निर्णय नं. ४२६ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६ - जग्गा भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०८ २७८८ निर्णय नं. ४२६ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको दे.फु.नं. ५० निवेदक : सन्तकुमारी थापा क्षेत्रीनी विरुद्ध विपक्षी : क.प.रोहीणीकुमारी थापा क्षेत्रीनी समेत मुद्दा : जग्गा (१) मधेश माल सवालको दफा ४२३ हिंसा गरी फुटाई जिमदारी मौजा लेनदेन व्यवहार गर्न हुने–असल कमसल मिलाई उत्तिकै हिस्सा गरी उक्त मौजाको साविक जिमदारीसँग आएको जोत जिरायत लम्बरी पनि जिमदारी सँगसँगै खरिद बिक्री गर्न हुने । मधेश माल सवालको ४२३ दफामा जिमदारी मौजा फुटाई खरिद बिक्री समेत केही गरेमा ५ वर्षसम्ममा बाँकी बेमाख नभए बाँकी बेमाख भएको जिम्दारी समेत जामी पजनी हुने सवाल भइरहेको हुनाले जिमदारी मौजा जति हिस्सा गरी फुटाई लेनदेन व्यवहार गर्न हुन्छ । सो मौजाको साविक जिमदारीसाथ आएको जोत जिरायत नम्बरी जग्गा पनि असल कमसल मिलाई उत्तिकै हिस्सा गरी जिम्दारी साथसाथै खरिद बिक्री गर्न हुन्छ । (प्रकरण नं. १२) निवेदक, वादी तर्फबाट : अभिवक्ता श्री झुलेन्द्रप्रसाद प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा फैसला १. रोहिणीकुमारीबाट जी.स.प्र.जगदर मौजे कोचा भखारीको निजका नाउँमा दर्ता भएको जिमदारीमध्येऽआना जिमदारी र जिरायत बिगहा ८।। भा.रु. १७००१ मा २०१३ साल कार्तिक ८ गते राजीनामा गरी लिएकीले जिरायत दाखेल खारेज गरी दिएन । कित्ता ५ को जिरायत ८।। बिगाहा दर्ता गरी दिनुभन्ने पटबारीलाई रोहीणीकुमारीले चिठ्ठी लेखेको गुमता बिलट साहुले कबुलियत लेखी लिई सो नम्बरको जग्गा भोगचलन भईरहेकोले दर्ता गरी दिनु भन्ने पुर्जी पाउँ भन्ने समेत सन्तकुमारीको वा.बिलट साहुको २०१६।३।२८।२ को दर्खास्त । २. जिमदारी पटवारीलाई म्याद गएकोमा जिमदारी जिरायत उक्त नं.को जग्गा मैले लेखी दिएको पनि छैन । भोग गरेको पनि छैन । नरम–गरम मिलाई दामासाहीबाट छुट्याई दर्ता होस् भन्ने समेत रोहीणीकुमारीको वा सुकुम मलाहाको रिपोर्ट परेको र खेचर शम्शेरले बिक्री गरेकोमा रोहीणीले हक सफा गरेको धनी रोहीणीको मञ्जुरी चिठ्ठीबमोजिम सन्तकुमारीको दामकाम गर्ने बिलट साहुको कबुलियत पटवारीले गराई दिएको सन्त कुमारीको दर्खास्तबमोजिमको कित्ता नं. को जग्गा कबुलियत पटवारीले लेखेको देखिएकोले तमसुकमा हद नं. छुट्याई नलेखे तापनि दर्खास्त कबुलियतमा लेखिएबमोजिम नं. ९७९। ९८०।९८१।९८२।७८४ को कित्ता ५ को जग्गा दाखिल दर्ता गरी दिने ठहर्छ भन्ने समेत २०१६।४।८।५ को हनुमाननगर मालको पर्चा । ३. सन्तकुमारीको दर्खास्तबमोजिमको जग्गा दर्ता हुने होइन भन्ने समेत मेरो रिपोर्ट परेपछि जग्गामा तेरो मेरो हुन आएकोले यस्तो मुद्दा मालबाट हेर्न नपाउने हुँदा उक्त इन्साफमा चित्त बुझने भन्ने समेत रोहिणीकुमारीको पुनरावेदन । ४. राजीनामा कित्ता नछुट्टिएको, मञ्जुरीका चिठ्ठी मिसिल समेल नभएको, माल सवालको ४२३ दफाबमोजिम नरम–गरम मिलाई छुट्याई दर्ता गरी दिनुपर्ने । सोबमोजिम नगरी पटवारीले कबुलियत लेखिदिएको भले सवाल काटी सिङ्गासिङ्गै कित्ता दाखेल खारेज गरी दिने गरेको मालको पर्चा गल्ती हुँदा सवालबमोजिम नरम–गरम मिलाई दर्ता गरी दिनु भन्ने समेत २०१७।३।२३।४ को सप्तरी गोश्वाराको फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने सन्तकुमारीको २०१९।३।१९।३ को पुनरावेदन । ६. मधेस माल सवाल ४२३ दफाको शीर्षकमा जिमदारी फुटाई लेनदेन गर्दा जिमदारी साथ भएको जोत जिरायत जग्गा