निर्णय नं. ४१४ - बाहाल भराई घरबाट उठाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१४ - बाहाल भराई घरबाट उठाई पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/२५ २१८८ निर्णय नं. ४१४ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री रंगनाथ उप्रेती ०२४ सालको दे.फु.नं. ४३ निवेदक : नन्दराज उपाध्याय भण्डारी विरुद्ध विपक्षी : पुष्परत्न तुलाधर समेत मुद्दा : बाहाल भराई घरबाट उठाई पाउँ १. “जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक” भन्ने वाक्यांश फार्छेपत्रमा उल्लेख भए सो जग्गालाई बाहेक गरेको प्रष्ट देखिने–यस्तो जग्गै बाहेक भएको र त्यसमा बनेको घर समेत बिक्रि गरेको फार्छेपत्रमा उल्लेख नभएमा–फार्छे गरी लिनेको हक भएको भन्न नमिल्ने । ०१७।३०।३ मा रजिष्ट्रेशन पास भएको फार्छेपत्रमा मेरै रैकर जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक भन्ने वाक्यांशबाट मिल जडान गरेको जग्गालाई बाहेक गरेको प्रष्ट देखिन आउँछ । मिल जग्गामा जडान भएको सो जग्गै बाहेक भएको र उसमा बनेको घर समेत बिक्रि भएको भन्ने फार्छेमा उल्लेख नभएकोले सो मिल जडान भएको घर फार्छेपत्रबाट प्रतिवादीको हक भईसकेको भन्न मिल्दैन (प्रकरण नं. १५) (२) कस्तोमा घरको हर्जाना वहालको दावा पुग्न नसक्ने ? ..उठाई लैजाने अवधि फार्छेपत्रमा नतोकेमा अघि बहाल नमागेमा अरुको भोगचलन भएको केही महिना पछि मात्र हर्जाना वहालको दावा गरेमा मानिस नबसी हाल सामान रहेको घरको वहाल दिने कुनै शर्त कबुलियत पेश गर्दा नसके घरको हर्जाना वहाल पाउँ भन्ने नेवर्न पुग्न नसक्ने । घरको हर्जाना बाहाल दिलाइ पाउँ भन्ने वादीको दावाको हकमा यति अवधि भित्र उठाई लैजाने भन्ने फार्छेपत्रमा अवधि नतोकिएको र अघि हरीबहादुरसँग वाहाल मागेको थिएँ भन्नेसम्म पनि वादीमा उल्लेख नभएको । हरीबहादुरले पुष्परत्नलाई उक्त राईस मिल ०१८।३।१८।१ मा फार्छेपत्र लेखी ०१८।३।१९।२ मा रजिष्ट्रेशन पास गरी दिई पुष्परत्नको भोग चलन भए पछि हर्जाना वाहाल दिलाई पाउँ भन्ने ०१८।६।१०।३ मात्र वादीले दावा गरेकोमा निज रहे बसेको नभई राइस मिलको माल समान रहेको सो घरको वाहाल लिने दिने कुनै शर्त कबुलियत वादीले पेश गर्न नसकेको हुँदा घरको हर्जाना वाहाल पाउँ भन्ने वादीको दावा पुग्न सक्तैन । (प्रकरण नं. १६) फैसला १. मेरो नाउँको फैसला का.ई.ठमेल गलको घरमा जडान भएको राइस फोर मिल्सको माल सामान बिक्रि गर्ने मनसुवा भई दाजु ठाकुरप्रसादले ०१७।१।२ गते ने.रु. १५७०१ मा शिवबहादुरका नाउँमा कल बिक्रि के लिखत र पावरको बकसपत्र गरी दिएकोमा पछि रजिष्ट्रेशन पास नै गरी दिनु होस भनी रु.४९। थप लिई ती हरिबहादुरका नाउँमा ०१७।३।२ गते घरसारमा र ऐ कार्तिक ३० गते पासै गरी कल बिक्रिको लिई र पावरको छुट्टै बकसपत्र लेखाई लिई अघिका लिखतहरू फुट्टा गरेको माल सामान उठाई लैजाउँ भन्दा ठाउँ ठिक भएको छैन भएपछि लैजाउँला भन्दै थिएँ । पछि प्र.आई काम गर्न लागेकाले सोध्दा कैले किनें भन्ने, कैले ठेक्कामा लिएँ भन्ने गरी यथार्र्थ कुरा नबताउने र शिवबहादुर, हरिबहादुर, गणेशबहादुरले भेटै नदिने गरी माल सामान नउठाई त्यसै ठाउँमा काम चालु राखी घर हर्जाना वाहाल नदिएकोले बिक्रि रहेको मिति देखि वर्ष १।३ को रु.१२५ ले हर्जानामा वहाल रु. १८७५। अन्यायी शिवबहादुर, पुष्परत्न समेत जसबाट पाउने ठहर्छ भराई सो घरबाट उठाई पाउँ भन्ने समेत ०१८।६।१०।३ का नन्दराम उपाध्यायको वादी । २. ठाकुरप्रसादका हकको जडान भईराखेको टहरा घर बनेको ठाउँबाहेकको बाँकी जग्गा बाहेक गरी राइस मिल जडान भएको टहरा समेत रु.१७५०। मा काम च