निर्णय नं. ६०४९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०४९ - अंश भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०८/१४ ३०५१ निर्णय नं. ६०४९ २०५२, ने.का.प. अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा दे.पु.इ.नं. ........ ४७ फौसला मिति : २०५२।८।१४।५ मुद्दा : अंश पुनरावेदक/वादी : रुपन्देही जिल्ला भैरहवा नगरपालिका वडा नं. ५ बस्ने रामचन्द्रप्रसाद कसोधन विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चन्द्रावती देवी कसोधननी ऐ ऐ बस्ने प्रेमचन्द्र कसोधन ऐ ऐ बस्ने शम्भु प्रसाद कसोधन § कुनै पनि लिखतको व्याख्या गर्दा त्यो लिखत कुन तात्पर्यको लागि तयार गरिएको हो र कस्तो चरित्रको हो हेर्नु पर्ने । (प्रकरण नं. १७) § २०१६।७।५ को लिखतमा “छोरा बुहारीलाई खान जिउनी सम्म” भन्ने उल्लेख भएको देखिन्छ । सो उल्लेखन अनुसार सो लिखतको तात्पर्य छोरा बुहारीलाई जीवन यापन गर्न आवश्यक पर्ने जग्गा जीवन धान्नको लागि दिएको कुरा उक्त लिखतमा उल्लेखित “सम्म” भन्नेले सोही सीमा सम्ममा सीमित गरेको भन्ने देखिन आएकोले सो उद्देश्य भन्दा बेगल खतिउपति आफ्नो आफ्नो हुने गरी कानुन बमोजिम मानो छुट्टिएको लिखत मान्न मिल्ने नदेखिने । (प्रकरण नं. १७) § मानो छुट्टिएको रीतपूर्वकको कागज हुनलाई सो लिखतमा खति उपति बारे उल्लेख भई आज देखि खति उपति आ–आफैले व्यहोर्नु पर्ने भन्ने व्यहोरा उल्लेख अनिवार्य हुने । § (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिल्वाल तथा शम्भु थापा अवलम्बित नजीर : x फैसला न्या.लक्ष्मणप्रसाद अर्याल : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्ष मध्ये नगेश्वर रामको ३ पत्नी मध्ये जेठी प्रतापदेइ सन्तान नहुँदै परलोक हुनु भएको माहिली भेदा देवी तर्फ भगवतीप्रसाद कशोधन तथा कान्छी करापता तर्फ विपक्ष रामचन्द्र प्रसाद समेत २ छोरा भै भगवतीप्रसादका पत्नी र चन्द्रावती र छोरा हामी शम्भुप्रसाद र प्रेमचन्द्र हौं । विवाह भैसकेका २ छोरीहरु राजकुमारी, विजयकुमारी पनि छन् । विपक्षी मध्ये रामचन्द्रप्रसादको पनि दुई पत्नी हुँदा जेठी यशोदादेवी तर्फ मारकण्डे प्रसाद कान्छी केसरी देवी तर्फ पशुपतिनाथ, तमेश्वरनाथ समेत छन् । भेदा देवी, लखपतार भगवतीप्रसादको समेत परलोक भैसकेको हुँदा बाँकी अरु जीवितै छौं । रामचन्द्रप्रसाद र वहाँका स्वास्नी छोराले निजकै हकबाट पाउने नागेश्वर समेत आफ्नै हकबाट पाउने र बाँकी भगवती हकमा वहाँको परलोक भई सकेकाले वहाँको अंश हकमा स्वास्नी सन्तान हामी मौजुद भएबाट जम्मा तीन अंशियार कायम छौं । दुई परिवारका सन्तान भै मेलमिलाप नभै बराबर झगडा, खटपट भै रहेकोबाट छोरा बुहारीलाई खान ज्यूनीसम्म भनी बाँकी सबै व्यापार, कारोबार घरहरु समेत नगेश्वर रामले सगोल मै आफ्नै जिम्मा राखी विपक्षी रामचन्द्रलाई २४–१५–१।। हामी मध्ये शम्भुप्रसाद, प्रेमचन्द्र नाबालख म चन्द्रावतीलाई विगाहा २४–१५–१।। जग्गा २०१६।५।१९।६ मा लिखत खडागरी २०१६।७।५।५ मा रजिष्टे«शन पास गराउनु भएको रहेछ । व्यापार गृहस्थी आदि सगोलबाटै भैरहेको केवल हामीले लाउन खानसम्म पाई एउटै घरमा बसी आएकै थियौं । विपक्षी मध्ये रामचन्द्रप्रसादका छोरा सरह नभै पक्षपात भएबाट परस्परमा वादविवाद बढी हाम्रो हिस्सा पाउँ भनी नाता इष्टमित्र पञ्च भलादमी दुवै पक्षले चुनेका ७ जनाले अंशबण्डा सम्बन्धी व्यवहार मिलाई दिए दुवै पक्षलाई मान्य हुने म