निर्णय नं. ६०५३ - उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०५३ - उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ। भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०२/२९ २३२९ निर्णय नं. ६०५३ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४९ सालको रिट नं. २१२९ आदेश मिति : २०५२।२।२९।२ विषय : उत्प्रेषण मिश्रित परमादेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ। निवेदक : जिल्ला रुपन्देही भैरहवा पडसरी स्थित लुम्बिनी फ्लावर मिल्स (प्रा.) लि. को तर्फबाट ऐ.को अधिकार प्राप्त संचालक का.जि.का.न.पा. वार्ड नं. ३१ बागबजार बस्ने वर्ष ५१ को पुनमचन्द्र अग्रवाल विरुद्ध विपक्षी : कर कार्यालय, भैरहवा कर विभाग, लाजिम्पाट, काठमाडौं पुनरावेदन अदालत पोखरा § आयकर ऐन, २०३१ को दफा ३४(५) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क)(ख)(ग) र (घ) मा उल्लेख भएको कुनै प्रश्नमा प्रत्यक्ष कानुनी त्रुटी भई महा–निर्देशक वा निजले तोकेको अधिकृतले दिएको निर्णय पूर्ण वा आंशिक रुपमा उल्टीने देखि पुनरावेदन अदालतले आफू समक्ष पुनरावेदन गर्न अनुमति दिएकोमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था भैरहेको र निवेदक सोही ऐनको सोही दफा ३४(५) बमोजिम निवेदन दर्ता गर्न गएको समेत देखिन आउँछ । यसरी कानुनमा भएको व्यवस्था अनुसार दर्ता गर्न अदालतमा पेश भएको कागजातहरु दर्ता गर्न मिल्ने हो होइन आफ्नो क्षेत्राधिकार भित्रको हो होइन जाँची क्षेत्राधिकार भित्रको नदेखिए क्षेत्राधिकार भएको फलाना अड्डामा जानु भनी पिठमा लेखी छाप लगाई तुरुन्त फिर्ता दिनुपर्छ भन्ने मुलुकी ऐन अदालती बन्दोवस्तको २९ नं. को देहाय ७ नं. मा व्यवस्था भएको देखिन्छ । यसरी उल्लेखित व्यवस्था भैरहेको परिप्रेक्षमा पुनरावेदन अदालत पोखराले मिति ०४९।३।७ मा निवेदकको पुनरावेदन गर्न अनुमति पाउँभनी दिएको निवेदन लाग्न नसक्ने भनी दरपिठ गरेको आदेश मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब निवेदकको पुनरावेदन अदालत, पोखरामा परेको पुनरावेदनको अनुमति पाउँभन्ने निवेदन हेर्ने क्षेत्राधिकार पुनरावेदन अदालत बुटवलको देखिँदा पुनरावेदनको अनुमति पाउँभन्ने निवेदन हेरी कानुन बमोजिम गर्नको लागि निवेदन सहितको कागजात पुनरावेदन अदालत बुटवलमा पठाई दिनु भनी पुनरावेदन अदालत पोखराका नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या.ओमभक्त श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. कर कार्यालय भैरहवाका कर अधिकृत ज्यूले आ.व. २०४०।४१ (वैशाख–आषाढ) को रजिष्टर्ड आदेशद्वारा प्रमाणित हिसाब किताब अनुसारको नोक्सानी रु. १९,२६,१३२।१२ लाई नमानी हचुवा तरिकाले केही रकमहरु अमान्य गरी खूद आय तर्फ रु. २४,०६,६११।२६ थपी कर लाग्ने खुद आय रु. ४,८३,४७९।१५ कानुन विपरीत कायम गरी मिति ०४५।११।४ मा आयकर निर्धारण आदेश गरी रु. २३७५७१।८० करको दायित्व बोकाउनु भएको गैर कानुनी हुँदा कर विभागका महानिर्देशकज्यू समक्ष आयकर ऐनको दफा ३४(२) अन्तर्गत निवेदन गरेकोमा महानिर्देशकज्यूले पेशी तारेख नै नतोकी सुनुवाईको मौका पनि प्रदान नगरी हाम्रो निवेदन जिकिरलाई प्रमाणित आधार र कानुन देखाई खण्डन पनि नगरी हचुवा तवरले निवेदकको जिकिर पुग्न नसक्ने भनी मिति २०४९।१।७ मा निर्णय गरी मिति २०४९।२।६ मा सूचना गर्नु भएकोमा चित्त नबु