निर्णय नं. ६०५४ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५४ - अंश नामसारी भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५१/११/३० २९४४ निर्णय नं. ६०५४ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको दे.पु.नं. १२३० फैसला मिति : २०५१।११।३० मुद्दा : अंश नामसारी । पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही गा.वि.स. मालमटेरिया वडा नं. ७ बस्ने छोटु लोध विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने राजेन्द्र लोध § मुलुकी ऐन अ.बं. ७७ नं. ले आफूसंग रहे भएको प्रमाण वादीले उजुरीको साथ र प्रतिवादीले प्रतिउत्तरका साथ वा बयान गर्दा पेश गर्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ। सो बमोजिम प्रतिवादीले आफूसंग भएको लिखतको सम्बन्धमा प्रतिउत्तर दिंदाको अवस्थामा मौकामा उक्त लिखतको सम्बन्धमा कुनै कुरा उल्लेखसम्म गर्न सकेको नपाइएकोले ०२२।४।१ को लिखत प्रमाणको लागि ग्राह्य हुने स्थिति नहुने । (प्रकरण नं. १४) § वादी प्रतिवादी बीच अंशबण्डा भएको सबूद प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको स्थितिमा प्रतिवादी छोटु लोधका नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार प्रतिवादीको नाउँमा रहेको सम्पत्ति एकासगोलको बण्डा गर्नु नपर्ने सम्पत्ति होइन भनी भन्न नसकिने । (प्रकरण नं. १४) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थी वादी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत बुटवलको मिति २०४९।९।२२ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ । २. बेका लौघका २ छोरा जेठा मेरा बाबु प्यारे लोघ र कान्छा विपक्षी छोटुलोघ हुन । यी दुई भाइका बीच अंश नभएको र मानी सम्म छुट्टिई अलग बसी आएका थियौं । बाबु प्यारेका ३ छोरा म राजेन्द्र, वीरेन्द्र, हो । बाबु २०२७ सालमा र आमा २०२९ सालमा परलोक भएपछि कान्छा बाबुसँग अंश माग्दा नलिएकोले निजबाट चल अचल सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग मलाई अंश दिलाई पाउँ भन्ने फिरादपत्र वादीले देखाएको पुस्तावारीमा कुनै विवाद छैन । बाबु बेकारुका पालाको बण्डा गर्नु पर्ने केही थिएन । बाबु आमा मरेपछि चल सम्पत्ति सबै हातहात वाडी लिएका हौं । मैले उखडा जग्गा दर्ता गराई निजी आर्जन गरेकोले बण्डा गर्नु पर्ने होइन, दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर । ३. विपक्षी काका छोट लोघका नामका जग्गामा हाम्रो समेत अंश हक लाग्ने हो भन्ने पेट बोलीबाट बुझिएका चिरकुट र वीरेन्द्र लोघको बयान । ४. २०२१ साल भन्दा पहिले नै बण्डा भै सकेकोले वादी दावी पुग्न सक्दैन भन्ने रुपन्देही जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको तत्कालीन लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परेका । ६. वादीको भाइ चिरकुट लोघ र वीरेन्द्र लोघबाट समेत अंशको फाँटवारी लिई निर्णय गर्नु पर्ने देखिएकोले शुरु फैसला बदर हुन्छ भन्ने तत्कालिन लु.अ.अ. को २०४५।५।१६।५ को फैसला । ७. चिरकुट लोघ र वीरेन्द्र लोघसमेतको जिम्मामा कुनै चल अचल सम्पत्ति नभएको भनी वादी राजेन्द्र लोघबाट २०४६।१।२० मा तायदाती पेश भएको । ८. प्रतिवादीले तायदातीमा उल्लेख गरेको सम्पत्ति उखडाबाट प्राप्त गरी एकलौटी कायम गरी पाउँ भने पनि सगोलका अंशियारहरु मध्ये जो जसको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारहरुको हक लाग्ने हुँदा फिराद दावी बमोजिम प्रतिवादीबाट फिरादी राजेन्द्र लोघको पेट बोली बुझि चिरकुट लो र वीरेन्द्र लोघले आफ्नो ब