निर्णय नं. ६०५८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०५८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ। भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०८/२७ २६९३ निर्णय नं. ६०५८ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५० सालको रिट नं. ३२१६ आदेश मिति : २०५२।८।२७।४ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ। निवेदक : जिल्ला महोत्तरी शिवभक्ति खोर वार्ड नं. ३ हाल्न गोखला गा.वि.स. वडा नं. २ बस्ने स्व.भरत प्रसाद उपाध्यायको छोरा वर्ष ४६ को मुकुन्दप्रसाद खनाल विरुद्ध विपक्षी : मालपोत कार्यालय महोत्तरी जिल्ला महोत्तरी निगोल गा.वि.स. वडा नं. ६ बस्ने रामपरी कोर्इरिन जि. महोत्तरी आदर्श गा.वि.स. वडा नं. २ बस्ने रामदेव साह सुडी । § जग्गाको श्रेस्ताको व्यहोरा सच्याउने सम्बन्धमा तत्सम्बन्धी कानुनी व्यवस्था हेर्दा मालपोत ऐन, २०३४ को दफा ७(३) मा जग्गावालाको नाम थर वतन उमेर वा जग्गाको कित्ता नम्बर क्षेत्रफल वा किसिम फरक परेकोमा वा दोहोरो दर्ता हुन गएकोमा मालपोत कार्यालयले आवश्यक जाँचबुझ गरी सो कुरा सच्याई दर्ता कायम गर्न सक्नेछ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत ऐनको व्यवस्थाबाट व्यक्तिको हक स्वामित्वमा असर नपर्ने गरी सामान्य व्यहोरा सम्म सच्याउन सक्ने देखिन आउने । (प्रकरण नं. ९) § मालपोत कार्यालयको निर्णयमा पनि स्वामित्वमा असर नपर्ने गरी भन्ने उल्लेख भएको पाइन्छ तापनि विवादित विषयमा निवेदकको नाम संयुक्त दर्तावालाको नामबाट कटाई दिंदा निजको हक स्वामित्वमा असर पर्दैन भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता द्वय श्री बद्रीबहादुर कार्की तथा नरहरि आचार्य विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.केशवप्रसाद उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिटनिवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जि.महोत्तरी शिवभक्ति खोर गा.वि.स. वडा नं. १ कि.नं. १४२ को क्षेत्रफल ०–२–२ कायम भई नाप नक्सा भएको जग्गा स्व.पिता भरतप्रसाद १, राम धौ १, शंकरप्रसाद १, राजेन्द्र १, समेत जना ४ को नाउँमा संयुक्त हकमा भोग र चलनमा आएको जग्गा हो । मेरो पिता ०४९।३।१८ मा परलोक हुनु भए पछि मैले भोग चलन गरी आएको छु । पिताको नाउँबाट मेरो नाउँमा नामसारी गर्न भनी जादा मेरो पिताको नाम कट्टा गरी अन्य व्यक्तिको नाममा गई सकेको भन्ने कुरा थाहा पाई ०५०।८।३ मा नक्कल सारी हेर्दा उक्त कि.नं. १४२ को जग्गाको श्रेस्तामा प्रत्यर्थी मध्येकी रामपरी कोइरीनले शेष अहमदराको मियाँबाट मिति २०२२।७।२८ को राजीनामाबाट लिएको जग्गा भनी निज रामपरी कोइरीन, रामदेव साह सुडी, र शंकरप्रसाद उपाध्याय समेतका नाम समावेश गरी र प्रत्यर्थी राम धौको नाम रामदेव साह सुडी भनी संशोधन गरी पाउँ भनी दिएको निवेदनको आधारमा प्रत्यर्थी मालपोत कार्यालयको मिति २०५०।६।१४ को निर्णय अनुसार साविक देखिएका दर्तावालाहरु मेरा पिता भरतप्रसाद र अर्को दर्तावाला राजेन्द्रको नाम कट्टा गर्ने र राज धौ को नाम रामदेव साह सुडी भनी संशोधन गरिएको रहेछ । प्रत्यर्थी मालपोत कार्यालयलाई बेसरोकार रहेका प्रत्यर्थीहरुको नाम समावेश गरी मेरा पिताको नाम हटाई हक बेहक पारी अनधिकृत तवरबाट निर्णय गर्न पाउने अधिकार मालपोत ऐन, २०३४ को दफा ७(३) ले प्रदान गरेको छैन । मालपोत ऐन, अनुसार मालपोत कार्यालय