निर्णय नं. ६०६१ - लिखत बदर दर्ता बदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०६१ - लिखत बदर दर्ता बदर । भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०५/२१ ३२३४ निर्णय नं. ६०६१ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. २१०६ फैसला मिति : २०५२।५।२१।४ मुद्दा : लिखत बदर दर्ता बदर । पुनरावेदक/प्रतिवादी : जि.पर्सा सिवरो गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ५४ की जमुर्ती तुरहिन ऐ ऐ बस्ने वर्ष ५६ को बाबुलाल साह तुराहा । विरुद्ध विपक्षी/वादी : जिल्ला पर्सा सिवर्वा गा.वि.स. वडा नं. ७ बस्ने जगमतिया तुरहिन § इन्साफ माग्न अदालत आउनेले ऐनका हदम्याद भित्र आउनु पर्छ । ऐनका हदम्याद भित्र नपरेको फिरादबाट इन्साफ हुन नसक्ने । (प्रकरण नं. ११) § मुलुकी ऐन दान बकसको महलको ५ नं. मा आफूले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन । भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । उल्लेखित ऐन अनुरुप प्रस्तुत मुद्दाको फिराद पर्न आएको नदेखिई बकसपत्र गरिदिएको मिति ०४३।५।२६ बाट ऐनका म्याद २ वर्ष नाघी २०४५।७।१८ मा मात्र फिराद पर्न आएकोले प्रारम्भतः यो मुद्दाको सुनुवाई नै हुन नसक्ने भएको हुँदा तथ्य भित्र प्रवेश गरी निर्णय दिनु पर्ने नदेखिई फिराद खारेज हुने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् यस प्रकार छ । २. मुल पुरुष फिरंगीको २ भाइ छोरामा जेठो पुरण साह कान्छा सुखाडी साह भै पुरणको छोरा राजकुमारसँग मेरो विवाह भै वहाँको करणीबाट ४ छोरा ३ छोरीको जायजन्म भै लोग्ने राजकुमार २०४५ साल फाल्गुणमा परलोक हुनु भएको, सुखाडीको २ भाइ छोरामा जेठो प्रतिवादी बाबुलाल र कान्छा खुवलालको परलोक भै सकेकोले वहाँको श्रीमती मतिसरी हुनुहुन्छ । मलाई दुःख तकलिफ दिई अंश समेत नदिई निकासा गरेकाले वहाँहरु उपर दायर गरेको दे.नं. १४४२ को अंश मुद्दा सम्मानीत अदालतको विचाराधीनमा छ । पर्सा जिल्ला सिवर्वा गा.पं. वडा नं. २ कि.नं. ११० को ०–६–१० कि.नं. १३५ को ०–१–१५ को वडा नं. ६ कि.नं. १७९ को ०–३–५ समेत ०–११–१० जग्गा पैतृक सम्पत्ति भै म समेतको अंश हकको जग्गा हो, २०४५।५।२५ गते उल्लेखित जग्गा मध्ये मेरो अंश भागको ३ खण्डको ज.वि.०–३–१–७ जग्गा जोतकोड गर्न जान वनिहारहरु लिई जाँदा प्रतिवादी जमुना तुरहिनले यो जग्गा मैले लोग्ने बाबुलालबाट ०४३।५।२६ गते ने बकसपाई मेरो नाउँमा दर्ता भै सकेको भनी खिचोला गर्नु भएकोले २०४५।६।१० गते मालपोत कार्यालयमा उपस्थित भै सगोलको लोग्ने प्रतिवादी बाबुलालले सगोलको आफ्नो श्रीमती जुमतिलाई आफ्नो नाम दर्ताको म समेतको अंश भागको उल्लेखित सम्पूर्ण जग्गाहरु मिति २०४३।५।२६ गते बकसपत्र गरी दिए लिए थाहा भएकोले २०४५।५।२५ गतेले म्यादभित्र नालेश गर्न आएको छु । सबुद प्रमाण बुझी प्रतिवादीहरुले गरे गराएको मिति २०४३।५।२६ गतेको लिखतको दफा ३ मा लेखिएको ०–११–१० जग्गा मध्ये मेरो अंश भागको ३ खण्डको १ खण्ड ज.वि. ०–३–१७ को लिखत र सो लिखतबाट प्रतिवादी जमुती तुरहिनको नामको दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादीको फिरादपत्र । ३. विपक्षीको फिराद दावी कानुन विपरीत झुठो छ । विपक्षीले दावी गर