निर्णय नं. ४१३ - मानो चामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१३ - मानो चामल भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/२५ २६३९ निर्णय नं. ४१३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा ०२४ सालको दे.फु.नं. ७६ निवेदक : खिलकुमारी बाहुनी विरुद्ध रेस्पोण्डेण्ट : शंकरप्रसाद उपाध्याय समेत मुद्दा : मानो चामल (१) ससुराले बुहारीलाई इज्जत आमदअनुसार खान लाउन दिएको भन्न नसके–लोग्ने बयान गर्न हाजिर नभइ म्याद गुजारी बसे बाबु ससुरासँग छोरा लोग्नेले अंश लिई भिन्न बसेको कानून अनुसार रीतपूर्वकको बण्डापत्र लिखत प्रमाण दिन नसके पहिले बुहारीलाई कुटपीट गरेको ठहर्याई फैसला भईसकेकोबाट सासु ससुराले बुहारीलाई निकाला नगरेको भन्न मिल्ने अभावमा–बुहारीले लोग्ने स्वास्नीको ४ नं. बमोजिम एकाघरको बाबु (ससुरा) छोरा (लोग्ने) दुवैबाट मानाचामल भरी पाउने । निज वादी खिलकुमारीलाई इज्जत आमदअनुसार खान लाउन दिई राखेको भन्न समेत प्रतिवादी ससुरा शंकरप्रसादले नसकेका र लोग्ने माधवप्रसादका हकमा प्रतिवादी बयान गर्न हाजिर नभई म्याद गुजारी बसेको समेत हुँदा यस स्थितिमा वादी खिलकुमारीले मानाचामल भरी पाउनै पर्ने देखिन आयो । (प्रकरण नं. १३) छुट्टि भिन्न भएको कानूनबमोजिम रीतपूर्वक बण्डापत्र लिखत प्रमाण दिन नसकेकोले सो अभावमा निज शंकरप्रसादको उक्त जिकीर कायम मान्न मिलेन । निज प्रतिवादी शंकरप्रसादले बुहारी वादी खिलकुमारीलाई खान लाउन समेत दिनु नपरोस भन्ने नियत गरिएको घरको छोरा माधवप्रसादलाई छुट्टि भिन्न भएको भन्ने समेत जिकीर लिई पन्छाउन खोजी राखेको र माधवप्रसाद निजकि आमा स्वास्नी समेत भई १८ साल आषाढ १७ गते कुटपिट गरेको भन्ने समेत कुरामा पहिले परेको मुद्दामा वादीलाई कुटपिट गरेकै ठहरी फैसला भैसकेको समेत हुँदा सासु ससुराले निकाला नगरेको भन्न मिल्ने अवस्था नदेखिएकोले लोग्ने स्वास्नीको ४ नं. बमोजिम प्रतिवादी ससुरा शंकरप्रसाद र लोग्ने माधवप्रसाद एकाघरको बाबु छोरा दुवै जनाबाट वादीले मानाचामल भरी पाउने प्रष्ट हुन्छ । (प्रकरण नं. १४) (२) वादीको दावा बढी भयो भनी प्रतिवादी बयानमा कुनै जिकीर लिन नसके, म्यादमा हाजिर नभई वादी दावीमा चित्त बुझाई बसे त्यसतर्फ विचार गर्न नपर्ने । महिना १ को रु. १००। का दरले दावी गरेको बढी भयो भन्ने समेत पहिले आफ्नो प्रतिवादी बयानमा कुनै जिकीर लिन नसकेका र प्रतिवादी माधवप्रसादका हकमा म्यादमा हिाजिरै नभई वादी दावीमा चित्त बुझाई बसेको समेत हुनाले अब त्यसतर्फ अरु विचार गरी रहनु परेन । (प्रकरण नं. १५) (३) लोग्ने स्वास्नीको ६ नं.–भए गरेको मितिले १ वर्ष भित्र नालेस गर्नुपर्ने–ऐनको हदम्याद नाघी सकेको दिनदेखि नालेस पर्नु १ वर्ष अगाडीसम्मको मानाचामल भराउन नमिल्ने–नालेस पर्नु १ वर्ष अगाडी देखि नालेस परेको दिन तक वर्ष १ को भरी पाउने देखिन । ०१६ साल जेष्ठ १ गते देखिकै भराई पाउँ भन्ने दावीको प्रस्तुत उजुर ०१२।५।२३ मा मात्र दायर भएको देखिएको र लोग्ने स्वास्नीको ६ नं. मा भए गरेको मितिले १ वर्ष भित्र नालेस दिनुपर्ने व्यवस्था भएकाले ०१५ साल जेष्ठ १ गते देखि २१ साल भाद्र २३ गते तकको हकमा उक्त ऐनको हदम्याद १ वर्ष भित्रको वादीको उजुर देखिन आएन । पहिले जबरजस्ती करणी मुद्दा चलेको भए पनि त्यस्तो मुद्दा चलेकोमा अन्तिम फैसला भएको मितिले हदम्यादको गणना हुन उक्त लोग्ने स्वास्नीको ६ नं. ऐनमा व्यवस्था नभएको समेत हुनाले उक्त ऐनका हदम्याद नाघी सकेको ०१६ साल जेष्ठ १ गते देखि ०२१ साल भा