निर्णय नं. ४२७ - बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२७ - बाली भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०८ २०७९ निर्णय नं. ४२७ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको दे.फु.नं. ८१ पुनरावेदक : शम्शेरबहादुर मगर समेत विरुद्ध विपक्षी : धर्मप्रसाद पाध्या मुद्दा : बाली (१) बाली (भूमि) सम्बन्धी मुद्दामा भू.स. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने । भू.सं. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने र सुनुवाइ हुनुपर्छ भन्ने श्री मा.न्या. इश्वरी जंगबहादुर सिंहजीको रायसँग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : अभिवक्ता श्री रामगोपाल फैसला १. माटो मुरी ।८० बिर्तावारबाट बन्धकीमा लिई भोगी आएको दपोटमा उजुर परी रैकर ठहरी बाबु रामनाथ भवानी शंकरका नाउँमा दर्ता भई २००४ सालमा रु. १४०००। मा राजीनामा गरी लिई मेरो भोगचलन भएको जग्गामध्ये माटो मुरी ११।१७।४ को पुछार बगर खण्ड २००७ सालदेखि रोपी खाई २००८ सालका बाली देखि अधियामा कमाउने बन्दोबस्तबाट इन्द्रमायाले कबुलियत गरी कमाएको हाल विपक्षीका खेततर्फ जाने कुला उत्तर सिक्रेल खोला दक्षिण चुन्हा पनि सिधा सोझो सितेल खोलसम्मबाट पश्चिम खोलै पूर्व यति भित्र माटो मुरी ११।१७।४ को बगर खण्ड कित्ता १ र माटो मुरी ११।५ को लाकुरे खोल्सो पूर्व भीरपाखो पश्चिम लालमानको साँध, उत्तर डिहीटाहार खेत पुछार डिल पश्चिम यति ४ किल्लाभित्रको जग्गा पनि म अधियामा रोप्छु भनी माग्दा २०१८ सालको हिउँदे र वर्षे २०१९ सालको वर्षे बाली समेत अधियाबाट खाई दुवै कित्तामा २०१९ सालको हिउँदे बाली विपक्षीहरूबाटै लगाई पाकी तयार भएपछि २०१९।८।१० गते १५।२० जना खेताला लगाई दाइँ गरी ज्यामिरे डिहीटारको उब्जा धान मुरी ६०। पुछार बगर खण्डको मुरी ३०। समेत जम्मा ९० पराल भारी १८०। मास मुरी २। समेत लगेछन् किन जम्मै लगेको भनी सोद्दा बाबुका दर्ताको हुन । अबदेखि एकलौटी खानु जहाँ गई जे गरी लिनु पर्छ लेऊ भन्ने जवाफ गरे मेरो हक भएको मैले पाउने आधा धान मुरी ४५। पराल भारी ९० मास मुरी १। समेत दिए जिन्सी नै नदिए हुने बिगो रु. १०७०। दिलाई रु. ७००। मोलिने जग्गाबाट विपक्षीलाई मोहियानी हक समेतबाट बञ्चित गराइपाउँ भन्ने समेत वादी । २. म शम्शेरबहादुरका बाबु अर्जुनका नाउँमा ६९ सालको नं. मा बिराएको ज्यामिरे छेउ २ ठाउँ गरी मोही अर्जुन थापा १।१० को जम्मा म शम्शेरकै डिही झर्ने बाटो खोल्सी पश्चिम सिक्रेल खोला दक्षिण डिहीटाहार सिरान अमलाको बोटलालमानको खेत उत्तर लाकुरे खोला यति ४ किल्लाभित्रको जग्गा बाबुका नाउँमा दर्ता भई भिन्न हुँदा बाबुको जिउनी रहेको र शेषपछि मेरो हक भई भोगी आएको छु । वादीले दावा गरेको जग्गा बिर्ता होइन । यो मुरी १।१० को जग्गा किल्ला भित्र पारेको छ । म इन्द्रमायाले कबुलियत गरेको छैन । आफ्नै जग्गा हुँदा वादीको दावी मेटाई जालसाल लिखत बदर गरी पाउँ भन्ने समेत शम्शेरबहादुर इन्द्रमायाको प्रतिवादी । ३. कबुलियत सनाखत गराउँदा सहीछाप किर्ते भन्न नसकी जालसाजमात्र भनी बयान गरेको सबुदको अभावमा मनासिव बयान गरेको भन्न नसकिने बाली प्रतिवादीहरूले एकलौटी खाए उब्जाका हकमा पनि वादी मिलान नै बकेको देखिएको हुनाले समेत वादी दावाबमोजिमको बिगो रु. १०७० प्र. हरूबाट वादीलाई भराउने र मोही पजनी समेत गर्न पाउने समेत ठहर्छ भन्ने समेत इ.अ. भोजपुरको २०२१।६।१० को फैसला । ४. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत शम्शेरबहादुर, इन्द्रमायाको प