निर्णय नं. ४१८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१८ - लेनदेन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/१९ २२५२ निर्णय नं. ४१८ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ७३ वादी : डि.गौरीनारायण गिरी विरुद्ध निवेदक : गजेन्द्रराज गौतम मुद्दा : लेनदेन (१) दोहोरा निर्णय दिई रहन नपर्ने । वादी दावीको कमलको हरहिसाब समेतमा वादी कदमकुमारी राणा प्रतिवादी डि. गौरीनारायण गिरी भएको लेनदेन मुद्दाबाटै आज यस बेञ्चबाट निर्णय भएकोले यसबाट दोहोरो निर्णय दिई रहनु नपर्ने हुँदा यस मुद्दामा केही गर्नु नपर्ने ठहराई छिनेको २२।८।२७।१ को डिभिजन बेञ्चको मनासिव छ । (प्रकरण नं. १२) वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे, अधिवक्ता श्री सुधानाथ पन्त प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा फैसला १. श्री ज.राम शम्शेरसँग कर्जी माग्द २।१०।२७ गते भा रु. ६०००१ जग्गा दृष्टि बोली पारी र ऐ २९ गते रु. १२००० कपालीको बोली पारी रुपैयाँ दिई आफ्नो स्वस्नी कदमकुमारीका नाममा लिखित गराई लिनु भएको उहाँहरूको मर्जि बमोजिम गजेन्द्रराज चतुरभुजलाल सु.पर्सुराम सुवर्णबहादुर शाह मु.तेजप्रसाद पाध्या समेत उहाँहरूको कारिन्दा समेत मानिसको भर्पाई समेतबमोजिम गैसकेको हिसाबको रु. कटाई रु. ५५२५ बाँकीको मात्र नालेस दिनु पर्नेमा ११९२४१।। साँवा व्याज भराई पाउँ भन्ने कदमकुमारीले नालिस दिनु भएछ । कारीन्दाहरू समेतलाई बुझाएको कलमको भरपाई देखाउने सुनाउने जो गर्नुपर्ने गरी रु. ९०७६६।।द्र को दिएको मिति देखि फैसला भएका मितिसम्म व्याज लगाई कदमकुमारीको दावीमा मिनाहा गरी पाउँ । नपाए दिलाई भराई पाउँ भन्ने समेत वादी । २. जगतलाल गिरीले मेरो भर्पाई गराई चिठ्ठी समेत लिई दिएको रु. ५००० जनकपुर बैंकमा जम्मा गराई दिएको रसिद मसँग हुनाले फुर्सत पाउँ भन्ने समेत सु. पर्सुरामको र नगदी रु. १६१।। र लकडी समेतको भर्पाई ३ मैले गरी दिएको भन्ने समेत चर्तुभुजलालको वादीसँग रु. २११५९।। व्याज वापत आएको छ । वादी झुट्टा हो भन्ने समेत राम शम्शेर, कदमकुमारीको र वादीसँग मैले बुझेको नगदी साँवा समेतको भर्पाइ तहविलबाट गरी दिई तहवीलमा आम्दानी बाँधी काम चलाउन गरेको हो भन्ने समेत तेजप्रसादको ज. साहेबले लाए अह्राएबमोजिम वादीसँग रुपैयाँ बुझी ल्याई तहविलमा मुकरर रहेको कारिन्दा मु.तेजप्रसादलाई बुझई भर्पाई लिएको छु । १०,००० को कलम नानीसाहेबमा बुझँई मैले भपाई गरी दिएको छु भन्ने मु.गजेन्द्रराजको समेत प्रतिवादी। ३. वादीले पेस गरेको भपाई मैले गरी दिएको हुँ भन्ने समेत गेजेन्द्रराजको स्याहा नक्कल सनाखत गराउँदा मैले नक्कल सारी दिएको भन्ने समेत चतुर्भुजको बयान । ४. ६।१।११।७ को भाखापत्र मैले गरी दिएको सद्दे हो । ४।१०।१० गते पनि भाखापत्र गरी दिएको छु भन्ने समेत गौरीनारायणको र गजेन्द्रराजले पेश गरेको कागजको हकमा अ.बं. १०३ नं. ले मैले जवाफ दिन नपर्ने । चिठ्ठीको हकमा मैले लेखेको हुँ भन्ने समेत राम शम्शेरको बयान । ५. सुवर्णबहादुरले म्यादै गुजारेको । ६. रामकुमारी वादी भएको मुद्दाबाट हिसाब कट्टीम¬ट्टी भई रामकुमारीले यो वादीबाट रु. १२१४५।। भरी पाउने ठहरी आजै फैसला भएकाले यसबाट केही गर्न नपर्ने भनी ०१६।८।५ मा रा.का.दे.पै. बाट भएको फैसला । ७. सोउपर चित्त बुझेन भन्ने वादी गौरीनारायणको पुनरावेदन परेकोमा रामकुमारी वादी भएको मुद्दामा शुरुको इन्साफ मनासिव ठहरी आजै फैसला भएकोले यसबाट दोह