निर्णय नं. ४३७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०२/२९ २५२९ निर्णय नं : ४३७ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२३ सालको रीट नम्बर ३७८ निवेदक : चन्द्रबहादुर बिष्ट क्षेत्री विरुद्ध विपक्षी : भु.सु. अधिकारी काभ्रेपलान्चोक समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ ले सो ऐनबाहेक अरु ऐन प्रयोग गरी ऋण निश्चित गर्ने अधिकार भूमिसुधार अधिकारीलाई प्रदान नगरेमा–उक्त ऐनको दफा ४५ र ५० अनुसार मात्र निजले ऋण निश्चित गर्न पाउने । लेनदेन व्यवहारको ६ नं. अनुसार व्याज खान नपाउने भनी ऋण निश्चित गरेको र त्यसरी लेनदेन व्यवहारको ऐन प्रयोगमा लगाई ऋण निश्चित गर्न पाउने अधिकार भूमिसुधार अधिकारीलाई भूमिसम्बन्धी ऐन, २०२१ ले दिएको नदेखि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ र ५० बमोजिमसम्म ऋण निश्चित गर्न पाउने अधिकार प्रदान भएको देखिन्छ । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रत्नलाल कनौडिया आदेश १. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० अनुसार ऋणको रकम निश्चित गराई माग्न कुनै किसान आएमा सोही ऐनको दफा ४५ बमोजिम मात्र ऋण रकम निश्चित गर्न पाउने अधिकारसम्म तोकिएका अधिकारी, विपक्षीलाई छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५० मा सोही ऐनको दफा ४५ बमोजिम भनी लेखिएका र सो दफा ४५ मा बाँकी साँवा र व्याजको वास्तविक अंक देहायको आधारमा निश्चित गर्नेछ भन्ने भएकोले भू.सुं ऐन, २०२१ को दफा ४५ आधार लिन बाहेक अन्य किसिमबाट तजविज र अन्य ऐन लगाउन तथा आफू समक्ष आएका लिखतमा नलेखिएको उल्लेख गरी निर्णय गर्न विपक्षीलाई कुनै कानूनले अधिकार प्रदान गरेको छैन । कसैले आफ्नो अधिकार क्षेत्र नाघी कुनै निर्णय गरेको छ र सो निणर्यबाट संविधानद्वारा प्रदान मौलिक हकको अपहरण हुन्छ भने सर्वोच्च अदालतको असाधारण अधिकारको प्रयोग हुन सक्तछ । र सोद्वारा उक्त अनाधिकार निर्णय बदर हुन सक्दछ । विपक्षी मानबहादुर सार्कीले निवेदकसँग रु. १०८५। लिई माटो मुरी ।१६।८।४ का जग्गा भोगबन्धकी पास समेत गरी दिई सकेकोमा ऋण रकम निश्चित गरी पाउँ भनी ०२२।५।४।६ मा विपक्षी भूमिसुधार अधिकारी समक्ष गएको रहेछ । मिति २०१०।८।१३ गतेका भोगबन्धकी ऋण रु. १०८५। को जग्गाको आयस्ता नै विपक्षी साहुले कानूनको रीत पुर्याई कुत कबुलियत गराई जग्गाको आयस्तना नै लिई खानु पर्नेमा सो नभई सो रु. १०८५। को विना कबुलियतबाट साल १ को धान मुरी २।१० पाथीका दरले २०११ साल देखि २०२० साल तक व्याजको रूपमा लिई खाएको छु भन्ने विपक्षीको बयान फाँटवारीमा उल्लेख भएको देखिएको र सो धानको साल सालको प्रचलित दर भाउबमोजिम मूल्य कायम गरी हिसाब गर्दा जम्मा व्याज रु. ८२५।२५ पैसा माथि उल्लेख भएको भोगबन्धकी साँवा ऋण रु. १०८५। को मुलुकी ऐन लेनदेन व्यवहारको ६ नं मा लिखितमा व्याज लिनु खानु भन्ने शर्त नभएकोमा लिन खान हुँदैन भन्ने स्पष्टै छँदाछँदै लिई खान नहुने रकम व्याजको रुपमा लिएको रु. ८२५।२५ पैसा साँवामा कट्टा हुने ठहर्छ । सो व्याज साँवामा कट्टा भई बाँकी साँवा रु. २५२।७।७५ पैसा मध्येबाटै विपक्षी साहु कै बयान फाँटवारीबमोजिम खानको निमित्त दिएको ऋण रु. १८५। को भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४४ बमोजिम तोकिएको म्याद भित्र अनुसूची नं. १२ को ढाँचामा यस अफिसमा फाँटवारी दाखिल गर्नुपर्ने कर्तव्य भएकोमा । सो फाँटवारी दाखिल नगरेकोले भूमिसम्