निर्णय नं. ४२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०४/२१ २१४० निर्णय नं. ४२८ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्ब राज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय २०२३ सालको रि.फु.नं. ८ निवेदक : मथुराप्रसाद श्रेष्ठ विरुद्ध विपक्षी : जि.भू.सु. अफिस ललितपुर विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भोगबन्धक लिने साहुले आसामीलाई बहाल बुझाउने कबुलियत गराई निज आसामीलाई नै घरमा बस्न दिएमा–साहुले व्याज लिए खाएको नहुने । आयस्ता खाने गरी भोगबन्धकमा लिएकोमा–भू.सं. ऐन, २०२१ को दफा ४५ (ध) प्रयोग गर्नुपर्नेमा दफा ४५ (क) प्रयोग गरी निर्णय गरेमा–सो निर्णय अधिकार दुरुपयोग गरी गरेको हुने । दर्खास्त र साहु मथुराप्रसादको कागज समेतबाट बद्रीप्रसादसँग रु. ६००। मा घर भोगबन्धक लेखाई लिई साल १ को धान मुरी ६। बहाल बुझाउने कबुलियत गराई असामी बद्रीप्रसादाई नै घरमा बस्न दिएको भन्ने देखिन आएको । यस्तोमा व्याज लिए खाएको भन्ने कुरा आउन नसक्ने र आयस्ता खाने गरी भोग बन्धक लिएकोमा दफा ४५ को (ध) लाग्ने प्रष्टै भएकोले सोही दफा ४५ (ध) प्रयोग गर्नुपर्नेमा विपक्षीले दफा ४५ (क) प्रयोगमा ल्याई ऋण साधन गर्ने अधिकारको दुरुपयोग गरी निर्णय पर्चा गर्न भएको देखिन आयो । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री होराप्रसाद विपक्षी तर्फबाट : वरिष्ठ सरकारी अधिवक्ता श्री रमानन्दप्रसाद सिंह आदेश १. बद्रीप्रसाद भट्ट क्षेत्रीले निवेदकबाट २००८ सालमा रु.६०१। लिई घर भोगबन्धकी लेखी दिएको र साल १ को धान मुरी ६। बहाल बुझाउने कबुलियत गरी सोही घरमा बसी आएको असामी बद्रीप्रसादको मृत्यु भएको निजको सगोलको भाइ चन्द्रप्रसादले २०१८ सालदेखिको बहाल नबुझाएकोले बहाल भराई घर चलन चलाई पाउन जिल्ला अदालत ललितपुरमा नालेस गरेकोमा बहाल भराई घर चलन चलाई दिने फैसला २०२१।१२।२४ गते गरेको अन्तिम निर्णयको रूपमा बसेका र विपक्षीले निज चन्द्रप्रसादबाट कानूनले लिन खान नहुने मुनाफा व्याजको कबुलियत गराई खायो, दावी गरी नालेस गरेको प्रमाण समेत झिकी दावी नपुग्ने गरी पाउँ भन्ने समेत उजुर लेखाई लिई ९३ मुरी धान २०१७ सालसम्ममा लिई आइसकेको भन्ने नभएको झुठा कुरा समर्थन गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० र दफा ४५ (क) को आधारमा कर्जि २०१७ सालमै साधन भइसकेकोले कर्जि साधन भएको आदेश दिएको छ भन्ने समेत २०२२।४।२१।५ मा आदेश गरी अदालतको फैसलाले पाउने भएको बहाल र साँवा समेत नपाउने गराइ दिनुभयो । चन्द्रप्रसाद बद्रीप्रसादबाट व्याज खाएको होइन । बहाल असुल गरेको हुँ । यस्तोमा दफा ४५ को (क) लाग्नै सक्दैन । विपक्षीलाई अदालतको फैसला अमान्य गर्न वा निस्क्रिय गराउन वा बहाललाई व्याजमा परिणत गराई थैलीमा कट्टा गरी दिन समेत पाउने कानूनी आधार छैन । कानूनको अधिकारबेगर निवेदकको सम्पत्ति भुस्याइ दिनु अपहरण गर्नु हो र भोग गर्न नदिनु हो । अतः निवेदकको मौलिक हक प्रचलनको लागि नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरी विपक्षीको मिति २०२२।४।२१ को आदेश बदर गरी पाउँ भन्ने समेत मथुराप्रसाद श्रेष्ठको २०२२।५।२२।३ को निवेदनपत्र । २. निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो कारण खोली यो आदेश दाखिल भएका मितिले बाटाका म्यादबाहेक १५ दिन भित्र एटर्नि जनरल अफिस मार्फत लिखित जवाफ दि