निर्णय नं. ४१६ - डाका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१६ - डाका भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/०८ २४८३ निर्णय नं. ४१६ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह ०२४ सालको फौ.फुं नं. १२ निवेदक : राधाकिशन राउत वरै विरुद्ध विपक्षी : मिर हुसेन मियाँ धोवी समेत मुद्दा : डाका (१) मौकामै देख्ने व्यक्तिहरू र साक्षीले समेतले किर्ते पोल गरेको र घर (अभियुक्तको) खानतलासिमा दसि वरामद भएको प्रमाणहरू मौजुद रहेमा आरोपित कसुर प्रमाणित हुने । मौकामा देख्ने भनेको सर्जमिनहरू र वादीका साक्षी समेतले किटानसाथ पोल गरेको र मिर हुसेनको घर खानतलास हुँदा धोती सारीहरू दसि वरामद पनि हुन आईरहेको समेत उपरोक्त प्रमाणहरूबाट प्रतिवादी किरहुसेन मोलवीहरूले कसुर गरेकै देखिन आउने । ती कुराहरूलाई अनुमानित तर्कसम्मको आधारमा खण्डन गरी सफाई दिन न्यायसंगत हुन नआउने समेत हुँदा कसुर ठहराएको शुरु विरगञ्ज इ.अ.को सदर गरी विरगञ्ज जिल्ला अदालतबाट ०२०।१।५।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ । निजहरूलाई सफाई दिने गरेको ०२२।३।२३।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १९) वादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे फैसला १. ०१७ साल माघ १० गते म घर नभएको मौका मेरो घरमा डाकाहरू आई भा.रु. १३२७७।।। को धनमाल डाका गरी भागेछन् । डाकाहरूले खाकी कोट, कट्टु, कमिज, जुत्ता लगाई पुलिशको ड्रेस गरी मुखमा सेतो दलेका १६।१७ जनाको जमात थियो । मोलबी मिरहुसेन २ जनालाई हामीले चिन्यौ भनी रखवार बसेका र गाउँका मानिस समेतले भनेकाले मलाई पनि निजकै ग्रुपको कर्तव्य हो भन्ने पूरा शंका भएकोले दरखास्त दिन आएको छु । निजहरूलाई पक्राउ गरी नचिनेकाको नाउँ खुलाई बिगो दिलाई सजाय गरी पाउँ भन्ने राधा किसनको ०१७।१०।१६।१ को दरखास्त र सोही मिलान समेतको ०१७।११।३ को बयान । २. ०१७ साल माघ १० गते २ को रात घर गाउँमा छु । डाका पर्नु एकदिन अगाडि घुवा अहिर समेतले भोली राधा किसुनको घरमा डाका गर्नेवाला छौं । हाम्रो साथमा जानु पर्ने भनेकोमा म भरखर जेलबाट छुटि आएको बुढो भैसकें । अब म डाका गर्न सक्तिन भन्दा मद्धत मात्र देउ भनेकोमा सो पनि सक्दिन भनी फर्काइ दिएको हुँ । तिनीहरूले नै डाका गरे गराएको हुनु पर्दछ । अघि डाका खुनमा २० वर्ष जेल परी हालै छुटि आएको बदनामी भएबाट वादीले दर्खास्त दिएको र सरजमिन बसेका मेरा घरमा बरामत भएको । धोती रकसौलमा खरिद गरेको । सारी वनारसबाट आएको महाजनले दिएको मेरै हो भन्ने पुलिसमा कागज गरेको र डि.एस.पी. अफिसबाट भएको कागज देखाई सुनाउँदा सवालबाट देखाएको कागज देखें । सही मेरो हो । जबरजस्ती सही गराएका हुन । खुशीराजीले गरेको हैन । डाका गर्न जानु भनी मलाई भनेको पनि छैन । बुढो मानिस म जान्न भनेको पनि छैन । खसी काटेको पनि थिएन । खून डाका मुद्दामा २० वर्ष कैद ठेकी थुनिएको श्री ५ को जन्मोत्सवमा छुटेको हुँ भन्ने समेत मिर हुसेनको बयान । ३. ०१७ साल माघ १० गते २ का रात बारा टोकनी मौजे लिएती बस्ने सफायत मियांलाई छोरी दिएकोले निजकै घरमा बसे सुतेको छु । वादी कहाँ डाका गर्न गएको र डाका गरेको होईन । यो अघि एकपटक डाका मुद्दामा सजाय पाएको छु भन्ने पुलिसमा कागज र ०१७ साल माघ १० गते सफाई मियाको घरमा छु । अघि एकपटक डाकामा सजाय पाएको छु भन्ने मौलवी मिया धोवीले अदालतमा गरेको बयान । ४. हरियो सुनौला छिर्के बुट्टा भएको नैलान