निर्णय नं. ६०५६ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०५६ - लिखत दर्ता बदर भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०२/१७ २५९८ निर्णय नं. ६०५६ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५० सालको दे.पु.नं. १२७३ फैसला मिति : २०५२।२।१७।४ मुद्दा : लिखत दर्ता बदर पुनरावेदक/वादी : जिल्ला मोरङ्ग रंगेली गा.वि.स. वडा नं. ६ बस्ने वेतीलाल मण्डल केवरत विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला मोरङ्ग रंगेली गा.वि.स. वडा नं. ६ बस्ने नारायणप्रसाद मण्डल केवरत § अंशबण्डाको १८ नं. को व्यवस्था लागू हुनु पश्चात विवादको सम्पत्ति खरिद गरेको देखिए पनि सो सम्पत्ति निजी ज्ञान शीप, प्रयासबाट खरिद भएको भन्ने जिकिरलाई समर्थन गर्ने प्रमाणको सर्वथा अभाव देखिन्छ । सगोलमा रह“दाको अवस्था खरिद भएको सम्पत्ति प्रतिवादी जिकिर बमोजिम निजी ज्ञान, शीप प्रयासबाट खरिद गरेको भन्ने सबूदको अभाव छ भने यस्तो सम्पत्ति अंशियार मध्ये जोसुकैको नाउ“मा भए पनि सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १२) § यस्तो सम्पत्ति, बेचबिखन गर्दा अंशियार सबैको मञ्जुरीको लिखत भए मात्र सदर हुन्छ, हैन भने लेनदेन व्यवहारको १० नं. बमोजिम मञ्जुरीमा सहिछाप नगर्ने अंशियारले आफ्नो अंश हक जतिको लिखत बदर गराउन पाउने । (प्रकरण नं. १२) § विवादको लिखतको सम्पत्तिमा पुनरावेदक वादीको समेत अंश हक लाग्ने देखिंदा वादी दावी बमोजिम मिति ०४४।३।३० को लिखत बदर भै वादीका नाउँमा दर्ता कायम हुने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्रीकमल नारायण दास विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीर : x फैसला न्या.केशवप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०३१ को दफा १३(५) बमोजिम कोशी अञ्चल अदालतको इन्साफ उपर अनुमति नदिने गरेको पु.क्षे.अ.को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ। २. स्व.गेना मण्डलकी २ पत्नी जेठी पुतली तथा तेजलाल र म कान्छी अलखी तर्फको र जगतलाल समेत ४ दाजुभाइ छौं । २०२० साल बैशाखमा आधी भाग म र तेजलाललेआधी भाग कोरेर जगतलालले वादी लिई म फिरादी र तेजलाल एकासगोलको र जगतलाल एकासगोलमा बस्ने गरी मानो छुट्याई जग्गा आधा छुट्याई भोगेका र आयस्ताबाट तेजलाल, सालवती, नारायणप्रसाद, सोनावतीका नाउँमा सगोलबाट जग्गा आर्जन गरेको अध्यापी अंश नभै सगोल छौं । ऋणीनारायणप्रसाद धनी पञ्चलाल भै रु. १५००।– मा नारायणप्रसाद दर्ता जि. मोरङ्ग आँपगाछी गा.पं. वडा नं. ७(क) कि.नं १२७ को १–१०–१–१/२ जग्गा पञ्चलाललाई ०४४।३।३० मा राजीनामा गरेको ०४४।४।२१ मा नक्कल लिई थाहा भयो । एकाघरसँगका अंशियार म फिरादीको मञ्जुरी नलिई लेनदेन व्यवहारको १० नं. विपरीत लिनु दिनु गरेको उत्तरतर्फबाट मेरो आधी अंश हकको ०–१५–३/४ जग्गाको लिखत दर्ता बदर गरी मेरा नाउँमा दर्ता हुने गरी फिर्ता गराई पाउँ भन्ने फिरादपत्र । ३. म.प्र.को बाबु नै विपक्षीबाट २०२०।१।१५ मा भिन्न भै अलग अलग व्यवहार गरी आउनु भएकोले सगोल सम्पत्तिको खरिदी भन्ने अवस्था आउँदैन । मैले वि.एस.सी. शिक्षक भै नोकरी गरी कमाएको निजी आर्जनको सम्पत्तिबाट दुखाई केवरतबाट २०३५ सालमा खरिद गरी लिएको अंशबण्डाका १८ नं. ले मेरो एकलौटी खुस गर्न पाउने र म पञ्चलालले निजबाट खरिद गरी लिएको नारायणप्रसादको स्व. आर्जन जग्गा हुँदा बदर हुने होइन भन्ने संयुक्त प्र