निर्णय नं. ७०४३ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०४३ - परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ भाग: ४३ साल: २०५८ महिना: पौस अंक: ९ फैसला मिति :२०५८/०५/२६ ३६६४ निर्णय नं. ७०४३ ने.का.प. २०५८, अङ्क ९,१० संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५६ सालको रिट नं...... ३७३१ आदेश मितिः २०५८।५।२६।३ विषयः परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ । निवेदक : ललितपुर जिल्ला गोटीखेल गा. वि. स. वडा नं. २ बस्ने शिवराम तिमिल्सिना...... विरुद्ध विपक्षी : राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालय रामशाहपथ काठमाण्डौ समेत § धितो राखिएको जग्गा सम्बन्धमा विवाद परी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भनी निवेदनमा उल्लेख गरेको देखिन्छ तर के कस्तो मुद्दा परी तल्लो अदालतबाट के कारवाही भै यस अदालतमा मुद्दा चलेको भन्ने कुरा निवेदनबाट खुल्न आउदैन साथै त्यसरी चलेको मुद्दाको विषयमा बैंकबाट जानकारी हुने अवस्था रहेको पनि देखिदैन । सो धितो पारित गरेको जेथाबाट कर्जा असुल उपर नभएको अवस्थामा अन्य चल अचल सम्पत्ति समेत पक्रन सक्ने व्यहोरा उल्लेख गरी बैंकलाई धितो पारीत गरेको संलग्न कागजबाट देखिएको स्थितिमा आफैले राजीखुशी साथ गरी दिएको कागजमा उल्लेख भाखा भित्र ऋण नबुझाएबापत धितो रहेको जेथा लिलाम गर्न सूचना निकालेको कार्य कानून विपरीत भएको भन्ने नदेखिएकोले निवेदन माग बमोविमको आदेश जारी हुने अवस्था नदेखिने । (प्र. नं. ७) निवेदक तर्फबाट : विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सुदर्शन पन्त अवलम्वित नजिरः आदेश न्या. भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम यस अदालतमा दायर भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. जय श्री महालक्ष्मी इन्टरप्राईजेजको प्रोपाईटर म शिवराम तिमिल्सिनाले मेरो एकाघरको श्रीमती सावित्री तिमिल्सिनाका नाउँमा मालपोत कार्यालय काठमाण्डौंमा दर्ता भई श्रेस्ता कायम हरेको का. जि. का. म. न. पा. वडा नं. २२ कि. नं. १८४२ क्षे. फ. ०—२—२—० दुई आना दुई पैसा जग्गा र सो जग्गामा बनेको घर समेत राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय थापाथली काठमाण्डौमा धितो राखी मिति २०५३ चैत्रमा रु. ७,००,०००। (सात लाख) व्यापार कर्जा रकम निकासा गरि व्यवसाय सन्चालन गरि आएकोमा उक्त कित्ता घर जग्गा समेतमा विभिन्न खिचोला उत्पन्न भै पुनरावेदन अदालत पाटन ललितपुरमा निेवेदन नं. १७१।३०६ मिति २०५४ सालमा निषेधाज्ञाको रिट निवेदन परि उक्त अदालतबाट निर्णय समेत भै उक्त निर्णयको विरुद्धमा हाल यस सम्मनीत सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा कारवाही चलीराखेको छ । यसरी उक्त घर जग्गा समेत धितो राखी रकम निकासा गरी नियमानुसारको कर्जा व्याज समेत भुक्तान गर्दै आएकोमा उक्त धितो राखेको घर जग्गा समेतमा अनावश्यक खिचोला उत्पन्न भई केही समय अधिदेखि मेरो आफ्नो व्यवसाय गर्नमा समेत अवरोध उत्पन्न भएकोले सोही व्यहोरा उक्त राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय थापाथलिमा समेत पटक पटक अनुरोध गर्दा गर्दौ एक्कासी मिति २०५६।८।२६ को कान्तिपुर दैनिकमा मेरो एकाघरकी श्रीमतीको नाउँमा दर्ता रहेको निजको मन्जुरीबाट मैले धितो राखेको उक्त घर जग्गा समेतको जग्गामा भोगाधीकार सम्बन्धी मुद्दा परि अदालतमा विचाराधीन अवस्थामा भएकोले अदालतबाट उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त लिलम सम्बन्धी कार्य स्थगित गरी अदालतबाट मुद्दाको अन्तिम किनारा भएपछि मात्र उक्त घ