निर्णय नं. ४२१ - जग्गा बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२१ - जग्गा बाली भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०१/२८ २५३७ निर्णय नं. ४२१ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ४५ निवेदक : कृष्णमान सिंहको मुद्दा सकार गर्ने पत्नी गणेशकुमारी राजभण्डारी विरुद्ध विपक्षी : सु.तिलकमानसिंह समेत मुद्दाः जग्गा बाली (१) काजक्रियामा लागेको खर्च ज्यूनी जग्गाको बालीबाट भर्ना गर्ने भन्ने लिखत शर्त नभएमा काजक्रियाको खर्च पूर्ति नगरी बाली समेतमा विपक्षीको हक नलाग्ने जिकीर उचित मान्न नमिल्ने। आमा लक्ष्मीदेवी परलोक भएपछि क्रियाकाज गर्दा रु. ४४।४५ सो खर्च लगाई काजक्रिया गरेकोले खर्च पूर्ति नगरी बाली समेतमा वादीको हक पुग्न नसक्ने भन्ने प्रतिवादी सु.तिलकमान सिंहको मुख्य जिकीर भएको हकमा आमाको काजक्रियामा लागेको खर्च सो ज्यूनी जग्गाको बालीबाट भर्ना गर्न भन्ने लिखत शर्त नभएकोले सो अभावमा निज प्रतिवादी सु.तिलकमान सिंको उपरोक्त जिकीर उचित मान्न मिलेन । (प्रकरण नं. १५) (२) काज क्रियामा भएको खर्चको हिसाब विपक्षीले थाहा पाउन सक्ने नभएमा–लिखत शर्त र मञ्जुरी नभएमा–उक्त खर्च अंश ज्यूनी जग्गाको पछिको बालीबाट लिन नहुने क्रिया खर्चको फाँटवारी अंश नखुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्था भएमा विपक्षीले फाँट खोली नालेस गर्नुपर्छ भन्न नमिल्ने । एक त आमाको क्रियाकाज गर्दा प्रतिवादी सु.तिलकमान सिंले के कति सबै लगाएको हो ? वादीलाई यकिन थाहा हुनसक्ने अवस्थाको कुरा नभएको र दोश्रो लिखत शर्त र मञ्जुरी बेगर खर्च भएको अंश ज्यूनी जग्गाको पछिपछिको बालीबाट हात हाली लिनु नहुने समेत हुनाले प्रतिवादी सु. तिलकमान सिंले क्रियाखर्चको फाँट अंश खुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्थाको यस्तो कुरामा वादीले फाँट खुलाई नालेस गर्नुपर्छ भन्न नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १६) निवेदक, वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा फैसला १. अलौको कृष्णकुमारबाट आमा लक्ष्मीदेवीको नाममा खरीद भएको जग्गा बिगाहा १०। श्री माताजीको शेषपछि क्रिया श्राद्ध गरी दुवै भाइले बाली खानु भनी आमाको ज्यूनी रहेको माताजी १७।२।३२ गते परलोक हुनु भई क्रिया श्राद्ध सिध्याए पछि आधी जग्गा मेरो हुन आएको दर्ता गरी छुट्ट्याई देउ भनी कान्छा तिलकमान र पटवारी समेतलाई भन्दा नछुट्याई भाग अनुसार गर्दा भएको छैन । प्र. नाथुसाहले जग्गा बिगाहा २ धान ४५ दरले बुझाउने गरी जोतेको १७ सालको आधी कामलाई बुझाउनु नपर्ने किष्णमानलाई बुझाए भनेको र हदनम्बर पटवारीले छुट्याई नदिएबाट नम्बर पत्ता लाग्न नसकेको । १८।१९ सालको बाली समेत नाथु लक्ष्मी हिराबाट तिलकमानले बुझी लिएकोले धान मन ६७।। को मन १ के रु. १६ ले बिगो रु. १०८०। नाथुसा तिलकमान जसबाट पाउने हो भराई आधी जग्गा ५ऽ२।। कुन नम्बर हदको रहेछ पटवारी खुलाई दर्ता गराई जग्गा चलन चलाई पाउँ भन्ने समेत वादी । २. तिमीले जोतेको जग्गा मध्ये नं.१३१ को आमाको ज्यूनी जग्गा हुँदा काजक्रिया गरी बाँकी रहेको बाँडी लिनु भनी लेखिएको क्रिया खर्च नदिएकोले सो जग्गा बाली सोह्रै आना र अरु जम्मै जग्गा मेरो अंश भागमा परेकोले मलाई नै बुझाउनु भनी सु. तिलकमान सिंले भन्दा १७।१८ सालको बाली निजलाई बुझाई सकेको र १९ सालको बाली खेतैमा छ भन्ने समेत नाथुसा लक्ष्मी साहिरासाको प्रतिवादी । ३. नाथुसाले जातेको जग्गा २।।। हो । त्यसमध्ये नं.१३१ को १।१ आमाको ज्यून