निर्णय नं. ४१९ - नौसत्ता सलामी लिन खोजे

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९ - नौसत्ता सलामी लिन खोजे भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०५/२९ २१५६ निर्णय नं. ४१९ ने.का.प. २०५५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा पुनरावेदक : अबधनारायणलाल कायष्थ समेत विरुद्ध प्रतिवादी : मनराज साहु तेली समेत मुद्दा : नौसत्ता सलामी लिन खोजे (१) वादीहरूको पहिलो निवेदन लेखाई समेतले एउटै विषयको कुरामा असर पुग्न जाने समेत व्यवस्था दर्शाई राखेमा–एउटै नालेस दर्ता भई तहतह फैसला हुँदै आई राखेमा–सोही मुद्दाबाट वादीहरू सबैको हकमा इन्साफ गरिदिन मिल्ने । धेरै वादी प्रतिवादी र जग्गा फरक–फरक भए पनि प्रतिवादीहरूले एक सङ्गठन गरी सामुहिक रुपले एकैसाथ बटैयामा बखेडा उठाएको । त्यसबाट वादीहरू सबैलाई नौसत्ता भन्खप सलामी लिन खोजेको भन्ने एउटै विषयको कुरामा असर पुग्न जाने समेत अवस्था वादीहरूको पहिलेको निवेदन लेखाइ समेतले दर्शाई राखेको र पहिलेदेखि एउटै उजुरीबाट कारवाई चली १५।३।१२।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीहरूको प्रस्तुत एउटै नालेस दर्ता भई तह–तह फैसला हुँदै आई राखेको समेत हुँदा वादीहरू सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरी दिन मिल्ने देखिन्छ । (प्रकरण नं. १३) (२) पछि प्रारम्भ भएको ऐन अघिको कुरामा लागू हुन नसक्ने । पछिमात्र प्रारम्भ भएको भूमिसम्बन्धी ऐन, ०१४ कानून व्याख्यासम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार ११ सालको कुरामा लागू हुन पनि नसक्ने समेत हुनाले मोहियानी हकमा वादीहरूको दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. १५) (३) मुचुल्कामा सर्जमिनहरूले जग्गाको धनी र कमाउने रैति र उब्जाको अङ्क खुलाई दुवैको भिन्नै फाँट छुट्ट्याई दिएमा जग्गा रैतिले जोते कमाएको भन्ने खटिई गएको कर्मचारीहरूको प्रतिवेदनमा उल्लेख भएमा चित्त नबुझे पुनरावेदन दिन पर्नेमा सो नदिई बसेमा–उपरोक्त कागजहरूबाट वादीले जग्गा कमाएको प्रष्ट हुने । पहिले ११ सालमा वादीहरूको निवेदन परी म.स.गो. बाट खटी गएका ना.सु. लक्ष्मीनरसिं समेतले खरिहानमा छुट्टा–छुट्टै थुप्रिरहेको बाली भन्जाय गराई दिँदा खडा भएको ११।१२।३१।४ को मुचुल्कामा सर्जमिनहरूले यो यसको यो यो रैतिले कमाएको यो जग्गामा यति उब्जा भएको भनी खुलाई धनीको र रैतिको अलग–अलग फाँट छुट्टाई दिएको र ना.सु. लक्ष्मीनरसिंले समेतले म.स.गो. मा दिएको ०१२।१।२।६ को प्रतिवेदनमा जग्गा रैतिले नै जोते कमाएको भन्ने उल्लेख गरेको समेत देखियो । ना.सु. लक्ष्मीनरसिं समेतले बेहिसाब गरे भनी प्रतिवादीहरूले उजुर गरेको मुद्दा १३।३।३२ मा महोत्तरी अपीलबाट खारेज भएकोमा पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत हुँदा उक्त कागजहरूबाटै ११ सालमा जग्गा वादीहरूले कमाएको रहेछन् भन्ने कुरा प्रष्ट भएको छ । (प्रकरण नं. १५) (४) अधिया नभई नौसत्ता मन्खप नै लिने गरी आएको भन्ने सबूद प्रमाण गुजार्न सकेको नदेखिएमा–अघिया शर्त नै कायम हुने । प्रतिवादीहरूले जग्गा वादीहरूले कमाएकै होइन भन्ने जिकीर लिएको । अधिया होईन नौसत्ता मन्खप नै लिने गरी आएको हो भन्ने सबुद प्रमाण गुजार्न सकेको नदेखिएकोले अधिया शर्त नै कायम हुने कुरामा अरु शंका गरी रहनु परेन । (प्रकरण नं. १६) वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे फैसला १. धेरै वर्षदेखि खडा बटैयामा गछि लिई पुरा मेहनत गरी असल उबजाउ बनाई बटैयामा आवाद गरी आधी बाली धनी भाग तल्सिङ्ग बोटी जग्गा धनीहरूलाई बुझाई आधी बटैया