निर्णय नं. ४१७ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१७ - जालसाजी भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/१२ ४०७५ निर्णय नं. ४१७ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्ब राज ०२४ सालको फौ.फु.नं. १४ निवेदन : मैया जोशिनी विरुद्ध प्रतिवादी : मचा नानी जोशीनी समेत मुद्दा : जालसाजी (१) कस्तो व्यवहार जालसाजी ठहरिने ? रीत पुर्‍याई गरे गराएको कागज भए पनि झुठ्ठा व्यहोरासँग गरे गराएको भए जालसाजी ठहरिने । अंशदपोट गरेको कित्ता राजीनामा गरी साहुका नाममा राखी पत्ता लगाउन कठीन पारेकै रहेछ । साहु असामिका ऐनको रीत पुगी सकेको भनी साहुको पक्का ठहराउन पनि झुट्टा व्यहोरासँग त्यस्तो रीत पुर्‍याई गरेको त्यस्तो व्यवहार नै जालसजी ठहरेको हुनाले सा.आ.का. ऐनले पाको भएको भन्ने तर्क उठदैन । तसर्थ, अंशदपोट गरेको जग्गा जालसाज गरी राजीनामा लिनु दिनु गरेको ठहर्छ । (प्रकरण नं. १०) वादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त प्रतिवादी तर्फबाट : अधिवक्ता श्री बलभद्र मिश्र फैसला १. जेठाज्यू राधाकृष्ण समेत उपर अंशदपोट मेरो नालेस परेको ४ किल्ला मध्ये सन्तकुमारीका नाममा दर्ता भएको २ कित्ता जग्गा रघुरामभक्तलाई ११।९।१५ मा रु. ५००१। मा सन्तकुमारीले राजीनामा गरी दिई रघुरामभक्तको नाममा दर्ता भईसकेको भन्ने र सो राजीनामाबमोजिमको जग्गामा खिचोला गरे भनी रघुरामले नालेस दिएको भन्ने समेत सो अंशदपोट मुद्दाको प्रतिवादीमा राधाकृष्णले लेखेकोबाट थाहा पाएको हुँदा नालेस गर्न आएको छु । जेठाजु राधाकृष्ण र गोविन्दप्रसाद, सन्तकुमारी मिली जालसाजी लिनु दिनु दर्ता गरेको र जग्गा खिचोला मुद्दा गरेको समेत बदर गरी पाउँ भन्ने वादी । २. स्त्री जातीका नाउँमा रहेको सम्पत्ती दान दातब्यको ४ र ४ (क) नं. ले दाइजो पेवा नै हुने हुँदा घर सल्लाहबाट हामीहरू साक्षी नबसी रघुरामलाई सन्तकुमारीले राजीनामा दिएको हो । वादीको हक मेटाउने जालसाज गरेको होइन भन्ने समेत राधाकृष्ण, गोविन्द कृष्णको र सन्तकुमारीको नाउँमा दर्ता भएको जग्गा राजीनामा लिई मेरो नाममा दर्ता समेत गरी भोग गरी आएको छु वादीको हक लाग्ने भए ८२ सालमा सन्तकुमारीका नाममा दर्ता गराए पछि उसै बखत उजुर गर्न सक्नु पर्ने हो वादी र राधाकृष्ण, गोविन्द कृष्ण समेत मिली झुट्टा उजुर गरे गराएको हुन् भन्ने समेत रधुरामभक्तको प्रतिवादी । ३. सन्तकुमारीको लोग्ने राधाकृष्ण र छोरा गोविन्द कृष्ण समेत साक्षी बसी राजीनामा गरी दिएको नभई सन्तकुमारीले मात्र राजीनामा पास गरी दिएको देखिएकोबाट राधाकृष्ण, गोविन्द कृष्णको हात नदेखिनाले जालसाज ठहर्दैन । अंशदपोट मुद्दामा उक्त २ कित्ता जग्गा समेत सम्मिलीत देखाएको अंशदपोट नै ठहरी फैसला भई सो जग्गा पनि मैया जोसीनीकै हकको हुन गएकोले रघुरामभक्तले सो २ कित्ता जग्गा हकै नपुग्ने सन्तकुमारीबाट रु. ५००१। मा ११।९।१५ मा खरिद गरेको लिखत कपाली हुने ठहर्छ भन्ने समेत चिसापानी ई.अ.को ०१८।५।५।२ को फैसला । ४. मलाई थाहै नदीई मेरो वादी दावी बमोजिम लिनु दिनु जालसाज गरेको समेत देखीदोषीलाई बचाई फैसला गरेकोले चित्त बुझेन भन्ने समेत वादीको र किर्ते कागजको २१ नं.को हद २ वर्ष भित्र उजुर नगरी ५।६ वर्षपछि मात्र गरेको नालेस खारेज हुनेमा इन्साफ गरी थैली कपाली हुने ठहराई दिएकाले समेत चित्त बुझेन भन्ने प्र.रघुरामभक्तको पुनरावेदन । म्याद नाघे पछिको उजुर र दपोट मुद्दामा मलाई नबुझी छिनेको हुँदा खारेज हुनु पर्ने भन्ने रघुरामको जिकरीतर्फ दपोट मुद्दामा परेको प्रतिवा