निर्णय नं. ४२२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२ - जालसाजी भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/११ २११३ निर्णय नं. ४२२ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिंह ०२२ सालको दे.फु.नं. ३७ निवेदक : सिउप्रसाद अहिर विरुद्ध विपक्षी : बावादिन अहिर मुद्दा : जालसाजी (१) छोरा जन्मेको अप्रकाशित भईरहेपछि बाबुको मृत्यु भएपछि तत्काल प्रचतिल अंशबण्डाको १६ नं. ले अंश नपाउने भएको, प्रकाश अप्रकाशको प्रश्नलाई अप्रासङ्गिक भन्न नमिल्ने । वादी सिउप्रसाद रामचरणकै छोरा ठहर्न आएको भए पनि वादीकै साक्षी मेवालालले सहत्ती मरेपछि सहत्तिकै घरमा रामचरण आउने जाने गरी स्वस्नी बनाई पेट बोकेकी भन्ने समेत बकेकोबाट पहिले नै जातका रीतबमोजिम चुरिया पैराई लगी स्वास्नी बनाएको भन्ने चाहिं वादीको दावी पूर्णरुपले समर्थित हुन नआएको र यदि प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहर्न आएको खण्डमा त्यस्तो छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएकोमा तत्काल प्रचलित अंशबण्डाको १६ नं. ले अंश नपाउने अवस्था पर्न आउने समेत हुनाले यस स्थितिमा अंश दिलाई पाउँ भन्ने दावी परेको अंश मुद्दाको अंगबाटै उठेको यस मुद्दामा प्रकाश अप्रकाश भन्ने प्रश्न उठाएकोलाई अप्रासङ्गिक भन्न मिलेन (प्रकरण नं. १३) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुर प्रसाद खरेल फैसला १. प्रतिवादी बावादीन उपर अंशमा मैले नालेस गरेकोमा मलाई रामचरणको छोरा होइन सहत्ती अहीरको छोरा हो भनी प्रतिवादी दिएछ । रामचरणको छोरा मलाई सहत्तीको छोरा भनी जालसाजी गरेमा सजाय गरी पाउँ भन्ने समेत वादी । २. वादी सिउप्रसाद मेरो बाजे रामचरणको छोरा र मेरो एकाघर संग बसेको समेत होइन वादी सहित्तीकै छोरा हुँदा उजुर झुट्टा हो भन्ने समेत प्रतिवादी । ३. वादी ३६ वर्षको उमेर हुँदासम्म वादी रामचरणको छोरा भन्ने देखिने । कायम हुने दर्ता श्रेस्ता कुनै न कुनै प्रमाण हुनु र पेश दाखिल पनि भए गरेको हुनु पर्ने त्यस्तो ठोस प्रमाण छ भन्न र पेश गर्न दाखेल गर्न समेत नसकेको । प्रतिवादीको बाबु गुलाम मरेपछि उनका नाउँमा दर्ता भएको जमिन प्रतिवादीको नाउँमा सरेको भन्ने कुरा वादी लेखाईबाटै देखिएको । वादी दावी साँचो भए वादीका नाममा दर्ता नसारी भतिजा प्रतिवादीका नाममा दर्ता सार्नु पर्ने अवस्था पनि नदेखिनाले समेत वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्ने बाँके इलाका अदालतको फैसला । ४. सक्षीको बहुमतबाट समेत म सिउप्रसाद रामचरणको प्रकाशित छोरा भन्ने सिद्ध भैरहेको हुँदा शुरु इन्साफ उपर चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । ५. सिउप्रसाद सहत्तीको छोरा हो भनी बकपत्र गर्नेहरूले पनि सिउप्रसाद जन्मेपछि यो सालमा सहत्तीको मृत्यु भएको भनी र सहत्तीको छोरा भएकोमा रामचरणको छोरा हुँ भनी भन्नु पर्ने विश्वास लायक कारण भन्न नसकेका । सहत्तीको स्वास्नीलाई रामचरणले चुरीया पहिराई लगी राखेको पनि देखिन नआई विधवा भई विवाहीताकै घरमा बसेकी यिनी फिरादी सिउप्रसादको आमाले गर्भ धारण गरेको । सो गर्भका सम्बन्धमा पञ्चायत गर्दा रामचरणको हो भनी निजले र मेरो हो भनी रामचरणले पनि सकार गरेको । सोही गर्भबाट वादी सिउप्रसादको जन्म भएको कुरा वादीकै साक्षी बकाईबाट देखिएकाले प्रतिवादी बावादीन कहाँ बस्दै नबसेको र पाउँदै नपाएको अंशलाई पनि म बावादीनको एकाघर संग ब