निर्णय नं. ४२० - बाँध पैन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२० - बाँध पैन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०१/२५ २२४२ निणर्य नं. ४२० ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री ईश्वरी जंगबहादुर सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती ०२४ सालको दे.फु.नं. ६७ पुनरावेदक : सु. हरमणिको मु.सु.गर्ने किरणमणि विरुद्ध विपक्षी : पवन माझी थारु समेत मुद्दा : बाँध पैन (१) बाँध पैन मुद्दा ख.नि. सनद कायम रहेको स्थितिमा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र भित्र पर्ने । ९८।२।२२।४ को ख.नि. सनद कायमै रहेको स्थितिमा यस्तो बाँध पैन मुद्दा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएको भन्न नमिल्ने समेत हुँदा प्रस्तुत मुद्दामा सप्तरी गोश्वाराले गरेको २०।१।११।४ निर्णयलाई अधिकारक्षेत्र नाघी गरेको गैरकानूनी भनी ०२४।८।२५।२ को डिभिजन बेञ्चबाट बदर गर्ने गरेको राय मिलेको देखिएन । (प्रकरण नं. १५) सरकारी अधिवक्ता : श्री प्रचण्डराज अनिल फैसला १. ०१८ साल भाद्र २४ गतेको दिन गुमस्ता भन्चीत सहनी पहला र पटवारी टेकनाथले डोल बनाउन लगाई ४०।५० जना साथ मालिक हरमणिको जग्गा बिगाहा ११२ को जग्गा भित्र आई आवादी जग्गामा पानी दह बनाउने नियतले बाँध बाँधी अर्को जग्गामा लवाहा बाँध समेत काटी पानी सुकाई आवादी जग्गामा जत्रतत्र पैनी खनी जग्गा बाली समेत नोक्सान गरिदिएकोले नयाँ पैनी पूर्व लगाई निजहरूले बाँधेको नयाँ बाँध काट्न लगाइ दिनु भन्ने आदेश पाउँ भनी सप्तरी गोश्वारामा सु. हरमणिको कामकाज गर्न जङ्गल चौधरी थारुको ०१९ साल मार्ग ६ गतेको निवेदनमा मिसिल सामेल राखी ऐन सवालबमोजिम गर्न भन्ने सप्तरी गोश्वाराका नाममा भएको आदेश । २. गुमस्ता मन्चीतले र टेकनाथ मुख्य भई मेरो गहिरो जग्गामा बाँध बाँधी त्यस बाँधदेखि उत्तर पट्टी मेरो बाँध नजिकबाट प्र. हरूले अं.३ चौडा करीब २५०।३०० जन्जीर नयाँ पैनी खनी हाल नयाँ बाँध बाँधेको बाँधमा पानी खसाइ सो नयाँ बाँधबाट बाखरीको जग्गा पटाएको हो । नयाँ बाँध देखि करिब ४०।५० जन्जीर लामो ३ हात चौडा पैनी खनी लगेको बाध्न नहुने नयाँ बाँध बाँधेको कटाई नयाँ पैनी खनेको पुर्न लगाई पाउँ भन्ने समेत जङ्गल चौधरीको ०१८।८।७।४ को बयान । ३. वादीले बाँध बाँध्ने भनेको ठाउँमा साविक देखिको सार्वजनिक बाँध हो । भत्केकोले यही आषाढ महिनामा मरमत गरी डिहबारनी थानदेखि उत्तर ३००।४०० फरकमा सरस्वती मौजा तुल्सीपुर मौजाको माझमा सो बाँध छ । सो बाँधमा मुद्दा परी ७४ साल भाद्रमा मिलापत्र भएको छ । यो बाँधको पानी वादीको जग्गा भित्रबाट आई रहँदा पानी लाउन नदिई बराबर झगडा भईरहेको । म वादीले बराबर पानी नदिई खिचोला गर्दा सोही कुारामा इवि अदावतले सनातनदेखिको बाँध पैनीलाई बन्द नगर भनी हामीहरूले भनेकोले झुट्टा उजुर दिएको हो भन्ने समेत पव माझी समेतको जना ९ को वारेस महावीर आमातको बयान । ४. साविक सनातनदेखिको पैनी हो भन्ने ५६ जनाले र नयाँ हो भनी १४ जनाले लेखाएको देखिन्छ । बडाहाकिम अफैं सरजमिनमा गई निरीक्षण गर्दा नयाँ नभई पुरानै बाँध पैनी देखिएको । सो पैनी पुर्‍याई दिएका खण्डमा सिर्फ वादीको जग्गा पाटी वादीलाईमात्र फाईदा भई बढी पानी अन्यत्र खोल्चोमा नै बरबाद हुने देखिन्छ । सो पैन पुरानो पैनबाट पानी ल्याई सिरानमा पर्ने वादीको जमिनमा पानी जम्न गई केही बाली नोक्सान हुने सम्भव देखि सो नभई सिरानमा रहेको भएको पन्झाव भन्ने पानी फुटने पानी मूलको जग्गा सार्वजनिक हुँदा कसले केही गर्न नप