निर्णय नं. ४३६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०१/१८ २४९८ निर्णय नं. ४३६ ने.का.प २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत २०२३ सालको रीट नम्बर ३६० निवेदक : होमनाथ उपाध्याय विरुद्ध विपक्षी : भू.सु. अफिस भक्तपुरको भू.सु.अधिकारी, श्री तिलकबहादुर लोकसम समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (३) (क) अनुसार घरवारीको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त नहुने र मोहीयानी हकमा भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ बमोजिम जोताहाको लगत प्रकाश भएपछि सो लगतमा चित्त नबुझ्नेले उक्त नियमको नियम ७ अनुसार विशेष अदालतमा उजुर गर्नुपर्नेमा–सो लगत प्रकाशित भैं सकेपछि भूमिसुधार अधिकारीले निवेदन लिएर जोताहा विषयमा निर्णय गरेमा उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्नुपर्ने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ मा मोहीको हक प्राप्त हुने अवस्था भन्ने लेखी दफा २५ को उपदफा (३) मा उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर नेपाली नागरिकलाई र देहायको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन भन्ने र देहाय (क) मा घरबारीको जग्गा वा भन्ने लेखिएकोले घरवारीको जग्गा कमाउनेलाई मोही हक प्राप्त नहुने व्यवस्था सो ऐनमा भएको र भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिम ढाँचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको १ प्रति गाउँ वा नगर पञ्चायतको अफिसमा बुझाई दिनु पर्छ र एक प्रति भूमिसुधार अधिकारी छेउ पठाई दिनु पर्छ भन्ने र नियम ७ को उपनियम १ मा नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएका ३५ दिन भित्र स्थानीय गाउँ वा नगर पञ्चायतमा कारण सहित लिखित उजुर दिन सक्नेछ भन्ने र उप–नियम २ मा उप–नियम १ बमोजिम प्राप्त उजुरीलाई स्थानीय गाउँ वा नगर पञ्चायतले विशेष अदालतमा पठाई दिनु पर्छ र त्यसको सूचना भूमिसुधार अधिकारीलाई दिनु पर्छ भन्ने उल्लेख भएकोले मोहीयानी हकमा जोताहाको लगत प्रकाश भईसकेपछि चित्त नबुझ्नेले उक्त नियम ७ बमोजिम उजुर गरी विशेष अदालतमा जाने व्यवस्था भएकोमा जोताहाको लगत प्रकाश भईसकेपछि भूमिसुधार अधिकारीले निवेदन लिई जोताहा विषयमा निर्णय गर्न पाउने नदेखिनाले लगत प्रकाश भईसकेपछि निवेदनबाट विपक्षी दुर्गाबहादुरको हाललाई जोताहा कायम गर्ने गरी अनाधिकार गरेको विपक्षी भूमिसुधार अधिकारीको उक्त २०२२।९।२५।१ को निर्णय मिलेको नदेखिनाले उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता श्री सुधानाथ सरकारी अधिवक्ता : प्रचण्डराज अनिल आदेश १. भ.पु.ई. कटुन्जे पञ्चायत वार्ड नं. ६ एरियामा कि.नं.२० पक्कि परखालले घेरिएको कम्पाउण्ड भित्र पक्कि नै घर भएकाघरले चर्चेको फलफुलका विरुवाहरू लगाई भोग चलन गरी आएको पर्वमा सो घरमा गई पर्व गुठी आदि गरी भोग चलन गरी आएकाघर बगैंचाको हेरचाह गर्न उक्तबाहेक अरु हामीहरूकै पाखो जग्गा मध्ये कै जग्गा दुर्गाबहादुर थापा लोकप्रसादलाई कमाउन दिएको थियो । घर बगैंचामा दर्तावालामा मेरो जोताहामा विपक्षी दुर्गाबहादुरले दर्ता गराएछन् । घरबारी बगैंचा कसैलाई कमाउन दिएको छैन भन्ने समेतको निवेदन पर्नासाथ जोताहा हक पनि मेरै कायम हुन्छ भनी निर्णय