निर्णय नं. ९१६५ - करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६५ - करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०८/१० ३९४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।८।१०।२ २०६७-CI–०१६० मुद्दा : करारबमोजिम क्षतिपूर्ति रकम दिलाई पाऊँ । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं. ३ लाजिम्पाट इ.वि.एन. हाउसमा प्रधान कार्यालय रहेको एभरेष्ट बैङ्क लिमिटेडका सचिव प्रमोदराज शर्मा विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सिन्धुली जिल्ला, सिद्धेश्वर गा.वि.स. ठेगाना भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वार्ड नं. ३१ कमलादीस्थित सिटिजन्स बैङ्क लिमिटेडमा कार्यरत् राजीव गजुरेल § पुनरावेदक वादी बैङ्कसँग प्रत्यर्थी प्रतिवादीले सेवामा प्रवेश गर्दा ४ वर्षसम्म सेवा गर्ने शर्तनामा गरी सो अवधि पूरा नगर्दै बैङ्कको सेवा गर्न छाडी अन्य बैङ्कमा सेवा गर्न गएको देखिई सोही ऐनको दफा ७४ मा करार गर्ने पक्ष करारबमोजिम दायित्व पूरा गर्नुपर्नेछ भन्ने उल्लेख भएबमोजिम प्रत्यर्थी प्रतिवादीले शर्तनामाअनुसार सेवा पूरा नगरी बीचमा नै सेवा छोडी गएको देखिँदा शर्तअनुसार सेवा गरेको नदेखिने । (प्रकरण नं. ४) § प्रतिवादी बैङ्कमा सेवा प्रवेश गर्दा नै शर्तनामा गरी प्रवेश गरेकोमा बीचमा सेवा गर्न छाडेमा सो शर्तनामामा उल्लेख भएको प्रावधानअनुसार क्षतिपूर्ति तिर्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § करार ऐन, २०५६ को दफा १३(४) § प्रमाण ऐन, २०३१ को दफा ३४(१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री विनोदमोहन आचार्य पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री बैद्यनाथ उपाध्याय मा.न्या. श्री ठाकुरप्रसाद शर्मा फैसला न्या. प्रकाश वस्ती : पुनरावेदन अदालत, पाटनको मिति २०६६।७।१८ गतेको फैसलाउपर दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : विपक्षीले यस एभरेष्ट बैङ्कमा सेवा गर्ने इच्छा जाहेर गर्नुभएकोले २४ जुलाई २००३ मा ४ वर्षसम्म बैङ्कमा सेवा गर्ने नगरेमा क्षतिपूर्ति हर्जानाबापत रू. २,००,०००।– (दुईलाख रूपियाँ) बैङ्कलाई तिर्नेछु भनी सेवा करारनामा (Service bond) गर्नुभएको छ । बैङ्कमा काम गर्ने कर्मचारीलाई बैङ्कसम्बन्धी विभिन्न तालिम प्रशिक्षणमा बैङ्क लगानी गरी प्रशिक्षित गर्नुपर्ने हुन्छ । विपक्षीलाई बैङ्कले बैङ्कसम्बन्धी विभिन्न तालिम दिई प्रशिक्षित गराई नियुक्ति मिति २५ जुलाई २००३ देखि २४ जुलाई २००७ सम्म ४ वर्षको लागि सेवा गर्नुपर्नेमा २७ फेरवरी २००७ देखि राजीनामा स्वीकृत हुने गरी १३ फेव्रअरी २००७ मा राजीनामा दिनुभएकोले यस बैङ्क विपक्षी करारनामाबमोजिम सेवा नगरेकोले करार ऐन, २०५६ को दफा ८६ बमोजिम रू. २,००,०००।– (दुई लाख रूपियाँ) क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने एभरेष्ट बैङ्क लिमिटेड प्रधान कार्यालयको फिराददावी । म प्रतिवादीको नियुक्तिपत्र २५ जुलाई २००३ मा नियुक्ति भै बैङ्कको कर्मचारी भएको थिएँ । उक्त मितिभन्दा अगाडि मलाई बैङ्कको कर्मचारी भन्न मिल्दैन । म शिक्षित बेरोजगार युवा भएको र विपक्षी बैङ्कले पहिलेदेखि तयार रहेको Service bond मा सही गर्दैमा करार सम्झौता हुन सक्तैन । म प्रतिवादी विपक्षी बैङ्ककमा ३ वर्ष ७ महिनासम्म स्थायी कर्मचारी भै काम गरेकोले एभरेष्ट बैङ्क लिमिटेडको, “कर्म