निर्णय नं. ४३० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०६/१३ २१५५ निर्णय नं. ४३० ने.का.प. २०२५ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेनद्रबहादुर सिंह २०२३ सालका रीट नं. २३४ निवेदक : प्रशुराम गौतम विरुद्ध विपक्षी : काठमाडौं जिल्ला भूमिसुधार अधिकारी, मु. ज्ञानेश्वर विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐनमा देखाएको आधारमा ऋणको बाँकी साँवा र व्याजको अंक निश्चित गर्न पाउने व्यक्तिले उक्त ऐनको दफा ४५ मा अंकित आधारहरूको अवलम्बन गर्नुको अतिरिक्त पास भएको तमसुकको मूल रकम नै बेगलरुपमा निर्धारीत गर्न पाउने निजलाई अधिकार प्राप्त नदेखिने । उक्त दफाअनुसार विभिन्न आधारमा साहुले उपभोग गरिसकेको रकम निश्चित गरी उक्त उल्लेख भएको आधारबमोजिम बढी खाएको रकमलाई साँवामा कट्टा गरी बाँकी साँवा निश्चित गर्ने व्यवस्था कायम गरेको देखिन्छ । उक्त ऐनमा दर्शाइएको आधारको अवलम्बन गरी ऋणको बाँकी साँवा र व्याजको अंक निश्चित गर्न पाउने व्यक्तिले सो आधारको अबलम्बन गर्नको अतिरिक्त पास भएको तमसुकको मूल रकम नै बेगल रुपबाट निर्धारीत गर्न पाउने अधिकार दिएको देखिँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रत्नलाल कनौडिया आदेश १. निवेदक संविधान धारा ७ अनुसारको नेपाली नागरिक हुँ र संविधान र अन्य नेपाली कानूनद्वारा प्रदत्त सबै हक अधिकार सुविधा समेतको उपभोग गर्ने धारा ११ (२) बमोजिमको सम्पत्ति आर्जन गर्ने भोग चलन गर्ने समेतको हक पनि निवेदकलाई छ । नागरिक अधिकार ऐनको दफा ६ ले त्यस्तो अधिकार संरक्षण गर्दछ । संविधानको धारा १५ र नागरिक अधिकार ऐन, २०१२ को दफा ९ ले कानूनको अधिकार बेगर कुनै कसैको सम्पत्ति अपहरण गर्न नपाउने व्यवस्था गरेकै छ र संविधानको धारा १० ले कानूनको संरक्षण प्रदान गरेकै छ । २. भूमिसम्बन्धी ऐन दफा ५० अनुसार ऋणको रकम निश्चित गराई माग्न किसान अमामी आएमा दफा ४५ बमोमिज निश्चित गर्न पाउने अधिकारसम्म विपक्षीलाई हो । दफा ४५ बमोजिम दफा ५० मा लेखिएको र दफा ४५ बाँकी साँवा र व्याजको वास्तविक अंक देहायका आधारमा निश्चित गर्नेछ भन्ने भएकोले दफा ४५ को आधार लिन बाहेक तजवि लगाउन र ऋण लिएको हो, होइन भन्ने निर्णय गर्न तथा निर्णयका लागि आफूसमक्ष नआएको कुरामा पछि असर गर्ने कुनै कुरा उल्लेख गर्न समेत विपक्षीलाई अधिकार दिएको छैन । ठूलो हेमबहादुर भन्नेले निवेदकसँग लिएको जम्मा रु. ८१५५। मध्ये रु.२८५५। नलिएको भन्ने कुरा लेखी निश्चित गरी पाउँ भन्ने विपक्षीसमक्ष गएको रहेछ । कपाली रु. १३५१। को हकमा वर्ष १ को भाखा भित्र बुझाउनुपर्नेमा नबुझाए नालिस दिई भराउनु पर्नेमा नसकेकोले केही गर्न नपर्ने भन्ने र बन्धकी रु. ८१५५। तर्फ मिलापत्र भइसकेपछि आसामीलाई फेरि रुपैयाँ थप दिइरहनु नपर्ने हुँदा उक्त १२०५। साहुले लिन खान पाउँदैन भनी थैली भुस गराई दिनुभयो । रु.९६५०। लाई साँवा कायम गरी सयकडा १० भन्दा बढी व्याज खाएको भन्ने कुरा लेखी बढी व्याज खाएको भन्ने आधारमा साँवामध्ये रु. ११४९। कट्टा हुन्छ भन्ने ०२३।१।१८ मा अन्तिम आदेश दिनुभयो । अपीलको म्याद पनि दिनु भएन । विपक्षीलाई यो कर्जि खाएको हो, होइन भनी निर्णय गर्ने र त्यसरी गरेको निर्णयको आधारमा कायम गरेको साँवाको सयकडा १० भन्दा बढी व्याज वा आयस्ता खान नपाउने भन्ने समेत निर्णय गर्ने अधिकार छैन । त्यस निर्णयबाट संधिवान–समेतबमोमिज प्रदत्त निवेदकको