निर्णय नं. ६०६० - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०६० - अंश दर्ता भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०५/०७ ४६२४ निर्णय नं. ६०६० २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. १८५७ फैसला मिति : २०५२।५।७।४ विषय : अंश दर्ता । पुनरावेदक/वादी : जिल्ला धनुषा वेहदा बेला गा.वि.स. वडा नं. ५ मा बस्ने रामेश्वर यादवको मु.स. गर्ने निजकी श्रीमती कुसुमी देवी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने परमेश्वर यादव § २०३८ सालमा दुवै थरीको मानु छुटिएको तथ्यमा विवाद नभएपछि वादीले खुलाएको मितिलाई प्रतिवादीले इन्कार नगरेको हुँदा ०३८।१०।१ मा मानु छुट्टिएको मिति कायम गरिएको पुनरावेदन अदालत जनकपुरको निर्णयलाई विधिवत नै मान्नु पर्ने । (प्रकरण नं. ७) § मानु छुट्टिएपछि आर्जन भएको सम्पत्तिमा एक दोश्रोको अंश हक पुग्न नसक्ने । (प्रकरण नं. ७) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर चित्त नबुझी वादीको न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. केशवर यादवका २ छोरामा जेठो विपक्षी र कान्छी म फिरादी हुँ । हाम्रो बाबुआमा धेरै पहिले मरी सक्नु भएकोले बाबुको नाउँमा रहेको सम्पूर्ण दाजुको नाउँमा नामसारी भै आएको र पछि सगोल कै आर्जनबाट पनि केही जग्गा जमीन जोडिएको जुन दाजु कै परिवार कै नाममा दर्ता छ । हाम्रो अंश बण्डा भएको छैन । पछि दुवै दाजु भाइको परिवार बढ्न गएको कारण गृह कलह हुन लागेकोले गाउँको भलादमी समेत राखी चल सम्पत्ति जति मिति २०३८।१०।१ गते बण्डा गरी चुल्हो मानो छुट्याई सो मिति देखि आफ्नो खती उत्पति व्यहोरी आएकोमा जग्गा जमीन समेत मौखिक रुपमा छुट्याई भाग बण्डा भोग चलन गर्दै आएकोमा २०४५ सालको खेती लगाएको जग्गा दाजुले कतिपय साँध सीमाना थियो । खिचोला समेत गर्नु भएकोले समाज राखी छलफल गर्दा यो बाली पाकी सकेपछि जग्गा दा.खा. समेत गर्ने सल्लाह बमोजिम मञ्जुर भै आजभोली गर्दै आलटाल गरी आएकोले अन्यायमा परी मुद्दा गर्न आएको छु । ०३८।१०।१ को फाँटवारी लिई २ भागको १ भाग अंश पाउँ भन्ने समेत वादी । ३. २०३८।१०।१ गते भन्दा अघिको सम्पत्तिमा वादीलाई दिन मञ्जुर छ । अड्डैबाट छुट्याई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. अंशबण्डा नभएको कुरामा मुख मिलेकै देखिँदा दुवै पक्षबाट पेश भएको तायदातीमा उल्लेखित सम्पत्ति मध्ये २ खण्डको १ खण्ड अंश वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्छ । तायदातीमा उल्लेखित जग्गा मध्ये केही जग्गा जमीनलाई प्रतिवादीको छोरा बुहारी जेवरी यादवको नाउँमा र प्रतिवादीको छोरा र श्रीमतीको नाउँमा रहेको केही जग्गा जमीन बण्डा हुनु नपर्ने भनी प्रतिवादीले जिकिर लिएका सम्बन्धमा विचार गर्दा निजले कानुनले मान्यता दाइजो प्रमाणको पेवा भन्ने जिकिर पुग्न सक्ने ठहर्दैन । तायदातीमा देखाएको सबै सम्पत्ति बण्डा हुने ठहर्छ भन्ने समेत जि.अ.को फैसला । ५. यसमा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी अंशियार भन्ने कुरामा विवाद नभएको र २०३८।१०।१ गते भन्दा अघिको सम्पत्तिमा अंशबण्डा गर्नु पर्नेमा समेत दुवै पक्षको मुख मिलेको पाइन्छ । शुरु जि.अ.ले स्वयं २०३८।१०।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी समेत लिएको अवस्थामा ०३८।