निर्णय नं. ४३१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२३/०७/२४ २३८२ निर्णय नं. ४३१ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री बाशुदेव शर्मा सम्वत २०२२ सालको रीट नं. १३९ निवेदक : जलेश्वर वरै विरुद्ध विपक्षी : श्री ५ को सरकार लुम्विनी अञ्चलाधीश शाखा नं.४ तौलिहवा कपिलवस्तु समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) जग्गाधनीले आफैले कमाई भोगी आएको भनी नालेस गरेको देखिएमा–मुद्दाको नामकरण जग्गा खिचोला भए तापनि उक्त मुद्दा मोहियानी हक बेहकसम्बन्धी हुने । मुद्दाको नामकरण जग्गा खिचोला भए पनि वास्तवमा जग्गा धनीले मैले नै कमाई भोगी आएको भनी नालेस गरेको देखिनाले मोहियानी हक बेहक विषय नै यस मुद्दामा उठेको देखिन्छ । (प्रकरण नं. ७) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को (क) भित्र मोहयानी हक बेहकको मुद्दा पर्ने र उक्त दफाका मुद्दाहरू हेरी कारवाई किनारा गर्न श्री ५ को सरकारले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ र ३ को अधिकार प्रयोग गरी विशेष अदालत गठन गरी सुम्पिएको देखिएमा–उक्त मोहियानी हक बेहकको मुद्दा उक्त अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने । मोहियानी हक बेहकको मुद्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को (क) भित्र पर्न आउने र सो दफा ५४ को मुद्दाहरू हेरी कारवाई किनारा गर्न नेपाल विशेष अदालत ऐनको दफा २ र ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकार भूमिसुधार मन्त्रालयले २०२१ साल माघ २६ गतेको गजेट सूचनाद्वारा स्थानीय बडाहाकिम वा सो पदको काम गर्ने अञ्चलाधीश १।१ जना सदस्य भएको विशेष अदालत गठन गरी सुम्पिएको देखिएकोले सो विशेष अदालतको अधिकार भित्रै पर्न आउने देखिन्छ । (प्रकरण नं. ८) (३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को मुद्दाहरू हेरी कारवाई किनारा गर्न नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ र ३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारबाट गठित विशेष अदालतको निर्णय उपर अपील लाग्ने । उक्त ऐनको दफा ८ विद्यमान रहेको स्थितिमा उक्त अदालत उपर अपील लाग्ने । दफा ८ मा सो विशेष अदालतले गरेको निर्णय उपर अपील गर्ने व्यवस्था भएको देखिएको । यो विपक्षी विशेष अदालत उक्त विशेष अदालत ऐन, २०१३ को दफा २ बमोजिम गठित भएको र सोही ऐनको दफा ३ बमोजिम श्री ५ को सरकारले २०२१।१०।२६ को गजेट सूचनाद्वारा भूमीसम्बन्धी ऐन, २०२१ को दफा ५४ समेतको मुद्दा हेरी किनारा गर्न सुम्पेको देखिनाले यस्तो स्थितिमा उक्त विपक्षी विशेष अदालतले गरेको निर्णय अन्तिम हुन्छ भन्न मिलेन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता श्री प्रचण्डराज अनिल, अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे आदेश १. मेरो जिमिदारी हिस्सा = को जग्गा १९।।ऽ।।।१ मध्ये ४।।।२।।४ को जि.हिस्सा ऽ।। अवदुरल रही मंखालाई भोगबन्धकी गरी दिएको थिएँ । भोगबन्धकीको पैसा बुझाई निजले आफ्नै सिरबाट बिऊ छर्न जाँदा विपक्षीले बिऊ छर्न नदिएको हुँदा जग्गा खिचला मेटाई चलन चलाई बाली समेत रोक्का गरी पाउँ भन्ने फिराद विपक्षी अंजनीकुमार श्रीवास्तवको कपिलवस्तु विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २००१ सालसम्मको बाली विपक्षीलाइ बुझाई आएको थिएँ । वादीले अबदुल रहिमनलाई भोगबन्धकी दिएको थियो । उपरोक्त–को जग्गाबाट केही जग्गा झिकी सिर्फ ३० बिगाहा मात्र मलाई कमाउन दिई सो पनि भोगबन्धकीतर्फ पारिदिएको हुँदा भोगबन्धकीवालालाई बुझाई आएको छु भन्ने मेरो प्रतिउत्तर पत्र भोगबन्धकीवालाले जग्गा