निर्णय नं. ६०५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५७ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०३/१९ २४४१ निर्णय नं. ६०५७ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५१ सालको रिट नं. ३७१० आदेश मिति : २०५२।३।१९।२ विषय : उत्प्रेषण । रिटनिवेदक : का.जि.का.न.पा. वडा नं. २ गैरीधारा स्थित वक्सप्याक प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त प्रशासन प्रमुख देवी उप्रेती विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय बिक्री कर कार्यालय काठमाडौं § बिक्री कर भनेको क्रेताबाट बिक्री वापत असूल हुने राजश्वको रकम हो । यस्तो रकम असूल गर्ने कम्पनीले असूल गरे जति सोझै राजश्वमा बुझाउनु पर्ने हुन्छ । निवेदक कम्पनीले आफूले बिक्री गरेको माल सामानमा निवेदन जिकिर बमोजिम क्रेताबाट ५ प्रतिशत बिक्री कर असूल गरेको भन्ने निवेदनमा जिकिर लिएको देखिन आउँदैन । निवेदकले १० प्रतिशत बिक्री कर असूल गरेको भनी कर, तथा अन्तःशुल्क कार्यालयले बिलको अधकट्टी समेत लिखितजवाफ साथ पेश गरेको पाइन्छ । निवेदकको मालमा ५ प्रतिशत मात्र बिक्री कर लाग्ने भन्ने निवेदकको जिकिर मात्र भएको र बिक्री कर ५ प्रतिशत मात्र लिएको भन्ने निवेदनमा कतै जिकिर गर्नसकेको छैन र निवेदकले ५ प्रतिशत मात्र बिक्री कर असूल गरेको कुराको प्रमाण पेश गर्न पनि सकेको पाइंदैन । निवेदकले बिक्री कर बापत जति रकम असूल गरेको छ त्यसैको आधारमा कर निर्धारण हुने भएकोले र निवेदिकाले १० प्रतिशत बिक्री कर नै असूल गरेको देखिंदा निवेदकको माग अनुसारको रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.हरिप्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. यस वक्सप्याक प्रा.लि. कम्पनी ऐन बमोजिम स्थापना भै कोरोगेटेड पेपल वक्स उत्पादन गर्ने कम्पनी हो र यसले श्री ५ को सरकारसँग स्वीकृति लिई आफ्नो कारोबार संचालन गरी आएको कुरामा विवाद छैन । यस कम्पनीले बिक्री गरेको आ.ब. २०४८।०४९ को वार्षिक बिक्रीकर निर्धारण गर्ने क्रममा १० प्रतिशत बिक्रीकर लगाई रु. २,८०,०२३।२८ बिक्रीकर लाग्ने असुल गर्नुपर्ने गरी कायम गरिएको थियो । मेरो बिक्रीको ५ प्रतिशत मात्र बिक्री कर लाग्ने आर्थिक ऐन, २०४८ ले व्यवस्था गरेकोले १० प्रतिशत बिक्रीकर कायम गरी लिने कार्य कानुन सम्मत नभएकोले उक्त कार्यबाट मेरो नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को समानताको हक धारा १२(१) र (२)(ङ) र धारा १७ तथा ७३ को हकमा प्रतिकूल असर परेकाले मिति २०५०।४।१० को वार्षिक कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम कर निर्धारण गर्नु भन्ने परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदन माग दावी । ३. यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ पेश गर्नु भनी विपक्षीका नाउँमा सूचना पठाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०५१।४।१२ को आदेश । ४. यसमा रिट निवेदक वक्सप्याक प्रा.लि. ले आ.ब. २०४८।०४९ मा बिक्री कर छुट गरी बिक्री गरेको बिक्री मूल्य मध्ये बिक्री कर छुटको प्रमाण पेश गर्न नसकेको मूल्य रु