निर्णय नं. ६०५९ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५१/१२/२४ २४५१ निर्णय नं. ६०५९ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५० सालको रिट नं. ३२८९ आदेश मिति : २०५१।१२।२४।६ विषय : उत्प्रेषण मिश्रित परमादेश । निवेदक : मालपोत कार्यालय संखुवासभामा कार्यरत धु्रर्वबहादुर कार्की विरुद्ध विपक्षी : महानिर्देशक, मालपोत विभागबबरमहल मालपोत अधिकृत, मालपोत कार्यालय संखुवासभा § विभागीय कारवाही विभागीय तवरबाट गरिने विषय हो, कुनै विषयमा दुई पक्षका बीच विवाद उत्पन्न भै न्यायिक वा अर्धन्यायिक निकायबाट सबूद प्रमाणको मूल्यांकन गरी निष्कर्ष निकाल्ने प्रकृया मुद्दाको हुन्छ तर विभागीय कारवाहीमा २ पक्षका बीच कुनै विषय वस्तुका सम्बन्धमा विवाद उठे निष्पक्ष तेश्रो व्यक्तिबाट यो यस्तो ठहर्छ भनी निर्णय गर्ने अवस्था नपर्ने । (प्रकरण नं. १०) § शुरु मालपोत अधिकृतको निर्णय उपर नि.से.नि. अनुसार अञ्चलाधीश समक्ष परेको पुनरावेदन अंचलाधीश पद खारेज भएपछि सो निर्णय हुन बाँकी रहेको विभागीय कारवाही उपर परेको पुनरावेदन हेर्ने निकाय मालपोत विभागको प्रमुख महानिर्देशकलाई तोकिन गएपछि कानुन बमोजिम परेको पुनरावेदन उपरोक्तानुसार अञ्चल अदालतमा नसर्ने भएपछि त्यसै निर्णय नै नगरी स्वतः धुलिन जाने परिणामको अर्थ गर्न नमिल्ने हुँदा पुनरावेदन हेर्ने अधिकार मालपोत विभागको प्रमुखलाई नभएको भन्न उपयुक्त नहुने हुँदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या.लक्ष्मणप्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक (रा.प.अ.द्वितीय) खरिदार तहको निम्न स्तरीय पदमा कार्यरत रहेको बखत तत्कालिन का.मु. मालपोत अधिकृतसँगको मनमुटाव र रिसइवीको कारण चिकित्सकको प्रमाण पत्र साथ विदा माग गर्दा सानो भएपनि सजायँ गरी मेरो नोकरी अभिलेख नराम्रो पार्ने बदनियत गरेबाट पटकपटक अन्यायमा परी आएको थिएँ । ३. मिति २०४६।१२।२७ मा नि.से.नि. २०२१ को नियम ५.९.२ अनुसार गयल कट्टि गर्नुका अतिरिक्त नि.से.नि., २०२१ को नियम १०.१.२ अनुसार एक ग्रेड तलब वृद्धि रोक्का किन नगर्ने भनी म्याद दिई स्पष्टीकरण पेश गर्न आदेश दिनु भएकोमा मैले म्याद भित्रै स्पष्टीकरण दिएको थिएँ । उपरोक्त कारवाहीको टुंगो नलगाई मिति २०४७।१।६ मा पुनः अर्को स्पष्टीकरण माग गर्नु भएकोमा म्यादभित्रै स्पष्टीकरण पेश भएपछि उक्त स्पष्टीकरणलाई सन्तोषजनक नभएको भन्दै नि.से.नि. २०२१ को नियम १०.१.(४) बमोजिम तल्लो पदमा घटुवा गर्न सजायँ दिन लागिएको हुँदा अझै तपाईलाई सबुद पेश गर्ने मौका दिनु पर्ने भई दोश्रो पटक मौका दिइएको हुँदा भन्दै स्पष्टीकरण पेश गर्ने सुचित गरिएकोमा सो उपर मैले म्यादभित्रै आफ्नो स्पष्टीकरण पेश गरी सकेपछि मिति २०४७।१।२७ मा विनाकारण आदेश बोधार्थ २०४७।१।२८ देखि मालपोत विभाग काठमाडौंमा हाजिर हुन जानु भनी दुःख दिनु भयो । यस्तो कारवाही उपर विभागबाट २०४७।२।११ मा पत्र लेखि मलाई पुनः सम्बन्धित कार्यालयमा नै हाजिर हुन फिर्ता पठाई निज अड्डा प्रमुखसँग नै स्पष्टीकरण समेत मागिएकोले आफू समेतले विभाग समक्ष स्पष्टीकरण पेश गर्नु परेको झोक र रिसमा मलाई नि.से.नि., २०२१ को नियम १०.१(४)