निर्णय नं. ४११ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४११ - ज्यान भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/११ २४९८ निर्णय नं. ४११ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको दे.फु.नं. १६ निवेदक : तौलिहवा कारागरामा थुनिएको हनिफ चुरिहार विरुद्ध विपक्षी : देवी दत्त काहारको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान १. जानिफकार भई आफ्नो उमेर लेखाएको देखाएको भए र कम्ति यति नै वर्षको उमेर भन्ने कुराको अकाट्य प्रमाण गुजार्न नसकेमा र डाक्टर जाँचबाट समेत वर्ष १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि भनी अनुमान गरेमा पहिले अनभिज्ञ अवस्थाको बयानको उमेरको उमेर कायम गर्न नमिल्ने । चोरी मुद्दामा निज हनिफले १२।१२।२४ मा बयान गर्दा ११ वर्ष लेखिएको देखिएको । त्यस हिसाबबाट १७।७।९ गते वारदात र १७।७।१५ मा बयान गर्दाको अवस्था १५ वर्ष करिब ७ महिनाको मात्र देखिन आउने भन्ने मुख्य आधार लिएको समेत देखिन आयो । जुत्ताचोरी मुद्दामा १२।१२।२४ गते बयान गर्दाको मितिमा ठिक ११ वर्ष नै पुगेको थियो भन्ने कुराको अकाट््य सबुद प्रमाण कुनै नभएको समेत हुँदा निज हनिफ आफैले यो मुद्दामा बयान गर्दा आफ्नो उमेर १९ वर्ष लेखाई राखेको यस्तो कुरामा जानकार भईसकेपछि आफू १९ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम नमानी अनभिज्ञ बालक अवस्थामा ११ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम मान्न नमिल्ने र १९।१।२५ मा डाक्टर जाँच गराउँदा १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि हुनु पर्छ भनी लेखी दिएको कुरा पनि अनुमानिकसम्म भई किटानी नभएको समेत हुँदा निज हनिफ १६ वर्ष नपुगेको पुरा सजाय नहुने भन्न मिल्ने देखिन आएन । (प्रकरण नं १४) निवेदक तर्फबाट : अधिवक्ता इन्छाहर्ष र वतैनिक अधिवक्ता दिनानाथ झा फैसला १. ०१७ साल कार्तिक ८ गते राती मेरो घर नजिक कुवामा झ्याम्म गरेको आवाज सुनी हेर्न जाँदा पानी भित्र एक वित्ता जति सेतो कागज हो वा कपडा हो देखिएको । पानी भित्र गायव भयो । कुवाको पूर्वपट्टि छालाको चट्टी देखि मानिसै मरेको भनी शंका लागि थानामा जाहेर गर्न म समेत सबै जाँदा बाटामा सडक अगाडिलाल महमतकी स्वास्नी हाजजितले “भक्ततीन उठ् तिउनाई हल्ला होत है” भनी उठाउँदा नउठि र कुवामा देखिएको जुत्ता भगतीले पनि त्यस्तै लाउने हुँदा किन नउठेकी भनी निजको घरमा जाँदा फाटकको जन्जीर समेत खुल्ला रहेछ । भित्र जाँदा निज नदेखिएकोले जाहेर गर्न आएको छु । निज आत्माहत्या गरी मरेकी हुन वा कसैले कर्तव्य गरी मारी फालेको के हो ? छुट्याई ऐनबमोजिम होस भन्ने देवदत्तको जाहेरी दर्खास्त र बयान । २. लासजाँच मुचुल्काबाट भक्तीन ठकुरानीको लास हो भन्ने देखिएको र कर्तव्यबाट मारी कुवामा फ्याँकेको शंका लाग्छ भन्ने समेत सरजमिन मुचुल्का भएको । ३. म १ विद्रा १ रामचन्द्र पाण्डे १ बबर काहार १ सुर्जे बाहुन १ राम लखन १ वासुदेव समेत भक्तीनको घरमा डाका गर्न जाने सल्लाह भई ०१७ साल कार्तिक ९ गते राती गएको । म १ रामचन्द्र १ सडकमा पुगी ढोका घचघच्याउँदा लागेको रहेनछ । विद्रा १ सुर्जे १ वासुदेव १ बदर १ समेत ४ जना भित्र बसे हामी दुईजना मानिस हेर्न बाहिर बस्यौं र भित्र जानेहरूले निज भक्ततीनलाई विद्राले हात, सुर्जेले गोडा, बासुदेब बंदरले छाती पक्री जोडसँग दावी निज मरे पछि निजको सिरान निर सेफको साँचो रहेछ । वासुदेवले झिकी सेफ खोली सुन चाँदी नगदी समेत झिकी कपडामा पोको पारी हल्ला बन्द भए पछि बण्डा गरौंला भनी रामचन्द्रले लिलास वासुदेवले बोके वन्दरले निज ठकुराकै गाग्रो डो