निर्णय नं. ४२३ - बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२३ - बाली भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/१८ २२९१ निर्णय नं. ४२३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री राज इश्वरी जङ्गबहादुर सिंह २०२४ सालको दे.फु.नं. ७८ पुनरावेदक : डोर नरसिं राण समेत विरुद्ध विपक्षी : गोपीकृष्ण रौनियार मुद्दा : बाली (१) तत्काल प्रचलित बालीको झगडाको २० नं.–बाली मुद्दामा मुद्दा पर्दापर्दैको अवस्थालाई सम्म “मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” मान्न पर्ने जग्गा मुद्दा परी मामिला फैसला भएमा–सो मुद्दा धेरैपछि दोहरिएमा त्यस बीचको समयलाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” भन्न नमिल्ने । बालीका झगडाको २० नं. हेर्दा, झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा सो मामिला छिनिएका १ वर्ष भित्र नालेस दिनु पर्ने उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । कस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नुपर्ने हो ? भन्ने हकमा शुरु तहदेखि पुनरावेदन तहसम्म मुद्दा चल्दै रही अन्तिम रुपले मामिला फैसला नभएसम्मको लागि र पर्चा समेत भई दोहोरिने भई दायर भएमा सो टुङ्गो नलागेसम्मको लागि अर्थात् मुद्दा पर्दापर्दैको अवस्थालाईसम्मा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नु पर्ने हुन आउँछ । किनकि पहिले अन्तिम फैसला भईसकेको धेरै समयपछि पुनः मुद्दा दोहरिने भएकोमा सो बीचको समयमा मामिला फैसला भई जग्गामा हक छुट्टिई जितेको नाताबाटै जित्नेले जग्गा भोग गर्ने हुनाले यस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टिई रहेको बाली भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १९) (२) मिलापत्र गरी दावी छाडेको कलममा बिगो भरी नपाउने–उक्त मिलापत्रमा चित्त नबुझ्नेको भागमा दामासाहीले पर्न आउने जति मात्र भरी पाउने । त्यस्तो १ पटक मिलापत्र गरी दावी छाडी सकेको कलमको बली बिगो भरी पाउँछ भन्न नमिल्ने भएकाले मिलापत्रमा चित्त नबुझाई दोहर्याउने डोरनरसिंको हकमासम्म निजको भागमा दामासाहीले पर्न आउने जतिमात्र निजसँग वादीले भरी पाउने देखिन आउँछ । (प्रकारण नं. २०) पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे फैसला १. जिल्लै पर्सा प्रगन्ना नोरंगीयातर्फ बालुवा मौजे हरिसपुवनिया १ ऐ प्रगन्ना सिधमास पूर्व मौजेहरदासपूर १ समेत २ मेरो मौजा अमानत हुन गएको प्र.को बाजेले बाँकी बुझाउँछु जिमीदारी पाउँ भनी बिन्ती चढाई लिएको टाँस मुकर भएको बडावड हुँदा सरकारी लिएको र अरु नम्बरी समेत पाउँ भन्ने बिन्ती चढाई माग पनि नभएकोमा नम्बरी जग्गा समेतको बाली प्र. का बाबु छउन्जेल निजले र निज मरेपछि प्र.ले दखल भोग चलन गरी बाली खाने गरेको कुरामा उजुर चलेमा मुद्दा टुंगो नलाग्दै किशोर नरसिं मर्दा जीतनरसिंले मुद्दा सकार गरी जीतनरसिं मर्दा यी प्रतिवादीले सकार गरेको र १९९६ सालसम्मको बाली प्रतिवादीबाट भरी पाउने भैसकेको १९९७ सालदेखि २००७ सालको तकको बाली झगडियाले खाएको २००७।१०।५ गते मुद्दा किनारा भई मेरै सदर थामी पाउने फैसला खड्गनिशाना सदर भएकोले नालेस दिएको छु । जम्मा बिगाहा १७१।।३।।।४ मध्ये घर बासवाला बिगाहा =।।।२ बाहेक बाँकी १७१।।।३०२ मध्ये धान रवि हुने १२८।।ऽ।।। ३ र हरिसखु बनियाको खर बाली हुने बिगाहा १४।२,४ आँप कटहर बगैंचावाला बिगाहा ४ भएको बिगाहा २५ पर्ति राखेको निजको गल्तीबाट रहन गएकोले त्यसको पनि बाली पाउनु पर्ने हो । तेजारथमा धितो लेखिएको बिगाहा ३८।२।x२००