्षेत्रीको बारी, पश्चिम यमलालको र कान्छी आमा रुकिले मलाई बक्स दिएको खेतको साँध, उत्तर प्रेमबहादुरको खेत र दक्षिण मूल बाटो यति ४ किल्लाभित्रको खेत मुरी ।३।६।५ के तिरो रु. १।९० लागेको आफ्नो बोटेखेतलाई पाटे कलमको पाखा जग्गामा तिरो रु.।३७।२ लगाई पाउँ भनी दाजु विदेशमा गएको भन्ने झुठ्ठा व्यहोरा लेखी प्रेमबहादुरलाई दर्खास्त दिने लगाई दर्ता गराएछन । सो बदरगरी जग्गा मेरो हक सदर थामी पाउँ भन्ने समेत वादी । २. सो जग्गा हामी ठकुरी जातको १९२० सालको सनदले माफिकि बक्सेको हुनाले २५ सालको तेरीजमा ठकुरी माफिकी दर्ता जनिएको म दासु मल्लको हक भोगको पोत रु.।७५ मध्ये रु. ।७३।२ को जग्गा भई म्याद भित्र बिर्ता उन्मुलन ऐनबमोजिम विवरण दिएको हुँ । पाखो जग्गालाई खेत भनी वादीले झुठ्ठा दावी गरेको हो भन्ने समेत प्रेमबहादुर दासु मल्लको प्रतिवादी । ३. वादी दावीबमोजिम खेत दर्ता छैन भन्न प्रतिवादीले नसकी सो खेत न.नं. ३।४ को हो भनी नक्शामा प्रतिवादीले लेखेको । वादीले दावी गरेको जग्गा झगडा परेको जग्गाको साँधैमा भएको देखिन आएको न.नं. ५ को खेत हाल पाखो भन्ने कुरामा दुवै तिरको मुख मिलेको प्रतिवादीहरूको जग्गा न.नं. ७ मा वादीले देखाएकोमा होइन भन्न प्रतिवादीले नसकेको । न.