निर्णय नं. ४२५ - : जिरायत जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२५ - : जिरायत जग्गा भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०१ २९७९ निर्णय नं. ४२५ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्ब राज २०२३ सालको दे.फु.नं. १६२ निवेदक : धनचन्द्र राई समेत विरुद्ध विपक्षी : मुनीलाल गोल्छा माडवारी मुद्दा : जिरायत जग्गा (१) आफूतर्फको दर्तामा परेको श्रेस्ता सबुद वादीले देखाउन नसकेकमा–प्रतिवादी तर्फबाट मौजामा रैतानी दर्ता भएकी देखाएमा–वादीको भोग नदेखिने । नक्सा हदबाट तथ्यमा पुग्नमा सहायक प्रमाण हुन आएको अर्को कुरा भोग हो । भोग कसले गरेको भन्नेतर्फ वादीले आफूले वा आफ्नो दाताले सो जग्गा भोग गरेको भई आफूतर्फको दर्तामा परेका श्रेस्ता सबुद देखाउन नसकेको र त्यसको विपरीत प्रतिवादीको तर्फबाट १५ नं. मौजामा रैतानी दर्ता भएको देखिएकोले वादीको भोग पनि देखिएन । (प्रकरण नं. १२) प्रतिवादी निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला १. मोरङ प्रगन्ना भाला भलेनी मौजे ८ नं. रामागन्ज झोरा (क) ब्लक लगत कं रु.९७९ (ख) ब्लक लगत कं.रु.५३२।२ को मेठाई र त्यसको जिरायत नं.११०। पश्चिम कमिशन उत्तर सडक दक्षिण टेंग्रा खोला ५८।११७ के जग्गा बिगाहा १६।।।४।१ नं. ११२ पूर्व जिरायत पश्चिम टेंग्रो खोला उत्तर सडक दक्षिण मालबाट ९०।१०।४ के जग्गा बिगाहा २२।३ कमिशन समेत ११।७।२२।१ मा खरिद गरी चलानी पुर्जि लिई जिम्दारी चलन गर्न जाँदा १५ मेठाई भित्रको हो भनी १५ नं.का मेठ रैतीले चलन गर्न दिएन । जग्गा लापता गरी दिएको मेठ बन्दि भिडाई जाँची छुट्ट्याई चलन चलाई पाउँ भनी मुनीलालले दिएको निवेदन र सो निवेदन मिलानको २०१२।२।६ को निवेदकको बयान । २. वादी दावीको जग्गा ८ (क) (ख) नं. मा दर्ता भए पनि हाम्रो १५ नं. ब्लकको मेठ बन्दि भित्र परी नापी भई रैतीका नाउँमा नम्बरी भई ८९ सालदेखि रैतीले भोग तिर गरी आएका छन । साविक हेतु माझीले चलन गरेको थिएन । सो (८) (क) (ख) नं.दोहरा दर्ता भएको पूर्व टेंग्रा खोला र ८ नं. झोरा पश्चिम चिम्टी माल उत्तर २३।२६ नं.ब्लक दक्षिण १४ नं. ब्लक समेत हद सिमानामा पर्छ । चतुरभूज थापा क्षेत्री समेत २५।३० जना रैतीका नाउँमा अन्दाजी ५०।५५ बिगाहा जग्गा भोग गरी आएका छन् । वादीले जग्गा छुट्ट्याउनु पर्यो भनेकाले दुवै मौजाका जिम्दारी पटवारी बसी नाप जँच हुँदा २ ब्लक मा एउटै जग्गा नापी भएको कुरा थाहा हुन आयो । वादीले भोगे बाली लगाएको समेत छैन भन्ने समेत बद्रीप्रसादको प्रतिवादी बयान । ३. रामागन्ज १५ नं. गिलावारी झोरामा मेरा नाउँमा २४ बिगाहा चानचुन नम्बरी खरिद गरी भोगी आएको छु भन्ने चतुरभुजको बयान । ४. मेरो नाउँमा ७।।४।।।३ खरिद गरी ६ सालदेखि भोगेको भन्ने गर्नमा मेरो ७।।।२।३ मध्ये ३।३ प्रेमधारीलाई बिक्री गरी बाँकी ४।।४।३ र काजिमानसँग १।।३ खरिद गरी भोगेको भन्ने भक्तबहादुर, सुन्दर नेवारबाट ६।७ खरिद गरेको भन्ने दक्षध्वज रैनसिं राईबाट ६ सालमा २।२।।२ खरिद गरेको भन्ने पद्मबहादुर, शुभकन्याबाट २।३ खरिद गरेको भन्ने कुलबहादुरको सकारवाला ध्योजबहादुर जलेश्वरबाट २००७ सालमा ७।।।२।४ खरिद गरेको भन्ने चन्द्रबहादुर भन्ने कोदो भन्ने नेवारबाट २ खरिद गरको भन्ने मानबहादुर, लोग्नेका नाउँमा ११।।०।।१ नम्बरी भएका जग्गा भोगको भन्ने सुमित्रा नेवारनी बाबु सुन्दरका नाउँको ८।३।।२ मेरो नाउँमा दर्ता भई भोगेको भन्ने घुर्ताबातर बाबु मरी मेरो नाउँमा ६।।४।।१ दर्ता भई भोगेको भन्ने समेत छेडिंमा बातर समेत जवान ११ को कागज