निर्णय नं. ६०५५ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५५ - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०८/१२ २४५३ निर्णय नं. ६०५५ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५० सालको रि.नं. ३२७० आदेश मिति : २०५२।८।१२।३ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदिका : का.जि. का.न.पा. वडा नं. १३ टंकेश्वर ताहाचल बस्ने नानीमैया रावल क्षेत्री विरुद्ध विपक्षी : सचिव स्थानीय विकास मन्त्रालय पुल्चोक, ललितपुर स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर जिल्ला विकास समिति डिल्लीबजार काठमाडौं जि.वि.स. को कार्यालय, डिल्लीबजार काठमाडौं का.न.पा. वार्ड काठमाडौं नगरपालिका कार्यालय धर्मपथ काठमाडौं का.न.पा कार्यालय, धर्मपथ काठमाडौं कमलादेवी श्रेष्ठ परलोक भइ मु.स. गर्ने का.जि.का.न.पा. वडा नं. १३ बस्ने इश्वरलाल श्रेष्ठ । § कुनै पनि सार्वजनिक स्थलमा जरबजस्ती कुनै व्यक्ति केही दिन छाप्रो बनाएर बस्दैमा उसको निर्विवाद हक स्वामित्व भित्रको जग्गा हुन नसक्ने । (प्रकरण नं. १०) § सार्वजनिक स्थलको संरक्षण गर्नु सबै कार्यालयको कर्तव्य हुन्छ । तसर्थ त्यस्तो सार्वजनिक स्थलमा बनाएको छाप्रो हटाउने निर्णय नगरपालिकाबाट भएकोलाई कानुन विपरीत भन्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) § निवेदिकालाई छाप्रो बनाउने हकदैयाको श्रोत नै नभएको स्थितिमा उजूर गर्न पाउने हक अधिकारै केही देखाउन नसकेको अवस्थामा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्बित नजीर : x आदेश न्या.मोहनप्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण तथा निर्णय यस प्रकार छ । २. निवेदिकाको पति खड्गबहादुर रावलले २०३२ साल देखि टंकेश्वर ताहाचल गा.पं. वडा नं. ४ को कि.नं. २४९ को जग्गामा तत्कालिन प्रधान पन्चको स्वीकृति लिई छाप्रो बनाई बसी आई रहेको पछि नगरपञ्चायत इलाका भित्र परी का.न.पा. १३ नं. वडा समितिको मिति २०३५।३।११ (स्वीकृति पत्र बमोजिम घर मर्मत गरी सडक विभाग काठमाडौंको मिति २०३७।११।१८ को पत्र बमोजिम टेवा परखाल लगाई बसोवास गरी आई रहेकोमा का.न.पा. वडा नं. १३ बस्ने कमला देवी श्रेष्ठको हकमा भैरवलाल श्रेष्ठ र ऐ. बस्ने विष्णुलाल श्रेष्ठले नक्सा पास बेगर घर छाप्रो बनायो भनी न.पा. मा मेरो पति खड्गबहादुर उपर उजूर गरेकोमा मेरा पति मिति २०४७।९।६ मा परलोक हुनु भयो मैले श्रीमतीको हैसियतले मुद्दा सकार गरी पुर्पक्षमा रहेकोमा का.न.पा. बोर्डबाट मेरो उल्लेखित छाप्रो हटाउने भनी मिति २०४८।११।१३ मा निर्णय गरियो । उक्त निर्णय उपर जिल्ला विकास समितिमा २०४८।१२।२३ मा दायर गरी तारेखमा रहेकोमा न.पा. कार्यालयमा सम्पर्क राख्नु भनेबाट न.पा.मा गई तारेख बस्दा पछि तारेखमा पनि राखिएन । पछि बुझ्दा उक्त जि.वि.स. मा परेको पुनरावेदन मुद्दाहरु श्री ५ को सरकार २०४९।३।२४ को सचिव स्तरीय निर्णय बमोजिम सम्बन्धित न.पा. मा फिर्ता पठाउने निर्णय भए बमोजिम उक्त मेरो पुनरावेदनमा पुनरावेदन खारेज हुने ठहर्छ भनी मिति २०५०।८।६ मा फैसला गरिएको रहेछ । विपक्षी कमलादेवी परलोक भई मु.स. गर्ने ईश्वरलाल श्रेष्ठले मिति २०५०।८।१६ को फैसला कार्यान्वयन गरी पाउँ भनी निवेदन दिएको भन्दै न.पा. बाट मेरो कि.नं. २४९