निर्णय नं. ४२४ - बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४ - बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने समेत भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०१ ३१२८ निर्णय नं. ४२४ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको फौ.फु.नं. १८ निवेदक : श्री ५ को सरकार गृहसचीव क्षेत्रविक्रम राणा, गृह पञ्चायत मन्त्रालय विरुद्ध विपक्षी : कृष्णप्रसाद चापागाई मुद्दा : बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने समेत (१) वास्तविकताको प्रश्न, तथ्यको प्रश्न र कानून सम्बन्धी प्रश्न कानूनी प्रश्न हुने । विवादको विषय त्यसमा वास्तविकता के हो भनी प्रश्न गरिन्छ । वास्तविकताबारे प्रश्न भएकोमा तथ्यको प्रश्न र कानूनसम्बन्धी प्रश्न उठेमा कानूनी प्रश्न हुन्छ । यसो हो कि उसो हो भनी संशय गरिन्छ । यो कारणबाट देखिन आएको यो कार्य भएको हो भनी तर्क राखिन्छ र लिखत साक्षीहरूसँग मिल्न सक्छ । त्यही तथ्य ठहरिन्छ । तथ्यमा पुर्याउने प्रमाण हो । साक्षी वा लिखतहरूको प्रमाणले यो हो भनिन्छ भने त्यो वास्तविकतालई अर्को बोलीमा तथ्य भनिन्छ । केवल तथ्य पदले त्यसै त्यसै कुराको मात्र सत्यता पैलाएको हुनाले त्यसैको अुनरुप अरु पनि हुन पर्छ भनी दावा गर्न कठिन पर्छ । जब प्रमाणले जस्ताको त्यस्तै यही हो भनी देखाइन्छ, त्यस्तो तथ्यलाई कानूनले कुनै संज्ञा दिन्छ भने कानूनी तथ्य भन्नु पर्छ । कानूनसम्बन्धीको पर्यायवाची शब्द कानूनी हो । कानूनी तथ्यको अर्थको उदाहरण निमित्त भ्र.नि.ऐन, ०१७ को दफा २ को उपदफा ३ को खण्ड (ङ) (च) लाई हेर्न सकिन्छ । भ्र.नि. ऐन, ०१७ को दफा २१ को उपदफा (२) मा रहेको कानूनी तथ्यमा भन्ने पदबाट कानूनी तथ्यबारे बुझाएको देखिन्छ र नठर्हनेमा कानूनी तथ्य हुने गरी ठहराएकोलाई कानूनी तथ्यमा भन्ने पदको मतलव भित्र समावेश हुन्छ । (प्रकरण नं. १३) (२) कस्तोमा भ्र.नि.ऐन, २०१७ अन्तर्गंत कसुर गरेको नठहरिने ? (क) दर्खास्तमा व्यहोरा ढाँटी पुनः नोकरीमा प्रवेश गरेमा आरोपको स्पष्ट इन्कार गरेमा भन्नु पर्ने । (जागिर खोसिएको व्यहोरा नभनेको नभएमा) पुनः नोकरीमा प्रवेश गर्नलाई कृष्णप्रसादले कुनै व्यहोराको दर्खास्त गरेको र यो व्यहोरा ढाँटेको हो भन्ने देखिन आउँदैन । कृष्णप्रसादलाई ख.नि.बमोजिम झिकिएको भनी आरोपपत्र पठाएकोमा होइन भनी प्रष्टै इन्कार गरेको गल्ती भए पनि मिसिल रोहबाट जागिर खोसिएको व्यहोरा बताउनु परेकोमा नबताई कृष्णप्रसादले जागिर पाएको देखिन नआएकोले भ्र.नि.ऐन, २०१७ को दफा (१२) बमोजिमको कसुर निजले गरेको भनी न्यायीक दृष्टिमा रहन सकेन । (प्रकरण नं. १५) (ख) सिटरोल फाराम अड्डामै रही भर्नेमा सो अड्डा बाहिरको व्यक्तिको हात ठहरिने उचित प्रमाण नभएमा, नोकरी कायम राख्न पास नभए पनि भन्ने शब्दहरू समेत समावेश गराउन नभएको हुकुम भएको छ भन्ने सिटरोल फाराम तयार गरे गराए भन्ने हकमा सिटरोल फाराममा दोष लगाएको व्यहोरा निजले भर्ने नभई अड्डामै रही भर्नेमा निजको हात ठहराउनु उचित हुने प्रमाण उपलब्ध नभएकोले भ्र.नि. ऐनको कसुर निजले गरेको प्रमाणित हुँदैन । (प्रकरण नं. १६) (ग) बढी उमेरसम्म सेवामा रही वेतन नलिएमा वा त्यस्तो उमेर फरक नपारेमा वा नाबालकले समर्थवान भनी नोकरी पाएको नभएमा । सिटरोल र प्रवेशिका परीक्षाको प्रमाणपत्रको भन्दा नोकरीको बयानमा उमेर घटाएको ११ सालको पजनी कागजमा आफ्नो वास्तविक उमेरबाट ३ वर्ष घटाई लेखेको भन्नेबारे नोकरीको बयान वा तथाकथित पजनी कागजमा लेखेको