निर्णय नं. ६०५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५१ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५१/११/०९ २६४५ निर्णय नं. ६०५१ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५० सालको रिट नं. ३१५५ आदेश मिति : २०५१/११/९/३ विषय : उत्प्रेषण । निवेदक : का.जि.का.न.पा. वडा नं. १ दरबारमार्ग स्थित होटल याक एण्ड यतिको तर्फबाट जेनरल मेनेजर जर्ज मर्की मिसर विरुद्ध विपक्षी : महानिर्देशक, श्रम विभाग, पुतलीसडक, काठमाडौं शाखा अधिकृत, कारखाना तथा औद्योगिक प्रतिष्ठान शाखा, श्रम विभाग, पुतली सडक सचिव, श्रम मन्त्रालय, ठमेल, काठमाण्डौ का.जि. का.न.पा. वडा नं. २१/३१२ ठमेल बस्ने जगत बहादुर खत्री § श्रम ऐनको दफा ६०(ग) बमोजिम व्यवस्थापकले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्ने र ७२(३) मा “श्रम अदालत गठन नभएसम्म यस ऐन बमोजिम अदालतबाट हुने काम कारवाही पुनरावेदन अदालतबाट हुनेछ” भन्ने लेखिएकोले होटल व्यवस्थापकले गरेको सजाय उपर श्रम विभागले उजुरी पुनरावेदन लिई हेरेको अधिकार क्षेत्रात्मक त्रुटि देखिन्छ । यसको अतिरिक्त त्यस्तो श्रम विभागले निर्णय गर्दा उजुरी भन्दा बाहिर गई अन्तिम निलम्बन फुकुवा गरी पाउँभन्ने उजुरी उपर कारवाही गर्दा उजुर नपरेको अवकाशको निर्णय समेत बदर गरेको श्रम विभागको मिति २०५०।९।७ को निर्णय र सो निर्णयमा उल्लेख भएको २०५०।९।११ को श्रम विभागको पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजीप्रसाद त्रिपाठी अवलम्बित नजीर : x आदेश न्या.त्रिलोकप्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त विवरण यस प्रकार छ :– २. विपक्षी जगतबहादुर १५ अगस्त १९७७ मा यस होटल याक एण्ड यतिको किचेन मेट पदमा नियुक्त हुनु भएको र निजको पदोन्नति एपरेन्टस कुकमा ११ सेप्तेम्बर १९७८ मा भयो । निजले होटल व्यवस्थापनसँग विदा नै नलिई १५ र १६ नोभेम्बर १९७८ मा बस्नु भएकोले १७ नोभेम्बर १९७८ मा नसिहत दिइयो । आफ्नो सहकर्मीलाई कुटपिट गरेकोले पछि ६ जुन १९७९ मा एक महिनाको लागि होटलबाट निलम्बन गरियो र साविकको पदबाट एक तह मुनि डिस बासर पदमा झारियो । २ जुलाई १९७९ मा लिखित माफी मागी भविष्यमा यस्तो भएमा सेवाबाट बर्खास्त गर्ने शर्तमा पुनः निजलाई काममा लगाइयो । १ नोभेम्बर १९८२ मा नसिहत दिइयो, ५ फरवरी १९८८ मा अर्को नसिहत दिइएकोमा निज हिरासतमा रहेकोले बुझाउन सकिएन । विपक्षीले अत्याधिक मात्रामा मदिरापान गरी ड्युटीमा आएको हुँदा र मार्च १९८३ मा अन्तिम नसिहत दिइएको थियो । २ नोभेम्बर १९९३ मा विपक्षीको ड्युटी नभएको समयमा पनि अध्याधिक मदिरा सेवन गरी जबरजस्ती होटलमा प्रवेश गरी हाकिमलाई गाली गलोच गरेकोले बाध्य भै वडा प्रहरी कार्यालयलाई बोलाई बाहिर निकाल्न बाध्य भएको विपक्षी जगतबहादुर यस होटलको सेवामा रहँदा पटक पटक नचाहिँदो व्यवहार गरेकोले व्यवस्थापकले निजलाई निलम्वित गरी स्पष्टीकरण लिँदा स्पष्टीकरण सन्तोष जनक नभई निजले श्रम ऐन, २०४८ को दफा ५०(क) को बर्खिलाप काम गरेको तथा होटेलको सर्भिस कन्डीसनको नियम २३ तथा होटलको सेवा शर्त विनियमको नियम १,६,१५,१७,२०,२३ को बर्खिलाप काम गरेकोले श्रम ऐन, २०४८ को दफा ५०(क) ५२(५), ५२(२), ५२(४) तथा होटल विनियम बमोजिम निजलाई व्यवस्थापनले ८